ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ आश्विन १७, सोमबार
गृहपृष्ठमुख्य समाचारबझाङका बैंकमा गुणस्तरिय नेट नहुँदा आर्थिक कारोबारमा समस्याः सेवाग्राहीलाई मर्का

बझाङका बैंकमा गुणस्तरिय नेट नहुँदा आर्थिक कारोबारमा समस्याः सेवाग्राहीलाई मर्का

शिवजी मण्डेल । बझाङ । गुणस्तरीय नेट नहुँदा थलारा गाउँपालिकामा रहेको कुमारी बैंक शाखामा समस्या भएको छ । वर्षातका कारण नेट नचल्ने तर असार मसान्तमा लाखौंको आर्थिक कारोबार गर्नुपर्ने हुँदा बैंकमा समस्या भएको हो ।

४० हजारको चेक लिन ८ दिन कुर्नु परेको र योजनाको धेरै रकम आतेजातेमा सकिएको थलारा गाउँपालिका ( १ का पदम किमाडीको गुनासो रहेको छ । उनको मात्र होइन थुप्रै योजनाका उपभोक्ता समितिलाई यस्तै समस्या रहेको छ ।

हिजो अस्ति सदरमुकाम चैनपुरमा जाँदा लाग्ने भन्दा बढी खर्च थलारामा बैंकबाट सेवा लिँदा लाग्ने गरेको सेवा ग्राहीको गुनासो रहेको छ ।

बैंकमा गुणस्तरीय नेटवर्क नभएको नेपाल टेलिकमको नेटवर्क मौसममा भरपर्ने भएकाले वर्षातका कारण घाम नलाग्दा कारोबारमा समस्या भएको कुमारी बैंक थलाराका शाखाका ओप्रेसन कुलदिप साउँदको भनाइ रहेको छ ।

उनको भनाइमा अहिले थलारा गाउँपालिकाका २ सयभन्दा बढी चेकहरू जम्मा गर्ने चाड लागेको छ । असार मसान्त भित्र ती चेकहरू जम्मा गरिसक्नुपर्ने भएकाले बैंक दिनरात नभनी लागेको छ ।

गुणस्तरीय सेवा दिने हो भने बैंकमा तत्काल राष्ट्रिय प्रसारण लाइन र भरपर्दो टेलिफोन नेटवर्क हुनु आवश्यक रहेको ओप्रेसन साउँदले बताए ।

No description available.

ताजा समाचार