ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ कार्तिक ७, आईतवार
गृहपृष्ठ अतिरिक्त धनगढीमा बजार अनुगमनमा तिब्रताः चश्मा पसललाई १० हजार जरिवाना

धनगढीमा बजार अनुगमनमा तिब्रताः चश्मा पसललाई १० हजार जरिवाना

महेन्द्रनगर । कैलाली जिल्लामा बजार अनुगमनलाई तिब्रता दिईएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय धनगढीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय, जिल्ला समन्वय समिति, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ तथा जिल्ला प्रहरी कार्यालय सम्मिलित संयुक्त बजार अनुगमन टोलीले धनगढीस्थित विभिन्न व्यापारिक फर्महरुको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा धनगढी उपमहानगरपालिकावार्ड नं। २ स्थित ओम ट्रेड डिपार्टमेन्टल स्टोर भित्र सञ्चालनमा रहेको युनिक वाच एण्ड सी नामक फर्मलाई रु। १०,०००।–९दश हजार० जरिवाना गरिएको छ ।

उक्त फर्मले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड “घ” बमोजिमको कसूर गरेको देखिएकोले सोही ऐनको दफा ३९ को उपदफा ९१० को खण्ड “क” बमोजिम तत्काल जरिवाना गरिएको र केही अन्य व्यापारिक फर्महरुलाई सामान्य निर्देशन दिईएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय धनगढीका निर्देशक भोज राज भट्टले जानकारी गराउनुभयो ।

आउँदै गरेका महत्वपूर्ण चाँडपर्वहरुलाई समेत लक्षित गरी सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा बजार अनुगमन गरिने समेत वहाँले जानकारी गराउनुभयो ।

 

ताजा समाचार

सामाजसेवी कुमाल र आरोग्य मेडिकेयरका डाक्टर चौधरीको सहयोगमा दोधाराको बाढी ग्रस्त बस्तीमा निशुल्क स्वास्थ्य शिविर

दोधारा । झण्डै तिन सय बढी घर प्रभावित विस्थापित हुने गरी दोधारा चाँदनी नगरपालिकामा आएको भीषण बाढीपछि बिरामीको संख्या बढ्न थालेको छ । दोधारा...

जनताको डाक्टर : डाक्टर चौधरी दोधारा चाँदनीको बाढी पिडितहरुका सेवामा (भिडियो सहित)

दोधारा । डाक्टर गगन चौधरीको पहलमा बाढीबाट प्रभावित भएका दोधारा चाँदनीका बाढी पिडित जनताका लागि नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरेका छन् । आरोग्य मेडिकेयर...

बाढी पीडितको समस्या चाडै समाधान हुन्छ : प्रधानमन्त्री देउवा

पप्पु गुरुङ्ग, दोधारा । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले पीडितहरुको...

दोधारा चाँदनीको बाढी ग्रस्त बस्ती यस्तो देखियो …..(फोटो फिचर)

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अधिकांश बस्तीमा महाकाली र जगबुडा नदीमा आएको बाढीले लाखौंको धनमाल तहस नहस बनाएको छ् । दोधारा...