ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ श्रावण १०, आईतवार
गृहपृष्ठ राष्ट्रिय ४ किशोरीलाई माईती नेपालद्धारा गड्डाचौकीबाट उद्दार

४ किशोरीलाई माईती नेपालद्धारा गड्डाचौकीबाट उद्दार

पप्पु गुरुङ्ग, दोधारा । भारत जान हिडेका ४ किशोरीलाई माईती नेपालले गड्डाचौकी नाकाबाट उद्धार गरेको छ् । माईती नेपाल कञ्चनपुरको कञ्चनपुरको गड्डाचौकीमा रहेको सुचाना तथा परामर्श केन्द्रले घर सल्लाहबिना भारत जान हिडेका दैलेख भगवतीमाई–६ का १८ वर्षिय र १९ वर्षिय २ किशोरीलाई उद्धार गरेको माईती नेपाल कञ्चनपुका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् । हिजो अबेर साँझ उनिहरुलाई सोधपुछको क्रममा गड्डाचौकी नाकाबाट उद्धार गरिएको बताईएको छ् । घरबाट नेपाल प्रहरीमा भर्ना हिडेको र लिखित परिक्षामा नाउ नआएपछि उनिहरु घर सल्लाह नगरि भारतको लागी रोजगारीमा भारत हिडेको बताईएको छ् । उनिहरुलाई अहिले माईती नेपाल कञ्चनपुरको आवाधिक गृहमा राखिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताए । उनिहरु बेचबिखनमा पर्नसक्ने प्रवल सम्भावना रहेको हुदा उनिहरुलाई उद्धार गरिएको बताईएको छ् । चाडैनै उनिहरुको आफन्तहरुलाई जिम्मा लगाउने तयारी भईरहेको छ् । यस्तै माईती नेपाल कञ्चनपुरले हिजोनै गड्डाचौकी नाकाबाट बझाङ्ग दुर्गाथली–७ का १८ वर्षिय किशोरीलाई उद्धार गरेको जनाएको छ् ।

ताजा समाचार

च्यात्तिएको त्रिपाल मुनीको बादी

‘पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जिवन निर्वाह गर्ने, नाच गाना गरि गुजारा चलाउने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनीहरुको...

कञ्चनपुरमा बेवारिसे शवको फेला

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ स्थित बैजनाथ मध्यवर्ती सामुदायिक वनमा सडे गलेको अवस्थामा बिहीबार साँझ फेला परेको बेवारिसे शवको अझै सनाखत हुन...

सुदूरपश्चीम प्रदेशमा साउनदेखी नै बजेट कार्यान्वयन गर्न निर्देशन

कञ्चनपुर । सुदूरपश्चीम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आर्थिक बर्ष २०७८/०८९ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मातहता निकायलाई निर्देशन दिएका छन् ।...

५३ वर्षपछि ओलम्पिकमा नेपाललाई पदक

 काठमाडौँ । ३२ औँ गृष्मकालीन ओलम्पिक शुक्रबारबाट जापानको टोकियोमा शुरू भएको छ। सन् २०२० मै हुनुपर्ने टोकियो ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि...