ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ श्रावण १०, आईतवार
गृहपृष्ठ अन्तर्राष्ट्रिय भारतको केरला राज्यमा जिका भाइरस फेला

भारतको केरला राज्यमा जिका भाइरस फेला

काठमाडौं । भारतको केरला राज्यमा जिका भाइरसको १४ जना बिरामी फेला परेका छन् । जिका भाइरसको बिरामी फेला परे लगत्तै राज्यका सबै जिल्लालाई सचेत अवस्थामा रहन निर्देशन दिइएको छ ।

बीबीसीका अनुसार केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जले केरलाको तिरुवनन्तपूरम जिल्लामा जिका भाइरसका बिरामी फेला परेको पुष्टि गर्नुभएको छ । लामखुट्टेको टोकाइबाट सर्ने जिका भाइरसको प्रकोप भारतमा सबैभन्दा पहिले सन् २०१६/०१७ मा गुजरात राज्यमा भएको थियो ।

पुष्टि भएका सबै बिरामी स्वास्थ्य अधिकारी रहेको बताइएको छ । सबैभन्दा सुरुमा २४ वर्षीया एक गर्भवती महिलामा जिका भाइरसको सङ्क्रमणको पुष्टि भएको छ । ज्वरो, टाउको दुख्ने लगायतको लक्षण देखिएपछि उहाँलाई जुन २८ मा अस्पताल भर्ना गरिएको थियो । गत् बुधबार उहाँले शिशुलाई जन्म दिनुभएको छ ।

स्वास्थ्य मन्त्री जर्जले भन्नुभयो, “सामान्य प्रकृयाबाट शिशु जन्मिएको उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ, राज्य बाहिर गएको उहाँको यात्रा वृत्तान्त छैन् ।” यूगाण्डाको जिका वनबाट सन् १९४७ मा पहिलो पटक बाँदरबाट उक्त भाइरस छुट्टिएको थियो । सन् १९५२ मा मात्रै जिकालाई छुट्टै भाइरसको मान्यता दिइएको थियो । गोरखापत्र अनलाइनबाट

ताजा समाचार

च्यात्तिएको त्रिपाल मुनीको बादी

‘पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जिवन निर्वाह गर्ने, नाच गाना गरि गुजारा चलाउने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनीहरुको...

कञ्चनपुरमा बेवारिसे शवको फेला

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ स्थित बैजनाथ मध्यवर्ती सामुदायिक वनमा सडे गलेको अवस्थामा बिहीबार साँझ फेला परेको बेवारिसे शवको अझै सनाखत हुन...

सुदूरपश्चीम प्रदेशमा साउनदेखी नै बजेट कार्यान्वयन गर्न निर्देशन

कञ्चनपुर । सुदूरपश्चीम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आर्थिक बर्ष २०७८/०८९ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मातहता निकायलाई निर्देशन दिएका छन् ।...

५३ वर्षपछि ओलम्पिकमा नेपाललाई पदक

 काठमाडौँ । ३२ औँ गृष्मकालीन ओलम्पिक शुक्रबारबाट जापानको टोकियोमा शुरू भएको छ। सन् २०२० मै हुनुपर्ने टोकियो ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि...