ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ कार्तिक ७, आईतवार
गृहपृष्ठ अपराध रिपोर्ट मुख्यमन्त्रीका स्वकीयले दिए प्रमुख सचिवलाई ज्यान मार्ने धम्की

मुख्यमन्त्रीका स्वकीयले दिए प्रमुख सचिवलाई ज्यान मार्ने धम्की

२६ असोज । महेन्द्रनगर । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव प्रेम कुँवर प्रख्यातले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मधुसुदन बुर्लाकोटीलाई ज्यान मार्ने धम्की दिएका छन्।

आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रमुख सचिव बुर्लाकोटीलाई कुँवरले धम्की दिएका हुन्। प्रशासन र लेखा समूहका कर्मचारी सरुवाको विषयमा स्वकीय सचिव कुँवरले प्रमुख सचिव बुर्लाकोटीलाई दुव्र्यवहार गर्दै धम्की दिएका हुन्।
‘मुख्यमन्त्री तथा मन्त्रीहरुको इच्छाअनुसार कर्मचारीको सरुवा गर्न प्रमुख सचिव राजी नभएपछि मुख्यमन्त्री भट्टले स्वकीय सचिवमार्फत धम्की दिन लगाएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक कर्मचारीले भने। काँग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले पनि प्रमुख सचिव बुर्लाकोटीमाथि दुव्र्यवहार भएको बताए। ज्यान मार्ने धम्की आएको हो रु भन्ने दिनेशखबरको प्रश्नमा प्रमुख सचिव बुर्लाकोटीले भने, ‘हावा नचली पात त हल्लिन नी।’ यता स्वकीय सचिव कुँवरलाई पटकपटक फोन गर्दा सम्पर्क हुन सकेन। सुदूरपश्चिम प्रदेश सरकारले साउन र भदौंमा गर्नुपर्ने कर्मचारी सरुवा मुख्यमन्त्री, केही मन्त्री तथा प्रमुख सचिवको बीचमा सहमति हुन नसक्दा रोकिएको छ। मुख्यमन्त्री तथा मन्त्रीहरुले सरुवामा अस्वाभाविक खेल्न चाहेको कारण सरुवा पेचिलो बनेको कर्मचारी स्रोतको दाबी छ।

ताजा समाचार

सामाजसेवी कुमाल र आरोग्य मेडिकेयरका डाक्टर चौधरीको सहयोगमा दोधाराको बाढी ग्रस्त बस्तीमा निशुल्क स्वास्थ्य शिविर

दोधारा । झण्डै तिन सय बढी घर प्रभावित विस्थापित हुने गरी दोधारा चाँदनी नगरपालिकामा आएको भीषण बाढीपछि बिरामीको संख्या बढ्न थालेको छ । दोधारा...

जनताको डाक्टर : डाक्टर चौधरी दोधारा चाँदनीको बाढी पिडितहरुका सेवामा (भिडियो सहित)

दोधारा । डाक्टर गगन चौधरीको पहलमा बाढीबाट प्रभावित भएका दोधारा चाँदनीका बाढी पिडित जनताका लागि नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरेका छन् । आरोग्य मेडिकेयर...

बाढी पीडितको समस्या चाडै समाधान हुन्छ : प्रधानमन्त्री देउवा

पप्पु गुरुङ्ग, दोधारा । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले पीडितहरुको...

दोधारा चाँदनीको बाढी ग्रस्त बस्ती यस्तो देखियो …..(फोटो फिचर)

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अधिकांश बस्तीमा महाकाली र जगबुडा नदीमा आएको बाढीले लाखौंको धनमाल तहस नहस बनाएको छ् । दोधारा...