ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ कार्तिक ७, आईतवार
गृहपृष्ठ अर्थ राष्ट्रिय वाणिज्य बैंकले पनि क्रेडिट कार्ड सेवा सुरु

राष्ट्रिय वाणिज्य बैंकले पनि क्रेडिट कार्ड सेवा सुरु

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पनि क्रेडिट कार्ड सेवा सुरु गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एसियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई क्रेडिट कार्ड हस्तान्तरण गरी सेवा मंगलबार सुरु गरेका हुन्।

उनले ग्राहकको चाहनाअनुसार नयाँ–नयाँ बैंकिङ प्रोडक्टको अनुसन्धान गर्नुपर्ने भन्दै यो सेवाले ग्राहकलाई आर्थिक कारोबार गर्न सहज हुने बैंकको विश्वास रहेको बताए।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कार्डको शुभारम्भपछि बैंकिङ सेवा पूर्णतया डिजिटल बनाउनेतर्फ बैंक अगाडि बढेको बताए। उनका अनुसार नेपाल, भारत र भूटानमा प्रवाह हुँदै आएको यो सेवा अब बैंकका सबै शाखा कार्यालयबाट पनि उपयोग गर्न सकिनेछ।

उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले ग्राहकको क्षमताका आधारमा बैंकले २० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको क्रेडिट लिमिट दिन सकिने जानकारी दिए। उनका अनुसार क्रेडिट कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी, अनलाइन सपिङ र तोकिएको सीमाभित्र रहेर नगद झिक्न सक्नेछन्। बैंकले हाल ७७ जिल्लामा २ सय ४७ शाखा, २ सय ९ एटिएम र ९८ शाखारहीत बैंकिङ सेवा दिँदै आएको छ। रासस

ताजा समाचार

सामाजसेवी कुमाल र आरोग्य मेडिकेयरका डाक्टर चौधरीको सहयोगमा दोधाराको बाढी ग्रस्त बस्तीमा निशुल्क स्वास्थ्य शिविर

दोधारा । झण्डै तिन सय बढी घर प्रभावित विस्थापित हुने गरी दोधारा चाँदनी नगरपालिकामा आएको भीषण बाढीपछि बिरामीको संख्या बढ्न थालेको छ । दोधारा...

जनताको डाक्टर : डाक्टर चौधरी दोधारा चाँदनीको बाढी पिडितहरुका सेवामा (भिडियो सहित)

दोधारा । डाक्टर गगन चौधरीको पहलमा बाढीबाट प्रभावित भएका दोधारा चाँदनीका बाढी पिडित जनताका लागि नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरेका छन् । आरोग्य मेडिकेयर...

बाढी पीडितको समस्या चाडै समाधान हुन्छ : प्रधानमन्त्री देउवा

पप्पु गुरुङ्ग, दोधारा । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले पीडितहरुको...

दोधारा चाँदनीको बाढी ग्रस्त बस्ती यस्तो देखियो …..(फोटो फिचर)

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अधिकांश बस्तीमा महाकाली र जगबुडा नदीमा आएको बाढीले लाखौंको धनमाल तहस नहस बनाएको छ् । दोधारा...