ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ श्रावण १०, आईतवार
गृहपृष्ठ अन्तर्राष्ट्रिय वास्तु टिप्सः घरमा राखिएका यी ६ पुराना चिज मानिन्छन् अशुभ

वास्तु टिप्सः घरमा राखिएका यी ६ पुराना चिज मानिन्छन् अशुभ

काठमाडौं । घरमा राखिएको हरेक एउटा चिजले शुभ र अशुभ प्रभाव पार्छ । यस्ता चिजले घरको माहौल निर्धारित गर्छ । वास्तुका अनुसार घरका केही वस्तुले सकारात्मक त केहीले नकारात्मक ऊर्जा ल्याउँछ ।

सकारात्मक उर्जा भएका वस्तु राख्दा घरमा सुख–समृद्धि आउँछ भने नकारात्मक ऊर्जा भएका वस्तुले हानी मात्रै गर्छ । आउनुहोस्, यस्ता चिजबारे जानकारी लिऔं जसलाई राख्दा घरमा सधैं पैसाको अभाव हुनेगर्छ ।

पुराना पत्रिकाः

धेरैजसो घरमा पुराना पत्रिका जम्मा भएर बसेका हुन्छन् । मानिसहरु आ–आफ्नो तरिकाले यी पत्रिका प्रयोग गर्ने गर्छन् । वास्तुका अनुसार यस्ता वस्तुले घरमा समस्या निम्त्याउने गर्छन् । पुराना पत्रिकामा धुलो–माटो जम्ने गर्छ र ओसिलो ठाउँमा राख्दा किरा जन्मिने हुर्कने डर पनि रहन्छ । एक तरिकाले यसले घरमा नकारात्मक ऊर्जा पैदा गर्ने गर्छ ।

यदि तपाईंको पनि घरमा पुराना पत्रिका जम्मा गर्ने बानी छ भने छिटोभन्दा छिटो यसलाई परिवर्तन गर्नुहोस् । घरको नकारात्मक ऊर्जाले परिवारमा कलह हुन्छ, सफलतामा बाधा उत्पन्न हुन्छ र घरका सदस्यले आर्थिक हानी व्यवहोर्नुपर्ने हुन्छ । त्यसैले समय समयमा पुराना पत्रिका घरबाट बाहिर निकाल्नुपर्छ ।

बिग्रिएका, पुराना ताल्चाः

घरमा पुराना र बिग्रिसकेका ताल्चालाई राख्नु हुँदैन । वास्तुशास्त्रमा यसलाई असाध्यै अशुभ मानिन्छ । वास्तुका अनुसार राम्रो स्थितिमा भएको ताल्चा भाग्य खोल्नेको प्रतिक हुन्छ जबकी बन्द वा खराब ताल्चाले घरमा दुर्भाग्य ल्याउँछ ।

जुन ताल्चा बिग्रिएका छन् र प्रयोग गर्नु हुन्नँ, त्यसलाई तुरुन्त हटाउनुहोस् । बिग्रिएका ताल्चाले करियरमा बाधा उत्पन्न गर्ने र सफलताको मार्ग बन्द गरिदिने मान्यता छ । त्यसैले घरमा बिग्रिएका पुराना ताल्चा नराख्नुहोस् ।

पुराना–च्यात्तिएका कपडाः

वास्तुशास्त्रका अनुसार कपडाको सीधा सम्बन्ध भाग्यसँग हुन्छ । घरमा काम नलाग्ने, फाटेका, पुराना कपडाले सधैं दुभाग्य ल्याउँछ । यस्तोमा यस्ता कपडा घरबाट हटाउने वा कसैलाई बाँडिदिन नै राम्रो हुन्छ नभए तपाईंको भाग्यले तपाईंलाई साथ दिन बन्द गर्नेछ । वास्तुका अनुसार फाटेका, पुराना कपडाले करियरमा बारम्बार बाधा निम्त्याउने गर्छ ।

बन्द घडीः

घडीका सूईले जीवनलाई अघि बढ्न मद्दत गर्छ । यस्तै बन्द घडीले जिन्दगीमा बाधा बारे बताउने गर्छ । वास्तुका अनुसार घरमा बन्द घडी राख्दा भाग्य पनि रोकिने गर्छ र खराब समय चाँडै नै समाप्त हुँदैन ।

यदि तपाईंको घरमा बन्द, पुरानो घडी छ भने यसलाई तुरुन्त हटाउनुहोस् । बन्द घडीले राम्रो समय आउन नदिने र जीवनको सुख–समृद्धिमा बाधा उत्पन्न गर्ने मान्यता छ ।

खराब जुत्ता–चप्पलः

वास्तुशास्त्रमा जुत्ता चप्पलको सम्बन्ध संघर्षसँग जोडिएको हुन्छ । जीवनमा संघर्षलाई कम गर्न चाहनुहुन्छ भने जुत्ता–चप्पल राम्रो स्थितिमा राख्नुहोस् । घरमा पुराना, फाटेका वा खराब जुत्ता चप्पल राख्दा संघर्ष थप बढ्ने गर्छ । यसो गर्दा साना काम गर्न पनि अत्यधिक मिहिनेत गर्नुपर्छ ।

घरमा यदि पुराना र फाटेका जुत्ता चप्पल छन् भने यसलाई घरबाट बाहिर निकाल्नुहोस् । यस्ता जुत्ता–चप्पल शनिबार हटाउनुहोस् । यसो गर्दा शनिको अशुभ दशा कम हुन्छ । तपाईंसँग जुत्ता चप्पलको संख्या कम भएपनि त्यो सही स्थितिमा हुनुपर्छ ।

देवी देवताका पुराना मूर्ति र चित्रः

देवी देवताको मूर्ति र चित्रले एक निश्चित समयसम्म शुभ तरङ्ग सञ्चार गर्छ । त्यसपछि यसबाट नकारात्मक तरङ्ग निस्कन थाल्छ । त्यसैले पुराना मूर्ति वा चित्रलाई परिवर्तन गरिरहनुपर्छ । यसलाई बिग्रनु अघि नै जमिनमा गाडिदिनुहोस् वा पानीमा बगाइदिनुहोस् ।

देवी देवताको मूर्ति र चित्रले एक निश्चित समयसम्म शुभ तरङ्ग सञ्चार गर्छ । त्यसपछि यसबाट नकारात्मक तरङ्ग निस्कन थाल्छ । त्यसैले पुराना मूर्ति वा चित्रलाई परिवर्तन गरिरहनुपर्छ । यसलाई बिग्रनु अघि नै जमिनमा गाडिदिनुहोस् वा पानीमा बगाइदिनुहोस् । एजेन्सी

ताजा समाचार

च्यात्तिएको त्रिपाल मुनीको बादी

‘पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जिवन निर्वाह गर्ने, नाच गाना गरि गुजारा चलाउने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनीहरुको...

कञ्चनपुरमा बेवारिसे शवको फेला

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ स्थित बैजनाथ मध्यवर्ती सामुदायिक वनमा सडे गलेको अवस्थामा बिहीबार साँझ फेला परेको बेवारिसे शवको अझै सनाखत हुन...

सुदूरपश्चीम प्रदेशमा साउनदेखी नै बजेट कार्यान्वयन गर्न निर्देशन

कञ्चनपुर । सुदूरपश्चीम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आर्थिक बर्ष २०७८/०८९ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मातहता निकायलाई निर्देशन दिएका छन् ।...

५३ वर्षपछि ओलम्पिकमा नेपाललाई पदक

 काठमाडौँ । ३२ औँ गृष्मकालीन ओलम्पिक शुक्रबारबाट जापानको टोकियोमा शुरू भएको छ। सन् २०२० मै हुनुपर्ने टोकियो ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि...