ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ आश्विन १७, सोमबार
गृहपृष्ठमुख्य समाचारदोधारा चाँदनीका स्थानियहरु भन्छन् – ‘कहिले आउछ कोभिशिल्डको दोस्रो डोज’

दोधारा चाँदनीका स्थानियहरु भन्छन् – ‘कहिले आउछ कोभिशिल्डको दोस्रो डोज’

पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकामा कोभिशिल्ड खोपको पहिलो डोज लगाएको झण्डै ५ महिना बितिसकेको छ् । तर, दोस्रो डोजको अझै टुंगो छैन् । स्वास्थ्य बिभागले खोप लगाउने दिएको समयाअवधी पनि सक्कीसकेको छ् । पहिलो डोज खोप लगाएको १२ हप्ता भित्र दोस्रो खोप लगाइसक्नु पर्छ् । तर पहिलो डोज लगाएको १६ हप्ता काटिसक्दा पनि खोप नआएपछि यहाँका नागरिक कोरोना संक्रमणबाट बच्न नसकिने भन्दै चिन्ता बढेर गएको छ्् । दोधारा चाँदनी नगरपालिकामा भारतीय कम्पनीले उत्पादन गरेको कोभिशिल्ड खोपको पहिलो डोज लगाएका झण्डै २ हजार ३ सय जना दोस्रो खोपको पर्खाइमा बस्दै आएका हुन् । फागुनको पहिलो साता लगाएको पहिलो मात्राको खोप असारको अन्तीम साता भित्र लगाईसक्नु पर्ने हो । गत २०७७ सालको फागुन महिनाको २४ गते कोभिशिल्ड खोपको पहिलो डोज लगाएको झण्डै ५ महिना पुरा हुनै लाग्दा पनि दोस्रो खोप लगाउन नपाएपछि बढ्दै गएको कोरोना महामारीका बेला नागरिक त्रसित भएका छन् । दोधारा चाँदनीमा रहेका सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यकर्मी गरि ३ सय ६२ जनाले कोभिशिल्ड खोपका मात्रा पुरा गरिसकेका छन् । यस्तै २ सय ६२ जनाले चिनिया खोप भेरोसेल खोपको मात्रा पुरा गरेको दोधारा चाँदनी नगरपालिका स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जनाएका छन् । दोधारा चाँदनी नगरपालिकामा भारतीय कम्पनीले उत्पादन गरेको कोभिशिल्ड खोप र चिनिया कम्पनीले उत्पादन गरेको भेरोसेल खोपमा मात्रा पुरा गर्नेको संख्या झण्डै ६ सय ३० रहेको दोधारा चाँदनी नगरपालिका स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले बताएका छन् । कोभिशिल्डको दोस्रो डोज खोपको माँग गर्दै नागरिकलाई कोरोनाबाट बचाउन नेपाल सरकारलाई आग्रह समेत गर्दै आएका छन् । पहिलो डोज खोप लगाएको १२ हप्ता भित्र दोस्रो खोप लगाईसक्नु पर्छ तर पहिलो डोज लगाएको १६ हप्ता काटिसक्दा पनि खोप नआएपछि स्थानियहरु सरकारले स्वास्थ्य क्षेत्रमा गरेको चरम लापरवाहीको निन्दा समेत गरेका छन् । समयमै दोस्रो डोज खोप लगाउन नपाएपछि आफू असुरक्षित हुन सक्ने पहिलो कोभिशिल्ड खोप लगाएका एक शिक्षक यसवन्त खड्का बताउछन् । ‘सरकारको स्वास्थ्य क्षेत्रमा गरेको चरम लापरवाहीनै हो’ शिक्षक यसवन्त खड्का भन्छन् । संचारमाध्यममा कोरोना संक्रमणको तेस्रो लहर आउने खबर संगै स्थानियहरुमा त्रास छाएको छ् । अहिले पनि कोरोना संक्रमणको दोस्रो लहरले नगर क्षेत्रलाई अझै आक्रन्त बनाईरहेको छ् । कोभिड अस्पातलमा दैनिक जाँच गर्न आएकाहरुमा ४/५ जनामा कोरोना संक्रमण फेला पर्दै आएको छ् । समुदाय स्तरमा ज्वरो आउने, रुघाखोकी लाग्ने स्थानियहरु बेग्रल्ती रहेका छन् । उनिहरुको उचित जाँचमा दोधारा चाँदनी नगरपालिका चुकेको छ् । ‘अझै धेरै वर्ष बाँच्ने आशा त छ, तर यस्तो कोरोनाको महामारीबाट ओखती नपाएपछि कसरी बाँचिएला ?’ अर्का एक स्थानिय शिक्षक चन्द्र बिष्टले भने । शिक्षक चन्द्र बिष्ट कोरोनाको दोस्रो खोप लगाउन नपाएर निकै चिन्तीत छन् । उनले भने– ‘अहिले सम्म त खासै शरिरमा रोग छैन् । तर कोरोना लाग्यो भने बाँचिदैन भन्छन् तर यसको औषधी पनि पाइदैन रे, जेनतेन फागुनको २४ गते कोभिड अस्पताल दोधारा चाँदनीमा एउटा खोप लगाएको थिए, अर्को खोपको टुंगो नहुदा चिन्ता लागेको छ ।’ शिक्षक चन्द्र बिष्टले भने । समयमा कोभिशिल्ड खोप नआएर पहिलो डोज मात्र लगाएर आत्तिएर बसेका नागरिकलाई नआत्तिन केही स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । पहिलो खोप लगाएको ६ महिना सम्म पनि उसले बनाएको ईम्युनिटी रेस्पोन्स कायमै रहने भएकाले अर्को खोप लगाउदा शरीरमा रोग संग लड्ने प्रतिरोधात्मक क्षमता थप भएर जाने केही स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ् ।

 

ताजा समाचार