ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ कार्तिक ७, आईतवार
गृहपृष्ठ अतिरिक्त कोरोनाका कारण सवारी साधनको लिलाम खुल्न नसकेको कञ्चनपुर भन्सार कार्यालयको दाबी

कोरोनाका कारण सवारी साधनको लिलाम खुल्न नसकेको कञ्चनपुर भन्सार कार्यालयको दाबी

ऐश्वर्या कुवँर महेन्द्रनगर । कञ्चनपुमा चोरी पैठारी लगायतका विभिन्न मुद्धाहरुमा पक्राउ परेका सवारी साधनको (मोटरसाइकल÷जीप,कार) लिलाम प्रक्रिया अगाडी बढ्न सकेको छैन् ।

उक्त सवारी साधनहरुको लिलाम प्रक्रिया अगाडी नबढ्दा राज्यलाई त्यसबाट प्राप्त हुँने लाखौं रकम अन्यौलमा परेको देखिन्छ ।कञ्चनपुर भन्सार कार्यलयले चोरी पैठारीमा पक्राउ परेका सवारी साधनहरु कोरोनाका महामारीका कारण लिलामी प्रक्रिया अघि बढाउन नसकिएको बताएको छ ।

प्रायः कोरोना भाईरसका कारण विश्व आक्रान्त र लामो समय अवधिको लकडाउनका कारण चोरी पैठारीमा पक्राउ परेका उक्त सवारी साधनहरुको लिलाम प्रक्रिया अघि बढाउन नसकिएको कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकारी प्रमानन्द जोशीले बताए । कञ्चनपुर भन्सार कार्यालमा चोरी पैठारीमा पक्राउ परेका करिब ३ सय ओटा दुईपांग्रे (मोटरसाइकल) र १५ ओटा चार पांग्रे (जीप÷कार) रहेको पाइन्छ ।

चोरी पैठारीमा परेका सवारी साधनहरु दश वर्ष पुरानो भइसकेको अवस्थामा भने लिलाम प्रक्रियामा जान नमिल्ने अधिकारीहरुको तर्क छ । पक्राउ परेका त्यस्ता सवारी साधनहरुलाई सम्बन्धित कम्पनी पत्ता लगाई कुन सवारी साधनको उत्पादन बर्ष कतिको हो, भन्ने एकिन प्रमाण जुटाएर मात्र लिलाम प्रकृया अघि बढाउनु पर्ने सूचना अधिकारी जोशीले बताए ।यद्यपी सम्बधित उक्त ऐजेन्सीहरुलाई पत्राचार गर्दा समेत समयमा उत्पादन नखोलेको कारण लिलाम पकृयामा ढिलाई हुने गरेको जोशीको तर्क छ ।

पक्राउ परेका सवारी साधनहरुको मुल्याङ्कन समितिले मूल्य निर्धारण गर्ने गर्दछ । यातायात व्यवस्था कार्यालय अथवा ‘हेभी भेकल्स’का ईन्जिनियरहरुलाई समयमै मुल्याङ्कन गर्न बोलाउदा कार्य व्यस्तताका कारण निरिक्षण तथा मुल्याङ्कन गर्ने कार्यमा ढिलाई हुने गरेको कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकारी जोशीले बताए । बिभिन्न निकायहरुसंग मुल्याङ्कन कायम गरि मुल्य एकिन तथा दर्ता हुने नहुने निक्यौल भएपछि मात्र लिलाम प्रकृया अगाडि बढ्न सक्ने कार्यालयले जनाएको छ ।

लिलाम सूरु गर्न धेरै समय लाग्ने गर्दछ । तर दुई बर्ष देखि महामारीको रुपमा फैलिरहेको कोरोनाका कारण उक्त लिलाम प्रकृयामा ढिलाई भएको सुचना अधिकारी जोशीको दाबि छ भन्सार कार्यलयका सूचना अधिकारी जोशीले भने–‘भन्सारमा रहेका सवारी साधन उत्पादन बर्षको लागि सम्बन्धीत कम्पनिमा पठाउँछौं । उत्पादन बर्ष खुले लगतै ईन्जिनियर बोलाई मुल्याङ्कन गर्न लगाई मुख्य मुल्याङ्कन कार्य अगाडि बढाउनेछौ ।’ उनले थपे–‘सबै प्रकृया पुरा भए लगतै मंसिर, पुषसम्ममा लिलामका लागि सूचना प्रकाशन गछौं ।’

 

 

 

 

 

 

ताजा समाचार

सामाजसेवी कुमाल र आरोग्य मेडिकेयरका डाक्टर चौधरीको सहयोगमा दोधाराको बाढी ग्रस्त बस्तीमा निशुल्क स्वास्थ्य शिविर

दोधारा । झण्डै तिन सय बढी घर प्रभावित विस्थापित हुने गरी दोधारा चाँदनी नगरपालिकामा आएको भीषण बाढीपछि बिरामीको संख्या बढ्न थालेको छ । दोधारा...

जनताको डाक्टर : डाक्टर चौधरी दोधारा चाँदनीको बाढी पिडितहरुका सेवामा (भिडियो सहित)

दोधारा । डाक्टर गगन चौधरीको पहलमा बाढीबाट प्रभावित भएका दोधारा चाँदनीका बाढी पिडित जनताका लागि नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरेका छन् । आरोग्य मेडिकेयर...

बाढी पीडितको समस्या चाडै समाधान हुन्छ : प्रधानमन्त्री देउवा

पप्पु गुरुङ्ग, दोधारा । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले पीडितहरुको...

दोधारा चाँदनीको बाढी ग्रस्त बस्ती यस्तो देखियो …..(फोटो फिचर)

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अधिकांश बस्तीमा महाकाली र जगबुडा नदीमा आएको बाढीले लाखौंको धनमाल तहस नहस बनाएको छ् । दोधारा...