ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ कार्तिक ७, आईतवार
गृहपृष्ठ अपराध रिपोर्ट नाकामा भारतबाट फर्किनेहरुसँग नेपाल प्रहरीले रकम असुल्दै

नाकामा भारतबाट फर्किनेहरुसँग नेपाल प्रहरीले रकम असुल्दै

कैलाली । सुदूरपश्चिमको झण्डै ३० प्रतिशत जनसंख्या रोजगारीका लागि भारतमा निर्भर छ। जसमध्ये केही परिवार उतै बसोबास गर्दै आएका छन्। अधिकांश प्रदेशवासी रोजगारीको लागि मात्रै भारत जाने गरेका छन्।

उनीहरु वर्षमा एकरदुई पटक नेपाल आवातजावत गर्दछन्। सुदूरपश्चिमेलीसहितका नेपालीहरु नयाँ वर्ष, दशैँतिहार तथा छट पर्वका लागि नेपाल आउने गरेका छन्। दशैँको एक महिना बाँकी रहेका बेला अहिले सुदूरपश्चिमेलीसहितका नेपाली गौरीफन्टा सीमा क्षेत्र हुँदै भित्रिरहेका छन्।

प्रत्येक दिन भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढेका बेला गौरीफन्टा सीमा क्षेत्रमा पुग्ने वित्तिकै उनीहरु लुटिदै आएका छन्। गौरीफन्टा नाकामा भेटिएका डबल विष्टले भने, ‘सुरुवातमा भारतीय प्रहरीले पैसा लिन्छ। नेपाल पुगेपछि नेपाल प्रहरीले पनि झोला चेक गर्ने नाममा म सँग ५० रुपैयाँ माग्यो।

रिक्सावालाले त झनै लुटिरहेका छन्।’ सीमा नाकामा पुग्ने वित्तिकै भारतीय सीमा सुरक्षा बल९एसएसबी०को फन्दामा पर्ने नेपालीहरु अटो रिक्सा चालकलाई चर्को भाडा तिर्नसमेत बाध्य छन्। स्वदेशी भूमिको सुरक्षासँगै नेपाल–भारत आवातजावत गर्ने नागरिकलाई सहजता दिन नाकामा तैनाथ नेपाल प्रहरीले पनि उनीहरुसँग रकम असुली गर्दै आएको हो।

सामान नबोकेर आउनेहरु सहजै धनगढी प्रवेश गरेपनि ठूलो झोला ल्याउनेसँग नेपाल प्रहरीले ५० रुपैयाँदेखि एक सय भन्दा बढी असुली गर्दै आएको मोहना पुलवारी भेटिएका तेजबहादुर बिकले बताए। ‘भारतबाट सामान ल्याए नाकामा नेपाल पुलिसलाई ५० देखि एक सय रुपैयाँसम्म दिएपछि मात्रै आउन दिन्छ,’ उनले भने, ‘मैले पनि छोराछोरीका लागि लुगाकपडा ल्याएको थिए।

सुरुमा झोला खोल भन्यो। तर रुपैयाँ दिएपछि झोला हेरेन।’ आर्थिक असुली पछि झोला समेत चेक हुने गरेको छैन। जसकाकारण निषेधित सामान समेत नेपाल भित्रिने जोखिम बढेको छ। त्रिनगर–गौरीफन्टा सीमानाका कञ्चनपुरमा पर्ने भएपनि स्वदेश फर्किनेले नाका पार गरेपछि कैलालीको भूमि प्रयोग गर्नुपर्छ।

त्यसकाकारण पनि कैलाली र कञ्चनपुरबाट ड्युटीमा खटिने प्रहरीले भारतबाट फर्किनेलाई अनावश्यक दुःख दिने गरेको गुनासो गरिएको छ। सबैभन्दा बढी मोहना पुलमा स्वदेश फर्किएका नेपालीहरु लुटिदै आएका हुन्। स्वदेश भित्रिनेलाई सुरक्षाको अनुभूति दिलाउन पर्ने ठाउँमा सुरक्षाकर्मीले नै लुट्न थालेपछि प्रहरी संगठन माथिको विश्वास गुम्दै गएको छ।

उक्त विषयमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुरुस्वत्तम कँडेलले निगरानी गर्ने बताएका छन्। ‘त्यसमा निगरानी गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयको हो। प्रहरी प्रधान कार्यालयबाट आएको निर्देशन समेत जिल्ला प्रहरीलाई दिएका हुन्छौं। अब दशैं तिहारको सुरक्षा योजना लागू गछौं’ उनले भने।

ताजा समाचार

सामाजसेवी कुमाल र आरोग्य मेडिकेयरका डाक्टर चौधरीको सहयोगमा दोधाराको बाढी ग्रस्त बस्तीमा निशुल्क स्वास्थ्य शिविर

दोधारा । झण्डै तिन सय बढी घर प्रभावित विस्थापित हुने गरी दोधारा चाँदनी नगरपालिकामा आएको भीषण बाढीपछि बिरामीको संख्या बढ्न थालेको छ । दोधारा...

जनताको डाक्टर : डाक्टर चौधरी दोधारा चाँदनीको बाढी पिडितहरुका सेवामा (भिडियो सहित)

दोधारा । डाक्टर गगन चौधरीको पहलमा बाढीबाट प्रभावित भएका दोधारा चाँदनीका बाढी पिडित जनताका लागि नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरेका छन् । आरोग्य मेडिकेयर...

बाढी पीडितको समस्या चाडै समाधान हुन्छ : प्रधानमन्त्री देउवा

पप्पु गुरुङ्ग, दोधारा । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले पीडितहरुको...

दोधारा चाँदनीको बाढी ग्रस्त बस्ती यस्तो देखियो …..(फोटो फिचर)

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अधिकांश बस्तीमा महाकाली र जगबुडा नदीमा आएको बाढीले लाखौंको धनमाल तहस नहस बनाएको छ् । दोधारा...