ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ आश्विन १०, आईतवार
गृहपृष्ठ अतिरिक्त कोरोना लकडानका कारण कञ्चनपुरका सिमान्तकृत महिला निकै मारमा

कोरोना लकडानका कारण कञ्चनपुरका सिमान्तकृत महिला निकै मारमा

ऐश्वर्या कुवँर । मानव अधिकारका लागि महिला,एकल महिला समुह कञ्चनपुरले कोभिड –१९दोक्ष्रो चरणको लकडाउनको अवधिमा सिमान्तकृत महिलाको अवस्था र पत्रकारहरुले निर्वाह गरेको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम बिहेबार सम्पन्न गरेको छ ।

नेपालमा सिमान्तकृत महिलाको आवाज र सहभागिता(पेभ परियोजना कार्यक्रम अन्तरगत मानव अधिकारका लागि महिला,एकल महिला कञ्चनपुरले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।

उक्त कार्यक्रममा बोल्दै सहभागि तथा सरोकार पक्षले कोरोना महामारीका बेला कञ्चनपुरका सिमान्तकृत महिला चरम मारमा परेको बताएका छन् ।मानव अधिकारका लागि महिला,एकल महिला समुह कञ्चनपुरकी सचिव रमा उपाध्याले पहिलो समस्या आर्थीक स्थिति कमजोर अर्कोतिर कोरोना महामारी का कारण जिवन धान्न निकै समस्या झेल्नु परेको बताईन ।

‘महामारीका बेला सिमान्तकृत महिला अथवा एकल महिला सबैभन्दा बढि मारमा परेको उनको भनाई रहेको छ,पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधब धामीले हिन्सामुक्त समाज निर्माण गर्ने र सिमान्तकृत महिलाका आवाज बुलन्द गर्ने पत्रकार महासंघ सधै तत्वर रहने बताए ।

मानव अधिकारका लागि महिला,एकल महिला समुहका कार्यक्रम संयोजक बिर बहादुर नेपालिले कार्यपत्र प्रस्तुत गर्दै कोरोना भाईरस न्युनिकरणरका लागि गरिएको लकडाउनको समयमा सबैभन्दा बढि सिमान्तकृत महिला निकै मारमा परेको बताए ।

उनले कञ्चनपुरमा अझैपनि महिला माथि हुने यौनजन्य हिंसा सामाजमा यथावत रहेको र महिला हिंसा रोकथामका लागि महिला नेतृत्वको विकास,एव उद्ममशिलता अनुदानका कार्यक्रम संचालन गरिने नेपालीले बताए ।मानब अधिकारका लागि महिला,एकल महिला समुहकी अध्यक्ष जानकी जोशील विभिन्न समस्यामा परेका सिमान्तकृत महिलाको बृद्वि विकास,आत्मनिर्भरका लागि सरोकार वाला निकायले योजना ल्याउनुपर्नेमा जोडदिईन ।

ताजा समाचार

कांग्रेस नगर अधिवेशनः भीमदत्तमा कस्ले मार्ला बाजी ? यस्तो छ, समिकरण !

महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गगत भोली (शनिवार) नगर/गाँउ अधिवेशन हुन गइरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नगर सभापति लयागतको कार्य समितिका...

कञ्चनपुरमा कुपोषित बालबालिकाको तथ्यांक संकलनः दुई महिनामा ६ सयमा भेट्टियो कुपोषण

ऐश्वर्या कुवँर । कञ्चनपुरमा कुपोषण बालबालिकाको सख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ ।स्वास्थ्य कार्यालय कञ्चनपुरले गरेको सर्वेक्षणमा साउँन र भाद्र महिनामा ६ सय दुई जना बालबालिकाहरु...

कञ्चनपुरमा कुपोषित बालबालिकाको खोजि द्रुत गतिमा अगाडि बढ्दै

ऐश्वर्या कुवँर महेन्द्रनगर ।कञ्चनपुरमा कुपोषण बालबालिकाको सख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ ।स्वास्थ्य कार्यालय कञ्चनपुरले गरेको सर्वेक्षणमा साउँन र भाद्र महिनामा ६ सय दुई जना...

कोरोनाका कारण सवारी साधनको लिलाम खुल्न नसकेको कञ्चनपुर भन्सार कार्यालयको दाबी

ऐश्वर्या कुवँर महेन्द्रनगर । कञ्चनपुमा चोरी पैठारी लगायतका विभिन्न मुद्धाहरुमा पक्राउ परेका सवारी साधनको (मोटरसाइकल÷जीप,कार) लिलाम प्रक्रिया अगाडी बढ्न सकेको छैन् । उक्त सवारी साधनहरुको...