ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ कार्तिक ७, आईतवार
गृहपृष्ठ अतिरिक्त टि पि ओ नेपालद्वारा कञ्चनपुरमा विविध कार्यक्रमहरु गरि विश्व मानसिक स्वास्थ्य दिवस...

टि पि ओ नेपालद्वारा कञ्चनपुरमा विविध कार्यक्रमहरु गरि विश्व मानसिक स्वास्थ्य दिवस मनाइयो

२४ असोज , महेन्द्रनगर ।असमानता हटाउन आवश्यक छ सबैको साथ,योगदान सुलभ समान र उपयुक्त मानसिक स्वास्थ्य हाम्रो अभियान भन्ने मुल नाराका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस,नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । विश्व स्वास्थ्य संगठनले आव्हानमा हरेक बर्षको अक्टुबर १० लाई मानसिक स्वास्थय दिवसका रुपमा मनाउने गरिन्छ ।

कञ्चनपुरमा पनि विविध कार्यक्रमहरु गरि विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ । टि पि ओ नेपाल कञ्चनपुरले भी.न.पा सगको सहकार्य र युनिसेफ नेपालको सहयोगमा भी.न.पा १२ का टोल विकास संस्था तथा स्थानिय गै.स.स का २६ जना (महिला पुरुष) प्रतिनिधिको उपस्थितीमा मनोसमाजिक सहयोग तथा मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम संस्थाका मनोविमर्श कर्ता पुर्ण सिह क्षेत्रिले सञ्चालन गरेका छन् । मानसिक स्वास्थ्यका बारेमा जनचेतना फैलाउने यस क्षेत्रमा भएका समस्या,चुनौति एवम उपलब्धिका बिषयमा छलफल तथा पैरवि गर्ने उद्देश्यका साथ प्रत्येक बर्ष अक्टुबर १० लाई मानसिक स्वास्थय दिवसका रुपमा मनाउने गरिन्छ ।

मानसिक रोगिलाई अपहेलना गर्ने , उपचारबाट बञ्चित गराउने,बाधेर राख्ने,खाना नदिने काम जिम्मेवारी र अधिकारबाट बञ्चित गराउने,भुतप्रेत वा बोक्सि लाग्यो भनेर परम्परागत उपचार गर्ने,अमानविय व्यवाहार गर्ने गरेका कारण मानसिक रोगि धmन समस्यामा परेका छन् ।
बदलिदो समाजिक परिवेष, बैदेशीक रोजगारी, बेरोजगारी, गरीबी, आधुनिकिकरण,सामाजिक सञ्जालको प्रभाव, लागु पदार्थको सेवन,पारिवारीक झमेला,लैङ्गिक तथा घरेलु हिंसा,यौन शोषण, बलत्कार, लाञ्लछना,विवेद,अन्धविश्वास जस्ता कारक तत्वले मानसिक स्वास्थ्य समस्या बढदै गइरहेको छ ।

ताजा समाचार

सामाजसेवी कुमाल र आरोग्य मेडिकेयरका डाक्टर चौधरीको सहयोगमा दोधाराको बाढी ग्रस्त बस्तीमा निशुल्क स्वास्थ्य शिविर

दोधारा । झण्डै तिन सय बढी घर प्रभावित विस्थापित हुने गरी दोधारा चाँदनी नगरपालिकामा आएको भीषण बाढीपछि बिरामीको संख्या बढ्न थालेको छ । दोधारा...

जनताको डाक्टर : डाक्टर चौधरी दोधारा चाँदनीको बाढी पिडितहरुका सेवामा (भिडियो सहित)

दोधारा । डाक्टर गगन चौधरीको पहलमा बाढीबाट प्रभावित भएका दोधारा चाँदनीका बाढी पिडित जनताका लागि नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरेका छन् । आरोग्य मेडिकेयर...

बाढी पीडितको समस्या चाडै समाधान हुन्छ : प्रधानमन्त्री देउवा

पप्पु गुरुङ्ग, दोधारा । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले पीडितहरुको...

दोधारा चाँदनीको बाढी ग्रस्त बस्ती यस्तो देखियो …..(फोटो फिचर)

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अधिकांश बस्तीमा महाकाली र जगबुडा नदीमा आएको बाढीले लाखौंको धनमाल तहस नहस बनाएको छ् । दोधारा...