ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ श्रावण १०, आईतवार
गृहपृष्ठ राष्ट्रिय दुर्घटना न्युनिकरण गर्न दोधारा चाँदनीमा प्रहरीको सवारी चेक जाँच

दुर्घटना न्युनिकरण गर्न दोधारा चाँदनीमा प्रहरीको सवारी चेक जाँच

पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकाका सडक दुर्घटना न्युनिकरणका लागि प्रहरीले चेक जाँचमा कडाइ गरेको छ् । नगरपालिकाका मुल सडक खण्डमा नियमित सवारी साधान चेक जाँच बढाईएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । सडकहरुमा बिना हेल्मेट, बिना कागजात सवारी साधन चलाउने चालकहरुलाई पहिलो पटक सम्झाई बुझाई गर्ने, नमाने आवश्यक कारवाही गर्ने अभियान सुरु गरेको प्रहरीले जनाएको छ् । जसले गर्दा सडक दुर्घटनामा कमी आउनुको साथै राजस्व संकलनमा समेत बृद्धि हुने भन्दै ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीले बताए । ‘हामीले नियमित सवारी साधान चेक जाँच नियमित बनाएका छौं’ प्रहरी निरिक्षक गिरीले भने । दोधारा चाँदनी नगरपालिकाको बिशेष गरि मुल सडक खण्ड तथा शाखा सडकहरुमा ट्राफिक प्रहरीले सवारी साधन तथा चालकमा निगरानी बढाउदै आएको छ् । चेकजाँचले नगर क्षेत्रमा सडक दुर्घटनामा कमी ल्याउनुको साथ–साथै राजस्व संकलनमा समेत सहयोग गर्ने प्रहरीको विश्वास रहेको छ् । त्यसै गरि पछिल्लो समयमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा प्रहरी निरिक्षक भरत राज गिरीको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा आगमन पछि ट्राफिक व्यवस्थापन राम्रो भईरहेको स्थानीयको भनाई रहेको छ् । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने, बिना ईजाजत र दर्ता बिनाका सवारी साधन चलाउने माथी कडा चेक जाँच सुरु गरिएको ट्राफिक प्रहरी खेमराज भट्टले बताएका छन् । ‘लाईसेन्स र ब्लूबुक नभएको, हेल्मेट प्रयोग नगरेको, तीव्र गतिमा सवारी हाक्ने, क्षमता भन्दा वढी यात्रु राखी सवारी चलाउने लगाएतका सवारी चालकलाई पहिलो पटक सम्झाई बुझाई गर्ने नमाने ट्राफिक नियम अनुसार कारबाही गरेका छौं’ ट्राफिक प्रहरी खेमराज भट्टले भने । नगर क्षेत्रमा बढ्दो सहरीकरण तथा सवारी साधनको बढ्दो चापले दुर्घटनाको जोखिम बढ्दै गएकोले समयमा हुन सक्ने सम्भावित दुर्घटना रोक्नका लागि सबै सचेत बन्न ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले अनुरोध गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ४ महाकाली झोलुङ्गे पुल नजिक, वडा नं. ५ र ६ हेल्थपोष्ट बजार नजिक तथा वडा नं. ७ को बाबाथान बजार नजिक क्षेत्रमा प्रहरीले मोटर साईकल, टेम्पो, म्याजिक लगाएत स्थानमा मोवाईल चेक सवारी साधनमा जाँच बढाउदै आएको प्रहरीको भनाई छ् ।

 

ताजा समाचार

च्यात्तिएको त्रिपाल मुनीको बादी

‘पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जिवन निर्वाह गर्ने, नाच गाना गरि गुजारा चलाउने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनीहरुको...

कञ्चनपुरमा बेवारिसे शवको फेला

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ स्थित बैजनाथ मध्यवर्ती सामुदायिक वनमा सडे गलेको अवस्थामा बिहीबार साँझ फेला परेको बेवारिसे शवको अझै सनाखत हुन...

सुदूरपश्चीम प्रदेशमा साउनदेखी नै बजेट कार्यान्वयन गर्न निर्देशन

कञ्चनपुर । सुदूरपश्चीम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आर्थिक बर्ष २०७८/०८९ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मातहता निकायलाई निर्देशन दिएका छन् ।...

५३ वर्षपछि ओलम्पिकमा नेपाललाई पदक

 काठमाडौँ । ३२ औँ गृष्मकालीन ओलम्पिक शुक्रबारबाट जापानको टोकियोमा शुरू भएको छ। सन् २०२० मै हुनुपर्ने टोकियो ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि...