ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ श्रावण १०, आईतवार
गृहपृष्ठ अपराध रिपोर्ट एक वडाध्यक्ष खैरो हेरोइनसहित पक्राउ

एक वडाध्यक्ष खैरो हेरोइनसहित पक्राउ

पर्सा । पर्साको पकहाँ मैनपुर गाउँपालिकाका– १ धोरेका वडाध्यक्षसहित ३ जना खैरो हेरोइनसहित पक्राउ परेका छन् । प्रहरीले ७९ ग्राम खैरो हेरोइनसहित पकहाँ मैनपुर गाउँपालिका– १ का वडाध्यक्ष अमिरिका सहनी पक्राउ गरेको हो।

वडाध्यक्ष सहनी चढेको ना. १ ब। ३५९५ नम्बरको सरकारी मोटरसाइकल वीरगञ्ज महानगरपालिका– १९ मा आइतबार राति चेकजाँच गर्दा खैरो हेरोइन बरामद भएपछि उनलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

उनको मोटरसाइकलमा पछाडि सवार ५२ वर्षीय रामआदेश सहनी र पछाडि आएका ना ६२ प १९४२ नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका १ कै ४० वर्षीय बलिष्टर सहनीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका वडाध्यक्षसहित तीनैजनामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । वडाध्यक्षसँग पक्राउ परेका सहनीद्वयको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको बताइएको छ ।

ताजा समाचार

च्यात्तिएको त्रिपाल मुनीको बादी

‘पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जिवन निर्वाह गर्ने, नाच गाना गरि गुजारा चलाउने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनीहरुको...

कञ्चनपुरमा बेवारिसे शवको फेला

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ स्थित बैजनाथ मध्यवर्ती सामुदायिक वनमा सडे गलेको अवस्थामा बिहीबार साँझ फेला परेको बेवारिसे शवको अझै सनाखत हुन...

सुदूरपश्चीम प्रदेशमा साउनदेखी नै बजेट कार्यान्वयन गर्न निर्देशन

कञ्चनपुर । सुदूरपश्चीम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आर्थिक बर्ष २०७८/०८९ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मातहता निकायलाई निर्देशन दिएका छन् ।...

५३ वर्षपछि ओलम्पिकमा नेपाललाई पदक

 काठमाडौँ । ३२ औँ गृष्मकालीन ओलम्पिक शुक्रबारबाट जापानको टोकियोमा शुरू भएको छ। सन् २०२० मै हुनुपर्ने टोकियो ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि...