ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ कार्तिक ७, आईतवार
गृहपृष्ठ अर्थ भीमदत्तमा सडक सञ्जालको अवस्था दयनीय

भीमदत्तमा सडक सञ्जालको अवस्था दयनीय

राजेश चन्द ।
महेन्द्रनगर । कञ्चनपुरको सबै भन्दा ठुलो नगरपालिका रुपमा रहेको भीमदत्त नगरपालिकाका सडकहरुको अवस्था हरिबिजोक रहेको छ । सडक सञ्जालको अवस्था दयनीय भएका कारण नगरबासीले निकै सास्ती खेप्नु परेको छ । सडकहरुको अवस्था दिनप्रतिदिन बिग्रिदै गइरहेको छ ।

कालो पत्रे सडकमा रहेका ठुल्ठुला खाडलहरुका कारण भीमदत्तमा दुर्घटना घटिरहेको पाइन्छ । तर पनि उक्त समस्या बारे नगरपालिकाको ध्यान जान नसकेकोे नगरबासीहरुको गुनासो छ । भीमदत्त नगरपाकिाको बजार क्षेत्र लगायत अन्य थुप्रै क्ष्ोत्रमा अनगन्ती खाडलहरु भए पनि नगरपालिकाले त्यसको र्दीघकानि सामाधान भने खोज्न सकेको छैन । जसको कारण नगरपालिका भित्र सवारी र्दुघटनाका घटनाहरु बढ्दो क्रममा छन् ।

भीमदत्त नगरपालिका भित्र रहेको दुई सय किलोमिटर सडक मध्ये एक सय ४० किलोमिटर सडक कालोपत्रे भइसकेको भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरि सिंह धामीले बताए । ‘नगरपालिका भित्र रहेको दुई सय किलोमिटर मध्ये हामीले एक सय ४० किलोमिटर सडक कालोपत्रे गरेका छौं ।, अहिले खाल्टा खुल्टी भएको ठाँउमा ग्राभिल गरेर पुर्ने काम भइरहेको छ ।’ सूचना अधिकारी धामीले भने ।

सूचना अधिकारी धामीका अनुसार अहिले बजार लगायतका क्षेत्रहरुमा खाल्टा खुल्टी भएको ठाँउमा ग्राभिल गरेर पुर्ने काम भइरहेको छ । वडागत रुपमा हरेक र्बष ४० किलोमिटर सडक ग्राभिलिङ्ग गर्नु र्पो भएतापनि बजार लगायत अन्य क्षेत्रमा रहेका खाडलहरु भने मर्मत सम्भार हुन सकेका छैनन् ।

सडक निर्माण भएको यति लामो समय बितिसक्दा पनि त्यसको मर्मत नगरिएको कारण यस्तो समस्या र्सिजना भएको भीमदत्तका सूचना अधिकारी धामीले बताए । महाकाली नदि बाट नदिजन्य पर्दाथ ढुवानी हुने र त्यसमा पनि गाडीहरु बढि लोड बोकेर आवत जावत गर्ने भएकाले पश्चिम तिरको सडकको अवस्था बिग्रदै गएको पाइन्छ । यद्यपी त्यसमा नगरपालिकाले चासो दिन सकेको छैन् ।

अहिले पछिल्लो समय खास गरि बजार क्षेत्र र पश्चिम र्तफ मझगाउँ एयरर्पोट जाने सडक नेपाल सरकार शहरी विकास मन्त्रालय र्माफत एडिबीको सहयोगमा कञ्चनपुरका चार नगरपालिका मध्ये भीमदत्त नगरपाकिाकामा पनि करिब ३५ किलोमिटर सडक आधुनिक किसिमले निर्माण गर्ने योजना बहुर्बषीय रहेकाले सुरुमा ढल बनाएर त्यसपछि सडक कालोपत्रे गर्ने योजना भएकाले बजार क्षेत्र र पश्चिम र्तफ मझगाउँ एयरर्पोट देखि ऐरीघाट जाने सडक र अन्य सडकहरु जस्तै विष्णु धाम जाने सडक लगायत अन्य सडकहरु आधुनिक किसिमले निर्माण गर्ने योजना अन्र्तगत भएकाले खाल्टा खुल्टी व्यबस्थापनमा ढिलाइ भएको सुचना अधिकृत धामीको दाबी छ ।

त्यसै गरि यो बाहेक र्ममत र्गनु पर्ने थुप्रै सडकहरु भए पनि बजेटको अभावले मर्मत गर्न नसकिएको र अब ग्राभिलिङ गरेर भए पनि सवारी साधन चल्न सहज हुने गरि नगरपालिकाले काम थाल्ने जनाइएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

ताजा समाचार

सामाजसेवी कुमाल र आरोग्य मेडिकेयरका डाक्टर चौधरीको सहयोगमा दोधाराको बाढी ग्रस्त बस्तीमा निशुल्क स्वास्थ्य शिविर

दोधारा । झण्डै तिन सय बढी घर प्रभावित विस्थापित हुने गरी दोधारा चाँदनी नगरपालिकामा आएको भीषण बाढीपछि बिरामीको संख्या बढ्न थालेको छ । दोधारा...

जनताको डाक्टर : डाक्टर चौधरी दोधारा चाँदनीको बाढी पिडितहरुका सेवामा (भिडियो सहित)

दोधारा । डाक्टर गगन चौधरीको पहलमा बाढीबाट प्रभावित भएका दोधारा चाँदनीका बाढी पिडित जनताका लागि नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरेका छन् । आरोग्य मेडिकेयर...

बाढी पीडितको समस्या चाडै समाधान हुन्छ : प्रधानमन्त्री देउवा

पप्पु गुरुङ्ग, दोधारा । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले पीडितहरुको...

दोधारा चाँदनीको बाढी ग्रस्त बस्ती यस्तो देखियो …..(फोटो फिचर)

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अधिकांश बस्तीमा महाकाली र जगबुडा नदीमा आएको बाढीले लाखौंको धनमाल तहस नहस बनाएको छ् । दोधारा...