ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ कार्तिक ७, आईतवार
गृहपृष्ठ राष्ट्रिय कञ्चनपुरमा कुपोषित बालबालिकाको तथ्यांक संकलनः दुई महिनामा ६ सयमा भेट्टियो कुपोषण

कञ्चनपुरमा कुपोषित बालबालिकाको तथ्यांक संकलनः दुई महिनामा ६ सयमा भेट्टियो कुपोषण

ऐश्वर्या कुवँर ।

कञ्चनपुरमा कुपोषण बालबालिकाको सख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ ।स्वास्थ्य कार्यालय कञ्चनपुरले गरेको सर्वेक्षणमा साउँन र भाद्र महिनामा ६ सय दुई जना बालबालिकाहरु कुपोषीत रहेको तथ्याङ्कमा उल्लेख गरिएको हो ।

नेपाल सरकारको नियमित कार्यक्रम अन्र्तरगत ६ महिना देखि ५ बर्षका बालबालिकाहरुमा मुआक टेप लगाई गरेको सर्वेक्षणमा ६ सय २ जना बालबालिका कुपोषण फेलापरेका हुन ।

स्वास्थ्थ कार्यलयले कञ्चनपुरले सुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै जिल्लाका ९ बटै स्थानिय तहमा रहेका वडा तथा टोलमा गरिएको दुई महिनाको सर्वेक्षणमा ९५ जना कडा शिघ्र कुपोषण र ५ सय ७ जना मध्यम कुपोषण गरि ६ सय २ जना बालबालिका कुपोषण पाइएको कुपोषण सम्पर्क व्यतिm केशब जोशीले बताए ।

साना उमेर समुहका बालबालिका हरु कुपोषणको शिकार भएपछि भएपछि उनिहरु शाररीक,मानसिक,हिसाबले कमजोर,कान कम सुन्ने,शरिरको तौल कम हुने,ख्याउटे पना आदि सम्स्याले बालबालिकाहरुको जिवन स्तरमा निकै ठुलो असर पुग्ने हुनाले बालबालिका हरुलाई कुपोषण हुन नदिन घरपरिवारहरुले समेत गम्भीर ध्यान हुन जरुरी रहेको जोशिले बताए ।

कोरोना महामारी फैलियसंगै लकडाउन भएपछि रोजगारी गुमेको कारण आर्थिक स्थीति कमजोर भएका तथा अन्य समुदायमा पनि कुपोषणको अवस्था बढदै गईरहेको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख शिवराज सुनारले बताए ।‘सुनारले भने’‘बालबालिका भविस्यका कर्णधार भएकाले हामिले बालबालिकाको रक्षाका लागि बालबालिका कुपोषित रहित साामज बनाउन जरुरी छ,व्यातिm,संस्था तथा समपुर्ण नागरिक हरुले कुपोषीत बालबालिका बचाउ अभियानका लागि घरदैलोमा गई सहयोग गर्नु पर्ने जरुरी छ,।

त्यस्तै बालबालिका हरुलाई दिनुपर्ने पोषण तत्वको असन्तुलनका कारण कुपोषणको समस्याले दिनप्रतिदिन उग्र रुप लिदै आईरहेको महाकाली प्रोदशिक अस्पतालका पोषण पुर्नस्थापनाकि प्रमुख इन्द्रा भट्टले बताईन ।

बालबालिकामा कुपोषण देखिएमा माहाकालि प्रादेशिक अस्पतामा अवस्थीत पोषण पुर्नस्थापना केन्द्रले कुपोषण भएका बालबालिका हरुलाई निशुल्क रुपमा पोषण युक्त खाना खुवाई उपचार पनि गर्ने गरेको भट्टले बताईन ।कञ्चनपुर जिल्लामा रहेका कुपोषण बालबालिकाको खोजि तथा सर्वेक्षण कार्यक्रमा सुआहाराले समेत आवश्यक प्रविधि सहयोग प्रदान गर्दै आइरहेको छ ।

ताजा समाचार

सामाजसेवी कुमाल र आरोग्य मेडिकेयरका डाक्टर चौधरीको सहयोगमा दोधाराको बाढी ग्रस्त बस्तीमा निशुल्क स्वास्थ्य शिविर

दोधारा । झण्डै तिन सय बढी घर प्रभावित विस्थापित हुने गरी दोधारा चाँदनी नगरपालिकामा आएको भीषण बाढीपछि बिरामीको संख्या बढ्न थालेको छ । दोधारा...

जनताको डाक्टर : डाक्टर चौधरी दोधारा चाँदनीको बाढी पिडितहरुका सेवामा (भिडियो सहित)

दोधारा । डाक्टर गगन चौधरीको पहलमा बाढीबाट प्रभावित भएका दोधारा चाँदनीका बाढी पिडित जनताका लागि नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरेका छन् । आरोग्य मेडिकेयर...

बाढी पीडितको समस्या चाडै समाधान हुन्छ : प्रधानमन्त्री देउवा

पप्पु गुरुङ्ग, दोधारा । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले पीडितहरुको...

दोधारा चाँदनीको बाढी ग्रस्त बस्ती यस्तो देखियो …..(फोटो फिचर)

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अधिकांश बस्तीमा महाकाली र जगबुडा नदीमा आएको बाढीले लाखौंको धनमाल तहस नहस बनाएको छ् । दोधारा...