ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ कार्तिक ७, आईतवार
गृहपृष्ठ मुख्य समाचार कञ्चनपुरको कोल्ड स्टोरमा एक जना मृत फेला

कञ्चनपुरको कोल्ड स्टोरमा एक जना मृत फेला

२६ असोज । कञ्चनपुर । कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बेदकोट नगरपालिका–३ मा रहेको सुशनदीप आइस एण्ड कोल्ड स्टोरेज प्रालि सुडामा कार्यरत एक कर्मचारी मृत अवस्थामा फेला परेका हुन्।

राति ड्युटी गरिरहेका भीमदत्त नगरपालिका लालपुर बस्ने ६० वर्षीय हिरानन्द भट्ट मंगलबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। भट्ट त्यहाँका चौकीदारको रुपमा कार्यरत थिए। प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ। यस्तै मृतकका आफन्तले कोल्ड स्टोका सञ्चालकसँग क्षतिपूर्तिको माग गरेका छन्। कोल्ड स्टोरका सञ्चालक दिवान चन्दले क्षतिपूर्ति दिन नमानेपछि अहिले आफन्तले कोल्ड स्टोर घेराउ गरेका छन्। तुरुत्नै क्षतिपूर्ति नदिए कोल्ड स्टोरमा तालबन्दी गर्ने चेतावनी उनीहरुले दिएका छन्।

ताजा समाचार

सामाजसेवी कुमाल र आरोग्य मेडिकेयरका डाक्टर चौधरीको सहयोगमा दोधाराको बाढी ग्रस्त बस्तीमा निशुल्क स्वास्थ्य शिविर

दोधारा । झण्डै तिन सय बढी घर प्रभावित विस्थापित हुने गरी दोधारा चाँदनी नगरपालिकामा आएको भीषण बाढीपछि बिरामीको संख्या बढ्न थालेको छ । दोधारा...

जनताको डाक्टर : डाक्टर चौधरी दोधारा चाँदनीको बाढी पिडितहरुका सेवामा (भिडियो सहित)

दोधारा । डाक्टर गगन चौधरीको पहलमा बाढीबाट प्रभावित भएका दोधारा चाँदनीका बाढी पिडित जनताका लागि नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरेका छन् । आरोग्य मेडिकेयर...

बाढी पीडितको समस्या चाडै समाधान हुन्छ : प्रधानमन्त्री देउवा

पप्पु गुरुङ्ग, दोधारा । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले पीडितहरुको...

दोधारा चाँदनीको बाढी ग्रस्त बस्ती यस्तो देखियो …..(फोटो फिचर)

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अधिकांश बस्तीमा महाकाली र जगबुडा नदीमा आएको बाढीले लाखौंको धनमाल तहस नहस बनाएको छ् । दोधारा...