ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ कार्तिक ७, आईतवार
गृहपृष्ठ मुख्य समाचार चियामै मदनको अदम्य खुसीः २० वर्ष देखि अनवरत धुम्रपान रहित समाजको अभियानमा

चियामै मदनको अदम्य खुसीः २० वर्ष देखि अनवरत धुम्रपान रहित समाजको अभियानमा

राजेश चन्द ।

महेन्द्रनगर । एउटा चिया पसल, जहाँ जिल्लाभरकै हरेक क्षेत्रको प्रतिनिधितव गर्ने बौद्धिक व्यक्तिहरुको जमघट हुने गर्दछ । लगातार २० वर्ष देखि चिया पसल सञ्चालन गर्दै आफ्नो छुट्टै पहिचान कामय गर्न सफल रहेका एक सार्थक व्यक्ति हुन्, मदन चन्द । महेन्द्रनगरमा ‘सञ्चार चोक’ चन्दकै चियापसलको अनुवरणबाट स्थापित नाम हो । ०५८ देखि धुम्रपान रहित समाजको अभियानमा अनवरत लागेका चन्द समाजसेवामा फराकिलो मनुस्थिती राख्छन् ।

०२५ साल असारको महिना बैतडीको दुर्गम गाँउ साविकको आमचौरा गाविस, हाल पञ्चेश्वर गाउपालिकामा जन्मिएका चन्दको बाल्यकाल निकै कष्टकर र दुःखपुर्ण रहृयो । पारिवारिक गरिबीका कारण चन्द दुई बर्षको हुँदा उनको परिवार बसाई सरेर तराई आउनु पर्यो । पारिवारिक गरिबीले गर्दा आमा बुवाले जिविकोपार्जन गर्न दिन भरि ज्याला मजदुरी गरेको चन्द अहिले झलझली सम्झन्छन् ।

जीवन सङ्घर्ष
घरको आर्थिक अवस्था कमजोर भएकै कारण समाजसेवी चन्दले ११ बर्षको शिक्षाको पहिलो खुट्किला जनसेवा माविबाट आरम्भ गर्ने मौका पाए । उनले २०४७ सालमा एसएलसी उत्तिर्ण गरे । एसएलसी उत्तिर्ण गरेको बेला पञ्चायत व्यवस्था विरुद्वको आन्दोलन चर्कि रहेको हुन्थ्यो, आफ्ना ठुल्बुवा र अन्य व्यक्तित्वको अगुवाइमा पञ्चायत व्यवस्था विरुद्वको आन्दोलनमा समेत समेत चन्द पनि होमिएका व्यक्ति हुन् ।

पञ्चायत व्यवस्था विरुद्वको आन्दोलनमा प्रयोग गरिने पर्चा पम्पलेट ओसार पोसार गर्ने मुख्य जिम्मेवारी चन्दले लिएका थिए । वनबासाको होटल जय लक्ष्मीबाट आफु र आफ्ना दुई जना साथीले सागवनको पातमा बेरेर लुकि छिपी ३ लाख पर्चा भन्सार कटाएर महेन्द्रनगर भित्र्याएको समाजसेवी चन्द बताउछन् ।

त्यस पछि घरको आर्थिक अवस्था झन झन् बिग्रिदै गए पछि आफ्नै मित बुवाको किराना पसलमा काम गरेको समेत उनी संग अनुभव छ । त्यसपछी उनले २०५० सालमा महेन्द्रनगरको सञ्चारचोकमा आफ्नै किराना पसल सञ्चालन गरे । त्यसपछि चन्दलाई संकटकालको बेला सञ्चारचोकमा रहेको आफ्नै किराना पसल बन्द गरेर राती घर जादै गर्दा चमन्न चोक(बस पार्क नजिक) माओवादी भनेर एक रात प्रहरी हिरासतमा राखेर निर्धात कुटपिट पश्चात दोस्रो दिन आफन्तको जिम्मा लगाएको अनुभव उनले सुनाए ।

