ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ कार्तिक ७, आईतवार
गृहपृष्ठ फोटो विकासका लागी युवा एकता संस्थाद्वारा महाकाली र कालिकोट अस्पताललाई आर्थिक सहयोग

विकासका लागी युवा एकता संस्थाद्वारा महाकाली र कालिकोट अस्पताललाई आर्थिक सहयोग

महेन्द्रनगर । ५ जेठ । विकासका लागी युवा एकता (YUD) संस्थाले अक्सिजन व्यवस्थापनका लागी महाकाली अस्पताल, महेन्द्रनगर र कालिकोट राजपुर अस्पताललाई आर्थिक सहयोग गरेको छ ।

बुधबार महेन्द्रनगरको महाकाली अस्पताललाई अक्सिजन व्यवस्थापनको लागि सहयोग पुगोस् भन्ने ध्येयका साथ १५ हजार रुपैयाँ, महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) लाई हस्तान्तरण गरिएको उक्त संस्थाका अध्यक्ष भरत चन्दले बताए ।

अक्सिजन अभावका कारण बिरामीहरुले अस्पतालका बेडहरुमा नै मृत्युवरण गर्नु पर्ने अवस्था रहेका बेला अक्सिजन व्यवस्थापनका लागी आफ्नो संस्थाले सानो प्रयास स्वरुप विभिन्न अस्पतालहरुलाई आर्थिक सहयोग गर्दै आएको विकासका लागी युवा एकता संस्थाका संस्थापक सचिव सुरेन्द्र देव भट्टले बताए ।

कंचनपुरमा रहेको महाकाली अस्पताल संगै कर्णाली प्रदेशको कालिकोट राजपुर अस्पताललाई पनि अक्सिजन व्यवस्थापनमा राहत होस भनि १५ हजार आर्थिक सहयोग गरिएको उक्त संस्थाका अध्यक्ष चन्दले बताए ।

ताजा समाचार

सामाजसेवी कुमाल र आरोग्य मेडिकेयरका डाक्टर चौधरीको सहयोगमा दोधाराको बाढी ग्रस्त बस्तीमा निशुल्क स्वास्थ्य शिविर

दोधारा । झण्डै तिन सय बढी घर प्रभावित विस्थापित हुने गरी दोधारा चाँदनी नगरपालिकामा आएको भीषण बाढीपछि बिरामीको संख्या बढ्न थालेको छ । दोधारा...

जनताको डाक्टर : डाक्टर चौधरी दोधारा चाँदनीको बाढी पिडितहरुका सेवामा (भिडियो सहित)

दोधारा । डाक्टर गगन चौधरीको पहलमा बाढीबाट प्रभावित भएका दोधारा चाँदनीका बाढी पिडित जनताका लागि नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरेका छन् । आरोग्य मेडिकेयर...

बाढी पीडितको समस्या चाडै समाधान हुन्छ : प्रधानमन्त्री देउवा

पप्पु गुरुङ्ग, दोधारा । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले पीडितहरुको...

दोधारा चाँदनीको बाढी ग्रस्त बस्ती यस्तो देखियो …..(फोटो फिचर)

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अधिकांश बस्तीमा महाकाली र जगबुडा नदीमा आएको बाढीले लाखौंको धनमाल तहस नहस बनाएको छ् । दोधारा...