ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ कार्तिक ७, आईतवार
गृहपृष्ठ मुख्य समाचार कञ्चनपुर क्षेत्र नं. ३ बाट नेता भट्टको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

कञ्चनपुर क्षेत्र नं. ३ बाट नेता भट्टको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

महेद्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि कञ्चनपुर क्षेत्र नं. ३ बाट नेता तथा समाजसेवी निरञ्जन प्रसाद भट्टले महाधिवेशन प्रतिनिधिकालागि उम्मेद्वारी घोषणा गरेका छन् । भीमदत्त नगरपालिका–१५ बाट सर्वसम्मत क्षेत्रिय प्रतिनिधि चयन भएका नेता भट्ट जिल्लाबाट महाधिवेशन प्रतिनिधिको दौडमा छन् ।

जनतामाझ सालीन छवि बनाएका भट्ट सुदूर पश्चिममै एक परिचीत निमार्ण व्यवसायी हुन् । लगातार तीन दशक देखि राजनीति र समाजसेवामा तल्लिन भट्ट नेपाली कांग्रेसमा गुट उपकुटका चर्को विरोधी हुन् ।

निर्माण व्यवसायी संघ सुदूर पश्चिमका पुर्व महासचिव र कञ्चनपुर निर्माण व्यवसायी संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष भट्ट उदयदेव सहकारी संस्थाका पुर्व कोषाध्यक्ष समेत रहेका थिए । नेता भट्ट शिक्षा क्षेत्रमा समेत अग्रणी भूमिका राख्दै आएका छन्। उनी निङ्गलाशौनी माध्यमिक विद्यालय गोबरैयाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् ।

जिल्लामा समाज सेवा र निमार्ण व्यवसायमा दख्खल राख्ने भट्ट पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका छन् । केन्द्रमा राम्रो नेतृत्व चयनका लागि आफु नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधि जान लागेको उनले बताए । ‘पार्टी भित्रका गुट उपगुटहरुलाई परास्त गर्नका लागि केन्द्रमा राम्रो नेतृत्व चयन आवश्यक छ । यसका लागि कञ्चनपुरको क्षेत्र नं. ३ बाट म महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार हुँ ।’

राजनीतिमा अगाडी बढ्दै गर्दा क्षेत्र नं. ३ का नेता तथा कांग्रेस कार्यक्रता साथीहरुबाट आफुले साथ र सहयोग पाउने उनले आशा व्यक्त गरे ।

ताजा समाचार

सामाजसेवी कुमाल र आरोग्य मेडिकेयरका डाक्टर चौधरीको सहयोगमा दोधाराको बाढी ग्रस्त बस्तीमा निशुल्क स्वास्थ्य शिविर

दोधारा । झण्डै तिन सय बढी घर प्रभावित विस्थापित हुने गरी दोधारा चाँदनी नगरपालिकामा आएको भीषण बाढीपछि बिरामीको संख्या बढ्न थालेको छ । दोधारा...

जनताको डाक्टर : डाक्टर चौधरी दोधारा चाँदनीको बाढी पिडितहरुका सेवामा (भिडियो सहित)

दोधारा । डाक्टर गगन चौधरीको पहलमा बाढीबाट प्रभावित भएका दोधारा चाँदनीका बाढी पिडित जनताका लागि नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरेका छन् । आरोग्य मेडिकेयर...

बाढी पीडितको समस्या चाडै समाधान हुन्छ : प्रधानमन्त्री देउवा

पप्पु गुरुङ्ग, दोधारा । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले पीडितहरुको...

दोधारा चाँदनीको बाढी ग्रस्त बस्ती यस्तो देखियो …..(फोटो फिचर)

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अधिकांश बस्तीमा महाकाली र जगबुडा नदीमा आएको बाढीले लाखौंको धनमाल तहस नहस बनाएको छ् । दोधारा...