समाज संघर्ष
उनले २०५८ साल पछि आफ्नो किराना पसललाइ धुम्रपान रहित बनाए । धुम्रपान सेवन गर्नेको जनसंङ्ख्या अत्याधिक भएको बेला किराना पसलको बिक्रि कम हुन्छ भन्ने थाँहा हुदा हुदै पनि सर्वसाधारणको स्वास्थ्यलाइ मध्य नजर गर्दै आफ्नो किराना पसललाई धुम्रपान रहित बनाउने अभियानमा थिए चन्द ।

धुम्रपान गर्ने व्यक्तिलाई उनी आफ्नो पसलबाट न त चिया दिन्छन् न त अरु समान नै । यदि उनले धुम्रपान गर्ने व्यक्तिलाइ नचिनेर चिया दिइहाले पनि ती व्यक्तिले दिएको पैसा समेत सामात्दैनन् । यो समाजसेवी चन्दको विशेषता नै हो ।

उनले २०५८ सालमा आफ्नो किराना पसललाइ धुम्रपान रहित बनाउदै गर्दा उनको साथ दिनेहरु भन्दा उनको हासो मजाक उडाउनेको संङ्ख्या ज्यादा थियो तर पनि उनले आफ्नो अभियानलाई कहिल्यै निस्तेज पारेनन् । ०६८ सालमा धुम्रपानको बिधेयक आउदा उनले त्यसको खुसियालीमा महेन्द्रनगर बजारमा २० किलो लड्डु र त्यो दिन पसलमा चिया खान आउने ग्राहाकलाइ निशुल्क चिया बाडेका थिए ।

त्यसपछि त्यो बेलाको राष्ट्रिय पत्रिका नयाँ पत्रिकामा धुम्रपानको बिधेयक आउदा ग्राहाकलाई लडडु भन्ने हेडलाइन सहित सामाचार आए पछि उनलाइ यो अभियान बन्द गर्न धुम्रपान बिक्रताहरुबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धम्किपुर्ण अभिव्यक्तिहरु आएको उनले सुनाए । तर पनि चन्दले यो अभियानलाइ निरन्तरता दिन छोडनन् । यो अभियान चलिरहदा र देशमा पञ्चायत विरुद्वका आन्दोलन चर्की रहदा उनले आफ्नो चिया पसल भएको ठाउँ सञ्चारचोकमा ०६२ साल चैत्र ३१ गते चुरे ट्यान्सको कार्यालय खोले ।

पञ्चायत व्यवस्था विरुद्वको आन्दोलनमा होमिएकै कारण उनी पनि सुरक्षामर्कीको नजरमा आन्दोलनकारीका रुपमा थिए । प्रहरीले पञ्चायत व्यवस्था विरुद्वको आन्दोलनमा होमिएकै कारण उनलाई उनको चुरे ट्यान्सको कार्यालयको ढोका तोडेर हिरासतमा लगेर निर्घात कुटपिट समेत गरियो ।

आफ्नो व्यापार व्यवस्थापन भन्दा पनि ग्राहकहरुलाई पहिलो प्राथमिकता दिने चन्द अहिले पनि त्यहि व्यस्त गल्ली क्यापस रोडको छेउमा रहेको सञ्चारचोकमा आफ्नै चिया पसलमा दिनभरी व्यस्त देखिन्छन् । विभिन्न सामाजिक काम गरेवापत वेला वेला विभिन्न संघ संस्था र नेपाल सरकारबाट समेत चन्द सम्मानित हुँदै आएका छन् । उनले अहिले सम्म चार दर्जन भन्दा बढी सम्मान पत्र तथा पुरस्कार प्राप्त गरिसकेका चन्दले अहिले सम्म कुनै पनि राजनीतिक दलबाट सम्मान ग्रहण गरेका छैनन् ।

सामाजिक कार्य
चन्द पहिले देखि नै सामाजिक काममा अनवरत रुपमा सक्रिय छन् । दीन दुखिहरुलाई सहयोग गर्नेहरुको सूचिमा चन्दको नाम पहिलो नम्बरमा राख्दा एक फरक नपर्ला । आफ्ना सार दुःख पिडाहरु भुलेर पनि चन्द पिडितलाई सहयोग गर्न तयार हुन्छन् ।

बजारमा स्थानिय सरकारले नदेखेका खाडल चन्दले देख्छन्, र ति खाल पर्छन पनि । सरकारले नदेखेका दीन दुखिलाई समाजसेवी चन्दले देख्छन् । समाज सेवा र दीन दुखीलाई सक्दो सहयोग गर्न पाउदा मनमा अदम्य खुसी मिल्ने गरेको उनी बताउछन् ।

राजनैतिक धारणा
उनले अहिले सम्म कुनै पनि राजनैतिक दलको झण्डा बोका छैनन् । २०५८ साल देखि नै उनि आफ्नो पसल निर आउने कुकुरहरुलाई सभासद भनेर बोलाउने गर्थे । अहिलेको राजनैतिक अवस्था देख्दा त्यति बेला आफुले कुकुरहरुको पनि बेईज्जत गरेको आभास भएको चन्द बताउछन् ।

गरपालिका, गाउँपालिका र देशले करोडौ राजस्व उठाएको खबर सुन्दा दुःख लाग्ने गरेको चन्द बताउछन् । नगरपालिका,गाउँपालिका र देशले जति सुकै राजस्व उठाए पनि विकास निर्माणका कामले तिब्रता नपाउदा जनताले एक छाक काटेर तिरेको राजस्व नेताहरुको तलब अनि भत्ता खाने स्रोत मात्र बनेको देख्दा दुख लाग्न गरेकोे उनको भनाई छ ।

अब पनि अहिलकोे जस्तै राजनैतिक अवस्था रहृयो र नेताहरु सत्ताकै लागि लडाई भई रहृयो भने देश दुर्घटनामा नजाला भन्न नसकिने उनको तर्क छ । देशको नेतृत्व युवाले लिने बेला आइसकेको र युवाले नेतृत्व लिन ढिला गर्नु नपर्नेमा चन्दको जोड छ ।

अहिले उनका साथी कोही नेपाल आर्मीमा जर्नेल, कर्नेल छन भने कोही शिक्षक, निजामती क्षेत्रको उच्च पदमा छन्, तर समाजसेवी चन्द भने आफ्नो पेसामा निकै खुसी देखिनछन् ।

(तस्विरः आभाषकुञ्ज दैनिक)

 

 

ताजा समाचार

सामाजसेवी कुमाल र आरोग्य मेडिकेयरका डाक्टर चौधरीको सहयोगमा दोधाराको बाढी ग्रस्त बस्तीमा निशुल्क स्वास्थ्य शिविर

दोधारा । झण्डै तिन सय बढी घर प्रभावित विस्थापित हुने गरी दोधारा चाँदनी नगरपालिकामा आएको भीषण बाढीपछि बिरामीको संख्या बढ्न थालेको छ । दोधारा...

जनताको डाक्टर : डाक्टर चौधरी दोधारा चाँदनीको बाढी पिडितहरुका सेवामा (भिडियो सहित)

दोधारा । डाक्टर गगन चौधरीको पहलमा बाढीबाट प्रभावित भएका दोधारा चाँदनीका बाढी पिडित जनताका लागि नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरेका छन् । आरोग्य मेडिकेयर...

बाढी पीडितको समस्या चाडै समाधान हुन्छ : प्रधानमन्त्री देउवा

पप्पु गुरुङ्ग, दोधारा । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले पीडितहरुको...

दोधारा चाँदनीको बाढी ग्रस्त बस्ती यस्तो देखियो …..(फोटो फिचर)

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अधिकांश बस्तीमा महाकाली र जगबुडा नदीमा आएको बाढीले लाखौंको धनमाल तहस नहस बनाएको छ् । दोधारा...