ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ कार्तिक ७, आईतवार
गृहपृष्ठ राजनीति नेता घिमिरेको कांग्रेस कञ्चनपुर जिल्ला सदस्य पदमा दाबी

नेता घिमिरेको कांग्रेस कञ्चनपुर जिल्ला सदस्य पदमा दाबी

दोधारा । नेपाल बिद्यार्थी सघबाट आफ्नो राजनितिक जिवन सुरु गरेका नेता गोपाल सिंह घिमिरे नेपाली काग्रेंस कञ्चनपुर जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन । नेपाली काग्रेंसको आसन्न १४ औं महाधिवेशन कञ्चनपुरको जिल्ला सदस्य पदमा नेता घिमिरेले उम्मेदवारी घोषणा गरेका हुन् । उनले २०४८ सालमा नेपाली काग्रेंसको क्रियाशिल सदस्य पाएका थिए । बिद्यालय जिवनको इकाई सभापति बाट आफ्नो राजनीतिक यात्रा तय गरेका नेता गोपाल सिंह घिमिरेले २०३९ सालमा भानु माध्यमिक बिद्यालय नेबि संघ इकाई संस्थापक सभापती हुन् । बिद्यार्थी राजनीतिमा विभिन्न आरोह अवरोह तथा संघर्ष गर्दै आएका पुर्व बिद्यार्थी नेता घिमिरे आसन्न महाधिवेशन मार्फत पार्टीको राजनीतिमा आफुलाई स्थापित गर्ने संकल्प सहित जिल्ला सदस्य पदको तयारीमा जुटेका छन् । घिमिरेले आफ्नो उम्मेदवारीले समग्र काग्रेंसको प्रतिनिधित्व रहने र आफुले निर्वाचित भए संगै समग्र क्षेत्रको बिकास, समृद्धि र जिम्मेवार काग्रेंस बनाउन आफ्नो योगदान रहने बताउदै सम्पुर्ण काग्रेंसका कार्यकर्ताहरुलाई आफुलाई सहयोग गर्न आग्रह गरेका छन् । नेपाली काग्रेंस दोधारा गाँउ कार्यसमितिमा २ अबधी कोषाध्यक्ष पदमा रहेर कार्य गरेका २०४९ सालमा दोधारा गाबिस वडा नं. ६ का निर्वाचित वडाध्यक्ष पदमा रहेर काम गरिसकेका नेता घिमिरे काग्रेंसको क्षेत्रिय प्रतिनिधी हुदै बन बाताबरण तथा बिपद् ब्यवस्थापन समितिका केन्द्रिय सदस्य पदमा रहदै आएका छन् । बिभिन्न संघ–सस्था, सहकारी संस्था लगाएत सामाजिक कार्यमा सरिक रहदै आएका नेता गोपाल सिंह घिमिरे पार्टी पंक्तीमा सरल मिजासका सज्जन नेता मानिन्छ् । कांग्रेस भित्र रहेका गुटउपगुट अन्त्य गर्दै कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढ्ने योजना सहित आफुले जिल्ला कार्य समिति सदस्य जस्तो जिम्मेवारी तथा गरिमामय पद उम्मेदवारी दिएको उनले बताएका छन् ।

ताजा समाचार

सामाजसेवी कुमाल र आरोग्य मेडिकेयरका डाक्टर चौधरीको सहयोगमा दोधाराको बाढी ग्रस्त बस्तीमा निशुल्क स्वास्थ्य शिविर

दोधारा । झण्डै तिन सय बढी घर प्रभावित विस्थापित हुने गरी दोधारा चाँदनी नगरपालिकामा आएको भीषण बाढीपछि बिरामीको संख्या बढ्न थालेको छ । दोधारा...

जनताको डाक्टर : डाक्टर चौधरी दोधारा चाँदनीको बाढी पिडितहरुका सेवामा (भिडियो सहित)

दोधारा । डाक्टर गगन चौधरीको पहलमा बाढीबाट प्रभावित भएका दोधारा चाँदनीका बाढी पिडित जनताका लागि नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरेका छन् । आरोग्य मेडिकेयर...

बाढी पीडितको समस्या चाडै समाधान हुन्छ : प्रधानमन्त्री देउवा

पप्पु गुरुङ्ग, दोधारा । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले पीडितहरुको...

दोधारा चाँदनीको बाढी ग्रस्त बस्ती यस्तो देखियो …..(फोटो फिचर)

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अधिकांश बस्तीमा महाकाली र जगबुडा नदीमा आएको बाढीले लाखौंको धनमाल तहस नहस बनाएको छ् । दोधारा...