ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ कार्तिक ७, आईतवार
गृहपृष्ठ अन्तर्राष्ट्रिय भारत बलियो टिम हो, तर हामी डराउँदैनौ : अलमुताइरी

भारत बलियो टिम हो, तर हामी डराउँदैनौ : अलमुताइरी

२३ असोज, महेन्द्रनगर । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आइतबार भारतसंग प्रतिस्पर्धा गर्दैछ ।

शनिबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारत बलियो टिम भएको र खेल कठिन हुने बताए । ‘भारत बलियो टिम हो तर यसको अर्थ हामी फाइट गर्दैनौं भन्ने होइन । भारतलाई हामी सम्मान गर्छौ। हामी भारतविरुद्ध फाइट पनि गर्छौँ’ उनले भने ।

नेपाल भारतबीचको खेल मालेस्थित नेशनल रंगशालामा नेपाली समय अनुसार खेल राति ९स्४५ बजे सुरु हुनेछ । भारतले सर्वाधिक ७ पटक साफको उपाधि जितिसकेको छ ।

तर ५ राष्ट्र सहभागी यस संस्करणको साफमा भने भारत सुरुवाती दुवै खेलमा बराबरीमा रोकिएको थियो ।

नेपालले भने दुव‌ खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ । भारतविरुद्ध जीत निकाल्न सकेमा नेपाल एक खेलअघि नै फाइनल पुग्नेछ ।

यस्तै अलमुताइरीले नेपाल अहिले नै फाइनल नपुगेको भन्दै समर्थकलाई संयमित रहन पनि आग्रह गरेका छन् ।

नेपालका कप्तान किरण कुमार चेम्जोङले भारत विरुद्धको खेल महत्वपूर्ण रहेको भन्दै हरेक पाइला सोच विचार गरेर चाल्नुपर्ने बताए ।

यस्तै भारतका प्रशिक्षक इगोर स्टिमेकले भारतको लक्ष्य साफ जित्नु नै रहेकोले मानसिकतामा परिवर्तन नभएको बताए । साथै उनले नेपालले राम्रो खेलिरहेको भन्दै ६ अंकका लागि लायक रहेको समेत बताए ।

पहिलो खेलमा माल्दिभ्सलाई १(० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३(२ ले हराएको थियो । भारत भने पहिलो खेलमा बंगलादेशसँग १(१ र दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो ।

नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेश ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ । भारत २ खेलबाट २ अंकसहित चौथो स्थानमा छ ।

आइतबारै घरेलु टोली माल्दिभ्सले श्रीलंकासंग खेल्नेछ ।

ताजा समाचार

सामाजसेवी कुमाल र आरोग्य मेडिकेयरका डाक्टर चौधरीको सहयोगमा दोधाराको बाढी ग्रस्त बस्तीमा निशुल्क स्वास्थ्य शिविर

दोधारा । झण्डै तिन सय बढी घर प्रभावित विस्थापित हुने गरी दोधारा चाँदनी नगरपालिकामा आएको भीषण बाढीपछि बिरामीको संख्या बढ्न थालेको छ । दोधारा...

जनताको डाक्टर : डाक्टर चौधरी दोधारा चाँदनीको बाढी पिडितहरुका सेवामा (भिडियो सहित)

दोधारा । डाक्टर गगन चौधरीको पहलमा बाढीबाट प्रभावित भएका दोधारा चाँदनीका बाढी पिडित जनताका लागि नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरेका छन् । आरोग्य मेडिकेयर...

बाढी पीडितको समस्या चाडै समाधान हुन्छ : प्रधानमन्त्री देउवा

पप्पु गुरुङ्ग, दोधारा । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले पीडितहरुको...

दोधारा चाँदनीको बाढी ग्रस्त बस्ती यस्तो देखियो …..(फोटो फिचर)

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अधिकांश बस्तीमा महाकाली र जगबुडा नदीमा आएको बाढीले लाखौंको धनमाल तहस नहस बनाएको छ् । दोधारा...