ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ आश्विन १०, आईतवार
गृहपृष्ठ मुख्य समाचार दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रको अनुगमन : बर्षेनी बाढीको समस्याले किसानहरु हैरान

दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रको अनुगमन : बर्षेनी बाढीको समस्याले किसानहरु हैरान

दोधारा । दोधारा चाँदनी नगरपालिका–१० का किसानहरुका खेती बर्षेनी बाढीले नष्ट गर्न थालेपछि चिन्तीत हुदै आएका छन् । महाकाली नदी र जगबुडा नदीको पानी खेतवारीमा पस्दा बालुवा, माटो जम्मा भएर लगाएको अन्नवाली पुरिदिएर खेती बर्षेनी नष्ट गर्न थालेपछि स्थानिय किसानहरु चिन्तीत हुदै आएका छन् । कुतियाकवर झोलुङ्गे पुल नजिक रहेको झण्डै ५०/६० बिघाह भन्दा बढी जग्गामा बाढी पसेर खेतवारीमा बालुवा, माटो थुप्रो लाग्दा लगाएको खेती नष्ट गर्दै आएपछि स्थानियहरुले नेपाल सरकार संग बाढीको समस्या हल गरिदिन माँग राख्दै आएका छन् । स्थानिय मोतीराम सुनारले आफ्नो खेतवारीमा २३ कट्टा जग्गामा ३५ कुन्टल लगाएको बेसार बाढीको कारण सबै नष्ट भएको बताएका छन् । ‘नदीमा आएको बाढी खेतवारीमा पसेपछि मैलै २३ कट्टा जग्गामा ३५ कुन्टल बेसार लगाएको स्थान मरुभुमी भएको छ्’ स्थानिय मोतीराम सुनारले दुखेशो पोखे । महाकाली नदीमा पानीको बहाव तिब्र भएपछि जगबुडा नदीमा बाहव महाकाली नदीमा ठोक्कीएपछि नदीको भंगालो बैतिफाँटा र सुर्खेती टोल लगाएत बस्तीहरुमा पस्ने गर्छ् । नदीको भंगालो बस्तीमा पस्दा लगाएको खेती संग थुप्रै घरहरु डुवानमा पर्ने गरेको छ् । यस्तै अर्का स्थाीनय टेक बहादुर सुनारले १२ कट्टा जग्गामा लगाएको बेसार पनि बाढीले बगाएर लगेको छ् ।

गत भदौ महिनामा आएको बाढीले उनको पनि बेसार खेती बाढीले बगाएपछि उनि लगाएत थुप्रै स्थानिय किसानहरु चिन्तीत बन्दै आएका छन् । बैतिफाँटामा रहेको झण्डै ५०/६० बिघाह मध्य २० बिघाह जतीमा लगाएको धान, उखु, बेसार मकै खेती बाढीले नष्ट गरेको स्थानिय टेक बहादुर सुनारले बताएका छन् । बाढीले खेतवारीमा बालुवा थुपारेपछि लगाएको धान, उखु, बेसार मकै खेती पुर्णरुपमा पुरिएर नष्ट भएको छ् । किसानहरुको खेती बालुवाले पुरिदिएपछि किसानहरुमा के खाने भन्ने चिन्ताले सताउदै आएको स्थानियहरुले बताएका छन् । जगबुडा नदी महाकाली नदीमा ठोक्कीदा नदीको पानी ओझरफ्लो भएपछि नदी बस्तीमा पस्ने गरेको कारण दोधारा चाँदनी नगरपालिका–१० का तटिय क्षेत्रमा बसोबास गर्ने बस्तीहरु डुवानमा पर्दै गएको स्थानियबासी बताउछन् । बिगत लामो समय देखि बाढीकै कारण स्थानियहरु पिडित रहदै आएपनि नेपाल सरकारले यो समस्याको हल नगरेको गुनासो स्थानियहरुमा छ् । स्थानियबासी मोहन सुनारका अनुसार नेपाल सरकारले दिर्घकालिनरुपमा नदी नियन्त्रणमा ध्यान नदिदा वर्षायाममा स्थानियहरुले ठुलो समस्या खेप्नु पर्ने भएको बताएका छन् । नदी नियन्त्रणको लागी बारम्बार नेता तथा मन्त्रीहरुलाई समेत गुर्हादा कसैबाट सुनावाई नगरेको मोहन सुनारले बताए । स्थानिय सरकार देखि प्रदेश सरकार हुदै संघिय सरकार सम्म गुहार लगाउदा कसैबाट बाढीको समस्या हल नगरिदिएको मोहन सुनारको भनाई रहेको छ् ।

