ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ कार्तिक ७, आईतवार
गृहपृष्ठ मुख्य समाचार सुदूरपश्चिममा आजदेखि सवारीसाधनमा ‘क्यु फ्री’

सुदूरपश्चिममा आजदेखि सवारीसाधनमा ‘क्यु फ्री’

२७ असोज । महेन्द्रनगर । सुदूरपश्चिममा आजदेखि क्यु फ्रीमा सवारीसाधन सञ्चालन गरिएको छ। यातायात प्रालीहरुले नियमित रुपमा रुटअनुसार सवारी सञ्चालन नगरी आजदेखि तीन दिन सम्मका लागि क्यु फ्रीमा गाडी सञ्चालन गरेका हुन्। लामो दुरीमा तीन र छोटो दुरीमा भोलिदेखि दुई दिनसम्म क्यु फ्रीमा गाडी सञ्चालन हुने यातायात प्रालिहरुले बताएका छन्। सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले रुटअनुसार सवारी सञ्चालन नभए पनि यात्रुहरुको सुविधाका लागि क्यु फ्रीमा गाडी चलाउने जानकारी दिए। ‘लामो दुरीमा आज, भोली र पर्सी तथा छोटो दुरीमा भोलि र पर्सी क्यु फ्रीमा गाडी सञ्चालन गरिनेछ ।

सापकोटाले  भने, ‘यातायात व्यवसायीहरुले भने गाडी सञ्चालन गर्ने बताएका छन्।’ खप्तड यातायात प्रालिका अध्यक्ष अनन्तराज जोशीले क्यु फ्रीमा सवारी सञ्चालन भएको बताउदै भने, ‘क्यु फ्रीमा यात्रुलाई हैरानी दिने व्यवसायी, चालक तथा सहचालकलाई कारबाहीको दायरामा ल्याइनेछ।’ विगतमा पनि यातायात व्यवसायीहरुले चाडपर्वका बेला क्यु फ्रीमा गाडी चलाउँदै आएका थिए। तर क्यु फ्रीका नाममा व्यवसायीहरुले मनोमानी गर्दा यात्रुहरुले सास्ती खेप्नुपर्ने समस्या रहेको थियो।

क्यु फ्रीमा यात्रुहरुबाट बढी भाडा असुल्ने र यातायात व्यवसायीले बिच बाटोमै अलपत्र छाड्ने गरेको आरोप लागेको थियो। यता प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले राजमार्ग क्षेत्रमा चेकजाँच बढाइएको दावी गर्दै क्यु फ्रीका नाममा यात्रुलाई दुःख दिनेलाई कानूनी कारबाही हुने बताए। ‘प्रदेशका ५६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ,’ गौतमले दिनेशखबरलाई भने, ‘बसपार्क लगायतका क्षेत्रमा पनि निगरानी बढाएका छौँ। यात्रुलाई सास्ती दिने काम भए सम्पर्क गर्न अनुरोध छ।’

ताजा समाचार

सामाजसेवी कुमाल र आरोग्य मेडिकेयरका डाक्टर चौधरीको सहयोगमा दोधाराको बाढी ग्रस्त बस्तीमा निशुल्क स्वास्थ्य शिविर

दोधारा । झण्डै तिन सय बढी घर प्रभावित विस्थापित हुने गरी दोधारा चाँदनी नगरपालिकामा आएको भीषण बाढीपछि बिरामीको संख्या बढ्न थालेको छ । दोधारा...

जनताको डाक्टर : डाक्टर चौधरी दोधारा चाँदनीको बाढी पिडितहरुका सेवामा (भिडियो सहित)

दोधारा । डाक्टर गगन चौधरीको पहलमा बाढीबाट प्रभावित भएका दोधारा चाँदनीका बाढी पिडित जनताका लागि नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरेका छन् । आरोग्य मेडिकेयर...

बाढी पीडितको समस्या चाडै समाधान हुन्छ : प्रधानमन्त्री देउवा

पप्पु गुरुङ्ग, दोधारा । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले पीडितहरुको...

दोधारा चाँदनीको बाढी ग्रस्त बस्ती यस्तो देखियो …..(फोटो फिचर)

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अधिकांश बस्तीमा महाकाली र जगबुडा नदीमा आएको बाढीले लाखौंको धनमाल तहस नहस बनाएको छ् । दोधारा...