ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ श्रावण १०, आईतवार
गृहपृष्ठ मुख्य समाचार दोधारा चाँदनीमा बाढीको बितण्डा : सशस्त्र प्रहरी पोष्ट बिद्यालयको शरणमा

दोधारा चाँदनीमा बाढीको बितण्डा : सशस्त्र प्रहरी पोष्ट बिद्यालयको शरणमा

दोधारा । दोधारा चाँदनीमा बाढीले ताण्डव मच्चाएको छ् । जगबुडा नदीमा आएको बाढले दोधारा चाँदनी नगरपालिकाका बिभिन्न बस्ती डुवान भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ जमुनाघारी (पटरखल्ला) अबिरल वर्ष संग जगबुडा नदीमा आएको बाढले १० घरपरिवारको घर डुवानमा परेको छ् । डुवान पर्नेमा सिंगे सुनार, लाल सिह सुनार ,सार्के सुनार, बिर बहादुर सुनार, सरा सुनार, घोले सुनार, चक्र बहादुर शाही लगाएतको रहेको प्रहरीले जनाएको छ् । सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको हो । यस्तै जगबुडा नदीमा आएको बाढ बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका वडा नं. ७ को कञ्चनभोज, वडा नं. ३ को जमुनाघारी, वडा नं. १० को बैतीफाँटा, सुर्खेती टोल, कुतियावकर, शान्ती टोल, दोधारा चाँदनी नगरपालिका वडा नं. ८ सुन्दरनगर लगाएत टोलमा पानी पसेको हो ।

दोधारा चाँदनी नगरपालिकाको तटिय क्षेत्रमा रहेको ३९ घरधुरीमा बाढीको पानी पसेपछि उद्धार गरिएको शसस्त्र प्रहरीले जनाएको छ् । घरमा रहेको खाद्यान्न, लत्ताकपडा, भाडा बर्तन लगाएतको समानहरु आफन्तहरुको घरमा सारिएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का प्रहरी निरिक्षक कृष्ण बोहराले जानकारी दिएका छन् । जगबुडा नदीको बहाव तिब्र भए संगै महाकाली नदीमा पानी ठोक्कीदा नदीको पानी ओझरफ्लो भएर बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिकाका तटिय क्षेत्रमा रहेका बस्तीहरु डुवानमा परेको हो । आज बिहान ८ बजे बाढी गाउामा पस्दा बस्ती डुवानमा पारको स्थानियहरुले बताएका छन् ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली र स्थानिय बासिन्दाको सहयोगमा डुवानमा परेका परिवारलाई पशु चौपायासहित सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ् । ‘घर डुबानमा परेको खबर पाउने बित्तिकै टोलीलाई परिचालन गरी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारेका छौं,’ सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबीस्थान) का प्रहरी निरिक्षक कृष्ण बोहराले भने– ‘मानवीय र भौतिक क्षति भएको छैन् ।’ जगबुडा नदीमा आएको बाढलाई महाकाली नदीले छेकिदिएपछि दोधारा चाँदनी नगरपालिका तटिय बस्ती जामुनाघारी, बैतीफाँटा, सुर्खेती टोल, कुतियावकर, शान्ती टोल, कञ्चनभोज, सुन्दरनगर लगाएत टोलहरु जलमग्न भएका हुन् ।

यस्तै जगबुडा नदीमा आएको बाढी बस्तीमा छिर्दा दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोजमा रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टमा पानी पसेर बस्न नसक्ने अवस्था रहेको छ भने, दोधारा चाँदनी नगरपालिका वडा नं. १० स्थित रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टमा बाढी पसेर जलमग्न भएर सशस्त्र क्याम्प बिस्तापित भएको छ् । उनिहरु नजिकै रहेको ओंमकार अधारभुत बिद्यालयमा आश्रय लिएर बसेको सशस्त्र प्रहरीले जनाएको छ् ।

ताजा समाचार

च्यात्तिएको त्रिपाल मुनीको बादी

‘पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जिवन निर्वाह गर्ने, नाच गाना गरि गुजारा चलाउने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनीहरुको...

कञ्चनपुरमा बेवारिसे शवको फेला

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ स्थित बैजनाथ मध्यवर्ती सामुदायिक वनमा सडे गलेको अवस्थामा बिहीबार साँझ फेला परेको बेवारिसे शवको अझै सनाखत हुन...

सुदूरपश्चीम प्रदेशमा साउनदेखी नै बजेट कार्यान्वयन गर्न निर्देशन

कञ्चनपुर । सुदूरपश्चीम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आर्थिक बर्ष २०७८/०८९ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मातहता निकायलाई निर्देशन दिएका छन् ।...

५३ वर्षपछि ओलम्पिकमा नेपाललाई पदक

 काठमाडौँ । ३२ औँ गृष्मकालीन ओलम्पिक शुक्रबारबाट जापानको टोकियोमा शुरू भएको छ। सन् २०२० मै हुनुपर्ने टोकियो ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि...