ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ कार्तिक ७, आईतवार
गृहपृष्ठ अपराध रिपोर्ट उदयदेव मन्दिरको दानपेटिका चोरी

उदयदेव मन्दिरको दानपेटिका चोरी

राजेश चन्द । महेन्द्रनगर । बैतडीको प्रसिद्व धार्मिक स्थल उदयदेव मन्दिरमा राखेको दानपेटिका फाडेर चोरले पैसा चोरेको ईलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिएका छन् ।

२० गते राति मन्दिरमा चोरी भएको र दानपेटिकामा कति रुपिया थियो भन्ने कुरा नखुलेको उनले बताए । तर एक बर्ष देखि दानपेटिका नखोलिएको हुनाले दान पेटिकामा बढि रुपैया हुन सक्ने अनुमान गरिएको छ । मन्दिरबाट दानपेटिका ल्याएर चोरले मन्दिरको गेट नजिकै फोडेको अवस्थामा फेला परेको स्थानियहरुले बताए । यसै गरी नवरात्र बस्न आएका एक जना भक्तजनको समेत पैसा चोरीएको छ ।

महेन्द्रनगरबाट मन्दिरको दर्शनका लागि आएका गणेशबहादुर चन्दको १७ हजार रुपैया चोरीएको प्रहरीले जनाएको छ । चन्द मन्दिरमा स्तिरहेको मौका पारेर उनको पैसा चोरीएको बताइएको छ ।

कस्ले चोरेको हे भन्ने कुरामा एकिन नभए पनि ३–४ जनामाथि निगरानी राखेर अनुसन्धान भईरहेको निीिक्षक शाहीले बताए ।

ताजा समाचार

सामाजसेवी कुमाल र आरोग्य मेडिकेयरका डाक्टर चौधरीको सहयोगमा दोधाराको बाढी ग्रस्त बस्तीमा निशुल्क स्वास्थ्य शिविर

दोधारा । झण्डै तिन सय बढी घर प्रभावित विस्थापित हुने गरी दोधारा चाँदनी नगरपालिकामा आएको भीषण बाढीपछि बिरामीको संख्या बढ्न थालेको छ । दोधारा...

जनताको डाक्टर : डाक्टर चौधरी दोधारा चाँदनीको बाढी पिडितहरुका सेवामा (भिडियो सहित)

दोधारा । डाक्टर गगन चौधरीको पहलमा बाढीबाट प्रभावित भएका दोधारा चाँदनीका बाढी पिडित जनताका लागि नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरेका छन् । आरोग्य मेडिकेयर...

बाढी पीडितको समस्या चाडै समाधान हुन्छ : प्रधानमन्त्री देउवा

पप्पु गुरुङ्ग, दोधारा । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले पीडितहरुको...

दोधारा चाँदनीको बाढी ग्रस्त बस्ती यस्तो देखियो …..(फोटो फिचर)

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अधिकांश बस्तीमा महाकाली र जगबुडा नदीमा आएको बाढीले लाखौंको धनमाल तहस नहस बनाएको छ् । दोधारा...