निर्वाचनको बेलामा मात्र ठुलै आश्वासन दिदै आएका दोधारा चाँदनी–१० का बैतिफाँटा, कुतियाकवर, शान्ती टोल, सुर्खेती टोल, अठार नम्वर पिल्लर बस्ती लगाएत टोलका स्थानियहरुको आधारभुत समस्या हल नभएको उनिहरुको भनाई रहेको छ् । बाढीको समस्यालाई लिएर आजै नेकपा (माओबादी केन्द्र) का एक टोलीले दोधारा चाँदनी–१० को कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल क्षेत्रमा बाढीले गरेको क्षतीको अनुगमन गरेको छ् । टोलीमा नेकपा (माओबादी केन्द्र) दोधारा चाँदनीका सचिव भिम कुमाल, नेकपा (माओबादी केन्द्र) कञ्चनपुर जिल्ला कमिटि सदस्य भक्त बहादुर सुनार, नेकपा (माओबादी केन्द्र) कञ्चनपुरका सल्लाहकार धनलाल दमाई रहेका छन् । टोलीले बाढीले गर्दै आएको क्षतीको बारेमा स्थाीनयहरु संग छलफल समेत गरेको छन् । नेकपा (माओबादी केन्द्र) दोधारा चाँदनीका सचिव भिम कुमालको नेतृत्वमा गएको टोलीले दोधारा चाँदनी नगरपालिका वडा नं. १० स्थित रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टमा बाढीले क्षतीको बारेमा समेत निरिक्षण गरेका छन् । बाढी सशस्त्र प्रहरीको पोष्टमा पसेपछि सशस्त्र प्रहरीहरु नजिक रहेको हरिओंम आधारभुत बिद्यालयको शरणमा बस्दै आएको छ् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट कुतियकवरका प्रहरी निरिक्षक दान सिंह बिष्ट संग टोलीले पोष्टको अवस्थाको बारेमा जानकारी लिएको छन् । बाढीको अवस्था बुझ्न नेकपा (माओबादी केन्द्र) दोधारा चाँदनीका सचिव भिम कुमालको नेतृत्वमा गएको टोलीले दोधारा चाँदनी–१० को कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल क्षेत्रमा बाढीले गरेको क्षतीको बारेमा प्रदेश सरकार तथा मुख्यमन्त्री कार्यालयमा बाढीको समस्या हल गरिदिन लागी दबाब दिने कार्यक्रम रहेको बताईएको छ् । ‘दोधारा चाँदनी–१० को कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल क्षेत्रमा बाढीले गर्दै आएको पिडाको बारेमा हामी सम्बन्धीत निकायमा जानकारी तथा दबाब दिने कार्यक्रम अनुसार अनुगमन गरेका हौं’ नेकपा (माओबादी केन्द्र) दोधारा चाँदनीका सचिव भिम कुमालले भने ।

ताजा समाचार

कांग्रेस नगर अधिवेशनः भीमदत्तमा कस्ले मार्ला बाजी ? यस्तो छ, समिकरण !

महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गगत भोली (शनिवार) नगर/गाँउ अधिवेशन हुन गइरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नगर सभापति लयागतको कार्य समितिका...

कञ्चनपुरमा कुपोषित बालबालिकाको तथ्यांक संकलनः दुई महिनामा ६ सयमा भेट्टियो कुपोषण

ऐश्वर्या कुवँर । कञ्चनपुरमा कुपोषण बालबालिकाको सख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ ।स्वास्थ्य कार्यालय कञ्चनपुरले गरेको सर्वेक्षणमा साउँन र भाद्र महिनामा ६ सय दुई जना बालबालिकाहरु...

कञ्चनपुरमा कुपोषित बालबालिकाको खोजि द्रुत गतिमा अगाडि बढ्दै

ऐश्वर्या कुवँर महेन्द्रनगर ।कञ्चनपुरमा कुपोषण बालबालिकाको सख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ ।स्वास्थ्य कार्यालय कञ्चनपुरले गरेको सर्वेक्षणमा साउँन र भाद्र महिनामा ६ सय दुई जना...

कोरोनाका कारण सवारी साधनको लिलाम खुल्न नसकेको कञ्चनपुर भन्सार कार्यालयको दाबी

ऐश्वर्या कुवँर महेन्द्रनगर । कञ्चनपुमा चोरी पैठारी लगायतका विभिन्न मुद्धाहरुमा पक्राउ परेका सवारी साधनको (मोटरसाइकल÷जीप,कार) लिलाम प्रक्रिया अगाडी बढ्न सकेको छैन् । उक्त सवारी साधनहरुको...