ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ श्रावण १०, आईतवार
गृहपृष्ठ राजनीति एमाले सांसद प्रतिनिधिसभामा देउवालाई विश्वासको मत दिन तयार

एमाले सांसद प्रतिनिधिसभामा देउवालाई विश्वासको मत दिन तयार

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रतिनिधिसभामा विश्वासको मत लिने तयारीमा छन्। उनलाई काँग्रेसका ६१, माओवादी केन्द्रका ४९, जनता समाजवादी पार्टीका १७ र जनमोर्चाका एक जना सासंदले विश्वासको मत दिने निश्चित जस्तै छ।

देउवालाई विश्वासको मतका लागि कम्तिमा पनि एमालेका ८ जना सांसदको मत आवश्यक छ। सर्वोच्च अदालत गएका एमालेका २३ सासंदमध्ये कतिले देउवालाई मत दिन्छन् भन्ने अझै टुंगो लाग्न सकेको छैन्। तर एमालेमा माधवकुमार नेपाल पक्षका सासंद विरोध खतिवडाले कु्राकानी गर्दै अदालत पुगेका २३ र अन्य गरी ४० बढिले देउवालाई विश्वासको मत दिने दाबी गरेका छन्। ‘एमालेका ४० जना सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन्छन्,’ उनले भने।

तर माधव समूहमा रहेका केही सांसदले विश्वासको मत दिने–नदिने विषयमा अझै स्पष्ट पारेका छैनन्। माधव समूहमा रहेका भीम आचार्य र गोकर्ण विष्टलगायतका नेताले एमाले मिल्न लाग्यो भनेर हतारमा विश्वासको मत लिन खोजिएको भन्दै आक्रोस पोखेका छन्।

माधव नेपाल पक्षबाट रहेका एमाले उपाध्यक्ष भीम रावल पनि अझै विश्वासको मत दिने–नदिनेबारे टुंगो नलागेको बताउँछन्। उनले अहिले पनि छलफल जारी रहेको बताए।

यता माधव नेपालसहित सांसदहरू झपट रावल, दीपकप्रकाश भट्ट, कृष्णलाल महर्जन र रामकुमारी झाँक्रीले देउवालाई विश्वासको मत दिने जनाएका छन्।

यस्तै जीवनराम श्रेष्ठ, विरोध खतिवडा, सरला यादव, यज्ञराज सुनुवार, निरा जैरु, पुष्पा कर्ण कायस्थ, मेटमणी चौधरी, कलिला खान, कल्याणी खड्का, मुकुन्द न्यौपाने, लक्ष्मी चौधरीलगायतले विश्वासको मत दिने लगभग पक्का देखिएको छ। असपतालमा उपचाररत एमाले नेता झलनाथ खनालले पनि देउवालाई विश्वासको मत दिन अपिल गरिसकेका छन्।

ताजा समाचार

च्यात्तिएको त्रिपाल मुनीको बादी

‘पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जिवन निर्वाह गर्ने, नाच गाना गरि गुजारा चलाउने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनीहरुको...

कञ्चनपुरमा बेवारिसे शवको फेला

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ स्थित बैजनाथ मध्यवर्ती सामुदायिक वनमा सडे गलेको अवस्थामा बिहीबार साँझ फेला परेको बेवारिसे शवको अझै सनाखत हुन...

सुदूरपश्चीम प्रदेशमा साउनदेखी नै बजेट कार्यान्वयन गर्न निर्देशन

कञ्चनपुर । सुदूरपश्चीम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आर्थिक बर्ष २०७८/०८९ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मातहता निकायलाई निर्देशन दिएका छन् ।...

५३ वर्षपछि ओलम्पिकमा नेपाललाई पदक

 काठमाडौँ । ३२ औँ गृष्मकालीन ओलम्पिक शुक्रबारबाट जापानको टोकियोमा शुरू भएको छ। सन् २०२० मै हुनुपर्ने टोकियो ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि...