ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ मंसिर २०, सोमबार
गृहपृष्ठ मुख्य समाचार तहसनहस कुतियाकवर !

तहसनहस कुतियाकवर !

दोधारा । आईतबार राति देखि परेको अविरल वर्षा संगै महाकाली र जगबुडा नदीमा आएको बाढीको कारण दोधारा चाँदनीका झण्डै ४ सय घरधुरीमा क्षती भएको छ् । महाकाली र जगबुडा नदीमा आएको बाढीको भंगालो दोधारा चाँदनी नगरपालिका वडा नं. १० को शान्ती टोल, बैतिफाँटा, निशानी टोल कुतियावकर, प्रधान टोल लगाएत टोलहरुमा पसेपछि स्थानियहरुलाई ज्यान जोगाउन समस्या परेको हो । कुतियकवरमा ३९ घरधुरी रहेका छन् । महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको उक्त बस्तीमा आईतवार राती पानी पस्न थालेपछि उनिहरुलाई ज्यान बचाउन निकै कठिन परेको हो । सोमवार बिहान मात्र उनिहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी र स्थानियहरुको सहयोगमा उद्धार गरिएको स्थानियबासी मोहन सुनारले बताएका छन् ।

महाकाली नदीको भंगालो बस्ती तिर तेस्रीएपछि कुतियकवरका स्थानियहरुलाई ज्यान बचाउन निकै कठिन परेको मोहन सुनारले बताए । भारत संग जोडिएको बस्ती कुतियावकरका धेरै जसो घर बाढीले क्षतबिक्षत बनाएको स्थानिय शिक्षक टंकलाल जोशीले बताएका छन् । बाढीले अन्नपात, भाडा कुडा बगाउनुको साथै घर समेत भत्काएको कारण अबका दिनहरुमा कहाँ बस्ने भन्ने चिन्ता उनिहरुमा रहेको छ् । महाकाली नदीको भंगालो बस्तीमा पसेपछि कुतियाकवरका स्थानियहरुले ज्यान बचाउन गुहार लगाएका थिए । ‘कुतियाकवरको अवस्था पनि निकै दर्दनाक छ्’ स्थानिय शिक्षक टंकलाल जोशीले भने ।

Facebook Notice for EU!
You need to login to view and post FB Comments!

ताजा समाचार

निङ्गलाशैनी माविका विद्यार्थीलाई एनसीसीले तालिम दिने

महेन्द्रनगर । महेन्द्रनगरको निङ्गलाशैनी मावि लगायत कञ्चनपुरका ८ विद्यालयमा श्री राष्ट्रिय सेवा दल (एनसीसी) ले जुनियर डिभिजन ब्याजको तालिम सञ्चालन गरेको छ । महेन्द्रनगरको गोबरैया...

सहनै नसकिने बाढीले दिएको पिडा : दिर्घकालिन समस्याको हल खै त ?

‘दोधारा चाँदनी नगर क्षेत्रमा बिभिन्न समयमा हुने कार्यक्रममा कृषी क्षेत्रका क्रान्तिकारी ठुलो आवाज उठाउनेहरुनै मानव अधिकार र खाद्य अधिकारका बिषयमा मौन देखिन थाल्नु राज्यका...

सृष्टि महिला सहकारी संस्था दोधाराको वार्षिक साधारण सभा भब्यताको साथ सम्पन्न

पप्पु गुरुङ्ग, दोधारा । सृष्टि महिला बचत तथा ऋण सहकारी संस्था दोधारा चाँदनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा...

ईलेक्ट्रनिक बिल्डीङ्ग प्रमिट सिस्टम) सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम संचाल

ऐश्वर्या कुवँर महेन्द्रनगर । भीमदत्त नगरपालिकाको आयोजनामा र यूएनडीपी नेपाल सीडिआर एमपीको सहयोगमा भिमदत्त नगरपालिका र निर्माण क्षेत्रमा आवद्ध विभिन्न कन्सलटेन्सीमा कार्यरत ईन्जिनियर, सव–ईन्जिनियर,...