ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ कार्तिक ७, आईतवार
गृहपृष्ठ अन्तर्राष्ट्रिय साफ च्याम्पियनसिप : फाइनल प्रवेशका लागि नेपाल बंगलादेशसँग भिड्दै

साफ च्याम्पियनसिप : फाइनल प्रवेशका लागि नेपाल बंगलादेशसँग भिड्दै

२७ असोज । काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार साँझ पौने ५ बजे माले रंगशालामा सुरु हुनेछ ।आजको खेलमा बराबरी मात्रै गरे पनि नेपाल फाइनलमा पुगेर इतिहास रच्ने अवसर छ ।

प्रिम्याच कन्फ्रेन्समा बोल्दै सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाललाई इतिहास रच्ने मौका र विश्वास रहेको बताएका छन् ।नेपाल र बंगलादेश फुटबल इतिहासमा २२ पटक आमनेसामने खेल भएका छन् । तीमध्ये १३ खेलमा बंगलादेश र ७ खेलमा नेपाल विजयी भएको छ । दुई खेल बराबरी भएको छ ।

साफ च्याम्पियनशीपमा भने नेपाल र बंगलादेश सातपटक आमनेसामने भएका छन् । जसमा नेपालले तीनपटक र बंगलादेशले चारपटक जीत हासिल गरेका छन्

ताजा समाचार

सामाजसेवी कुमाल र आरोग्य मेडिकेयरका डाक्टर चौधरीको सहयोगमा दोधाराको बाढी ग्रस्त बस्तीमा निशुल्क स्वास्थ्य शिविर

दोधारा । झण्डै तिन सय बढी घर प्रभावित विस्थापित हुने गरी दोधारा चाँदनी नगरपालिकामा आएको भीषण बाढीपछि बिरामीको संख्या बढ्न थालेको छ । दोधारा...

जनताको डाक्टर : डाक्टर चौधरी दोधारा चाँदनीको बाढी पिडितहरुका सेवामा (भिडियो सहित)

दोधारा । डाक्टर गगन चौधरीको पहलमा बाढीबाट प्रभावित भएका दोधारा चाँदनीका बाढी पिडित जनताका लागि नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरेका छन् । आरोग्य मेडिकेयर...

बाढी पीडितको समस्या चाडै समाधान हुन्छ : प्रधानमन्त्री देउवा

पप्पु गुरुङ्ग, दोधारा । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले पीडितहरुको...

दोधारा चाँदनीको बाढी ग्रस्त बस्ती यस्तो देखियो …..(फोटो फिचर)

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अधिकांश बस्तीमा महाकाली र जगबुडा नदीमा आएको बाढीले लाखौंको धनमाल तहस नहस बनाएको छ् । दोधारा...