ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ आश्विन १७, सोमबार
गृहपृष्ठमुख्य समाचारदोधारा चाँदनीमा कोरोनाको तेस्रो लहरको तयारी शुन्य

दोधारा चाँदनीमा कोरोनाको तेस्रो लहरको तयारी शुन्य

पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकामा कोरोना भाइरस संक्रमित थपिदै गएपनि हेलचेक्यार्काई अत्यधिक बढेको पाइएको छ् । दोधारा चाँदनी नगरपालिकामा कोरोना संक्रमण घट्दै गएको बताईएपनि कोभिड अस्पतालको तथ्यांकमा दिनदिनै संक्रमण थपिएदै गएको हो । दोधारा चाँदनी नगरपालिकाले कोरोनाको तेस्रो लहरको तयारी भने गरेको छैन् । कोरोनाको तेस्रो लहर सिमावर्ती भारतिय क्षेत्रमा ब्याप्त देखा पर्न लागेको भारतिय संचारमा आउदै गर्दा दोधारा चाँदनी नगरपालिकामा कोरोनाको तेस्रो लहरको तयारी भने शुन्य छ् । नगर क्षेत्रमा कोरोनाको तेस्रो लहर देखा नपरेपनि दोस्रो लहर भुसको आगो सहर देखा पर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिकामा एक सातामा ४८ जनामा गरिएको एन्टिजिन परिक्षणमा १८ जनामा कोरोना संक्रमण फेला परेको कोरोना अस्पताल दोधारा चाँदनीका सुचना अधिकृत नन्दराज भट्टले जानकारी दिएका छन् । केही दिन देखि दोधारा चाँदनीमा कोरोनाको केश थपिदै गएका सुचना अधिकृत नन्दराज भट्टको भनाई रहेको छ् । धेरैजसो होम आईसोलेशनमा रहेका छन भने ४ महिला र ३ पुरुष कोरोना अस्पताल दोधारा चाँदनीमा उपचारकै क्रममा रहेका छन् । दोधारा चाँदनी नगरपालिकामा हाल सम्म १ हजार ५ सय १६ जनामा एन्टिजिन परिक्षण गरिएको छ् । जसमध्य ४ सय १६ जनामा कोरोना संक्रमण देखा परेको हो । स्थानियहरु ज्वरो, रुघाखोकी आएपछि कोभिड अस्पतालमा कोरोना जाँच्दा दैनिक २/४ जना कोरोना संक्रमण फेला पर्दैै आएको कोभिड अस्पताल दोधारा चाँदनीले जनाएको छ् । यही अवस्थामा संक्रमण थपिदै गए हाल रहेको स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्था श्रजना हुन सक्ने आंकलन छ् । तर, कोरोना रोकथामको अचुक उपाय मानिएको भौतिक दूरी कायम, मास्क समुचित प्रयोग र सरसफाई लगाएत गर्न अधिकांश स्थानियले आनाकानी गर्दै आएका छन् । त्यस्तै, नियमनकारी निकाय सरकार र राजनीतिक दलले समेत जनस्वास्थ्य मापदण्ड पालना उल्लंघन गर्दै आएका देखिएको छ् । दोधारा चाँदनीको मुख्य बजारहरुमा भिडभाड कम हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी भेला हुन रोक लगाएपनि कार्यान्वयन भईरहेको छैन । मुख्यत : बजार, सार्वजनिक यातायातमा सवार गर्दा, बैंक तथा बित्तिय संस्था लगाएत स्थानमा भौतिक दूरी कायम हुन सकेको छैन् । मास्क र घर बाहिर निस्किदा समेत सेनिटाइजर उचित प्रयोग हुन सकेको छैन । सरकारले जनस्वास्थ्य मापदण्ड जारी गरे पनि कार्यान्वयन अहिले आएर निकै फितलो देखिएको छ् । दोधारा चाँदनी नगरपालिकामा विवाह, पार्टी जनस्वास्थ्य मापदण्ड पालना बिनै भईरहेका छन् । ‘दोधारा चाँदनी नगरपालिकाको खुला सिमा क्षेत्रमा आवागमन, भौतिक दूरी कायम नहुने, मास्क समुचित प्रयोग नहुने र सरसफाइमा ध्यान दिईएन भने जोखिम दर बढ्दै जान्छ,’ कोभिड अस्पताल दोधारा चाँदनीका डाक्टर गगन चौधरीले बताए । ‘दोधारा चाँदनीमा अहिले आएर सामाजिक दुरी कायम नहुनु, मास्क प्रयोग नगर्नु लगाएत स्वास्वास्थ्य मापदण्ड नपाउनु बढ्दो कोरोनाको प्रमुख कारण हुन्’ कोभिड अस्पताल दोधारा चाँदनीका डाक्टर गगन चौधरीले भने । दोधारा चाँदनी नगरपालिकामा स्थानिय प्रशासन/ स्थानिय सरकारले समेत मापदण्ड उल्लंघन गर्नेलाई कारबाही दायरामा ल्याउन सकेको छैन । संक्रमण जोखिम बढे पनि केही नागरिकमा डर त्रास मान्न छाडेका छन् । अहिदे आएर नगर क्षेत्रमा बिना मास्क हिड्ने गरेको समेत पाइएको छ् । घर बाहिर निस्किदा साबुन पानी नभएको बेला हातले केही छोए सेनिटाइजर उचित प्रयोग गर्ने भनिए पनि त्यसो हुन सकेको छैन । ‘अहिले पनि हामीले जनस्वास्थ्यको मापदण्ड फ्लो गरेनौं भने यो अझै बढ्ने वाला छ्’ स्वास्थ्यकर्मीहरु बताउछन् ।

ताजा समाचार