ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ श्रावण १०, आईतवार
गृहपृष्ठ राजनीति सुदूरपश्चिमका एमाले सांसद कसको समुहमा कति ?

सुदूरपश्चिमका एमाले सांसद कसको समुहमा कति ?

कैलाली । प्रतिनिधिसभामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने एमालेका १६ सांसद थिए। प्रत्यक्षतर्फ ११ र समानुपातिकमा ५ गरी १६ जनाले प्रतिनिधिसभमा सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै आएका थिए।

अछामबाट निर्वाचित एमाले उपाध्यक्षले सांसद पदबाट राजीनामा दिएपछि त्यो संख्या घटेर १५ भएको छ। १५ जनामध्ये ओली पक्षमा ९ जना र माधव नेपाल पक्षमा ६ जना खुलेका छन्।

यसअघि ओली पक्षमा रहेका दुई जना सासंदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिदै माधव पक्ष रोजेका छन्।

डोटीका प्रेम आले, कैलालीका झपट रावल र कञ्चनपुरका दीपक प्रकाश भट्ट नेपाल पक्षमा छन्। आइतबार रावल र भट्टले भने एमाले जगाउने भन्दै देउवालाई विश्वासको मत दिएनन्। तर उनीहरुले नेपाल पक्षमै रहेको बताएका छन्। समानुपातिकमा कैलालीकी लक्ष्मी चौधरी, र डडेल्धुराकी निरादेवी जैरु पनि नेपाल पक्षमा छन्। विगतमा ओली पक्षमा रहेकी कञ्चनपुरकी विना बुढाथोकीले पनि देउवालाई विश्वासको मत दिएर नेपाल पक्ष रोजेकी छन्।

कैलालीबाट निर्वाचित नारदमुनि राना, बझाङका भैरवबहादुर सिंह, कञ्चनपुरका नरबहादुर धामी, बाजुराका लालबहादुर थापा, बैतडीका दामोदर भण्डारी, दार्चुलाका गणेश ठगुन्ना र अछामका यज्ञ बोगटी ओली पक्षमा छन्। यस्तै समानुपातिक तर्फका कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विक मात्रै ओली पक्षमा देखिएका छन्।

ताजा समाचार

च्यात्तिएको त्रिपाल मुनीको बादी

‘पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जिवन निर्वाह गर्ने, नाच गाना गरि गुजारा चलाउने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनीहरुको...

कञ्चनपुरमा बेवारिसे शवको फेला

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ स्थित बैजनाथ मध्यवर्ती सामुदायिक वनमा सडे गलेको अवस्थामा बिहीबार साँझ फेला परेको बेवारिसे शवको अझै सनाखत हुन...

सुदूरपश्चीम प्रदेशमा साउनदेखी नै बजेट कार्यान्वयन गर्न निर्देशन

कञ्चनपुर । सुदूरपश्चीम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आर्थिक बर्ष २०७८/०८९ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मातहता निकायलाई निर्देशन दिएका छन् ।...

५३ वर्षपछि ओलम्पिकमा नेपाललाई पदक

 काठमाडौँ । ३२ औँ गृष्मकालीन ओलम्पिक शुक्रबारबाट जापानको टोकियोमा शुरू भएको छ। सन् २०२० मै हुनुपर्ने टोकियो ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि...