ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ श्रावण १०, आईतवार
गृहपृष्ठ मुख्य समाचार दोधारा चाँदनीमा बिस्तापित सशस्त्र प्रहरी !

दोधारा चाँदनीमा बिस्तापित सशस्त्र प्रहरी !

दोधारा । दोधारा चाँदनीमा धुमधाम संग उद्धघाटन गरिएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट कुतियाकवरको अहिले आएर उठिवास भएको छ् । जगबुडा नदीमा बाढी आएर नदीको भंगालो बस्तीमा पसेपछि सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट कुतियकवरको उठिवास भएको हो । जगबुडा नदीमा पानीको बहाव तिब्र भएसंग नदीको भंगालो सशस्त्र प्रहरी पोष्टमा पसेपछि सशस्त्र प्रहरीहरुले हतियार, रासनपानी लत्ताकपडा जोगाउन हम्मेहम्मे परेको थियो । स्थानियहरुलाई ट्याक्टर सहयोग मागेर हतियार, रासनपानी लत्ताकपडालाई नजिकै रहेको बिद्यालयमा राखेर जोगाएका थिए । आजका दिन सम्म पनि सशस्त्र प्रहरीको टोली नजिकै रहेको हरिओंम आधारभुत बिद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । उनिहरुलाई खानेपानी, शौचालय, सुत्न तथा खाना पकाउनको समेत निकै समस्या रहदै आएको एक सशस्त्र प्रहरी जवानले बताएका छन् । उनिहरु बस्दै आएको पोष्टमा अझै पनि पानी सुकिनसकेको हुदा हिजो बिहान देखि सशस्त्र प्रहरीहरु पोष्टमा पसेको पानी निकासा र नदीले थुपारेको बालुवा फाल्नमा दिन बिताएका छन् । केही महिना अघि मात्रै सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट कुतियाकवरको धुमाधाम संग उद्धघाटन गरिएको हो । उद्धघाटन कार्यक्रममा कञ्चनपुर प्रमुख जिल्ला अधिकारी राम कुमार महतो, सशस्त्र प्रहरीको डिआईजी प्रबिण कुमार श्रेष्ठ, नेपाल प्रहरीका एसपी मुकुन्द मरासैनी लगाएत जनप्रतिनिधीहरुको उपस्थिती रहेका थिए । जगबुडा नदीको छेउमै सशस्त्र प्रहरी पोष्ट स्थापना गर्दा आईपर्ने समस्याको आंकलन नगरिकनै सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट कुतियाकवर स्थापना गर्दा सशस्त्र प्रहरीलाई बाढी आउदा समान बोकेर भाग्नु पर्ने अवस्था आएको एकथरी स्थानियहरुको भनाई रहेको छ् । ‘दोधारा चाँदनी नगरपालिकामा सशस्त्र प्रहरीको पोष्टहरु हावातालमा स्थापना गरिएको छ्’ स्थानियहरु भन्छन्– ‘पोष्ट स्थापना गर्न मिल्न नमिल्ने सबै पुर्वाधार जाँच नगरिकन जहाँ पोष्टको लागी जग्गा पायो, त्यही पोष्ट स्थापना गर्ने भएको कारण बाढीको बेला यो समस्या झेल्नु पर्ने भएको छ् ।’ सशस्त्र प्रहरीको कुतियवकर पोष्टमा २० जना जवान सहित सई दान सिंह बिष्टको कमाण्डमा एक टोली छ् । यस्तै दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोजमा सशस्त्र प्रहरी पोष्टमा समेत जगबुडा नदीको पानी पसेर भागाभाग भएको बताईएको छ् । कञ्चनभोजमा रहेको सशस्त्र प्रहरी पोष्टमा जगबुडा नदीबाट आएको पानीले हतियार, रासनपानी लत्ताकपडा जोगाउन निकै समस्या आएको सशस्त्र प्रहरी श्रोतले जनाएको छ् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का प्रहरी निरिक्षक कृष्ण बोहराका अनुसार कुतियकवर सशस्त्र प्रहरी पोष्टमा बाढी पसेपछि बिस्तापित भएर नजिकैको हरिओंम आधारभुत बिद्यालयमा बस्दै आएको बताएका छन् ।

ताजा समाचार

च्यात्तिएको त्रिपाल मुनीको बादी

‘पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जिवन निर्वाह गर्ने, नाच गाना गरि गुजारा चलाउने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनीहरुको...

कञ्चनपुरमा बेवारिसे शवको फेला

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ स्थित बैजनाथ मध्यवर्ती सामुदायिक वनमा सडे गलेको अवस्थामा बिहीबार साँझ फेला परेको बेवारिसे शवको अझै सनाखत हुन...

सुदूरपश्चीम प्रदेशमा साउनदेखी नै बजेट कार्यान्वयन गर्न निर्देशन

कञ्चनपुर । सुदूरपश्चीम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आर्थिक बर्ष २०७८/०८९ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मातहता निकायलाई निर्देशन दिएका छन् ।...

५३ वर्षपछि ओलम्पिकमा नेपाललाई पदक

 काठमाडौँ । ३२ औँ गृष्मकालीन ओलम्पिक शुक्रबारबाट जापानको टोकियोमा शुरू भएको छ। सन् २०२० मै हुनुपर्ने टोकियो ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि...