ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ असार १, मंगलवार
गृहपृष्ठ मुख्य समाचार संक्रमणको बेला दोधारा चाँदनीका स्वास्थ्यकर्मीहरु (फोटो फिचर)

संक्रमणको बेला दोधारा चाँदनीका स्वास्थ्यकर्मीहरु (फोटो फिचर)

पप्पु गुरुङ्ग, दोधारा । भारतमा कोरोना भाईरस संक्रमण बढ्नु र खुला सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले दोधारा चाँदनी नगरपालिकामा संक्रमणको उच्च जोखिममा छ् । दोधारा चाँदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दिनदिनै कोरोना भाईरसको लक्षण भएको बिरामीहरु आउने गरेका छन् ।

पिसिआर तथा एन्टिजिन किटको अभाव संगै आएका बिरामीहरुलाई संक्रमित भएको नभएको पत्ता लगाउन सकिएको छैन् । प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन राज चौधरी कोरोना संक्रमितहरुको उपचारमा दिन रात खटिदै आएका छन् । स्वास्थ्यकर्मीहरु संग स्वास्थ्य सामग्रीको अभावको बाबजुत बिरामीहरुको उपचारमा दिन रात खटिदै आएपछि उनिहरुमा जोखम बढेर गएको हो ।

कोरोना संक्रमण भएका बिरामीहरुलाई अन्य अस्पतालमा पठाएर उपचार गर्न नसकिने अवस्था श्रजना भएपछि डाक्टर चौधरी र उनका टिम चौबिसै घण्टा कोरोना संक्रमितहरुको उपचारमा ब्यस्त देखिन्छन् । स्वास्थ्य केन्द्रमा कोरोना परिक्षण गर्ने किटको अभाव संग अक्सिजनको चरम समस्या देखा पर्न थालेको छ् ।

दोधारा चाँदनी नगरपालिकाका जनताको बिश्वासिलो डाक्टर गगन चौधरीको यस्तो जोखिमको अवस्थामा आफ्नो ज्यानको पर्वाह नगरि जनताको सेवामा दिनरात खटिएको भन्दै स्थानियहरुले डाक्टर चौधरीलाई ‘द रियल हिरो’ को उपनाम समेत दिदै आएका छन् ।

 

ताजा समाचार

नेपाल ईन्जिनियर्स एशोसिएसन सुदूरपश्चिमद्वारा इन्जिनियरहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन अनुरोध

महेन्द्रनगर । नेपाल ईन्जिनियर्स एशोसिएसन सुदूरपश्चिम प्रदेश प्रथम कार्यकारिणी समितिले इन्जिनियरहरुलाई यथाशिघ्र कोरोना विरुद्धको खोप उपलब्ध गराउन अनुरोध गरेको छ । शनिवार एक विज्ञप्ती जारी...

कोभिड बिरामीहरुलाई ‘हाम्रो जिवन रक्षा’ अभियानको पहलमा दैनिक दुध र अण्डा

दोधारा । दोधारा चाँदनी नगरपालिकामा युवाहरुले थालेको ‘हाम्रो जिवन रक्षा’ अभियानको पहलमा कोभिड अस्पतालमा उपचारमा रहेकाहरुलाई दैनिक कुखुराको अण्डा र दुध दिईने भएको छ्...

दोधारा चाँदनीमा बालवालिकामा कोरोना संक्रमण

दोधारा । कोभिड अस्पताल दोधारा चाँदनीमा एन्टिजिन जाँचको क्रममा वालवालिकालाई पनि कोरोना संक्रमण फेला परेको छ् । कोभिड अस्पताल दोधारा चाँदनीमा गरिएको आजको एन्टिजिन...

कांग्रेस नेता लेखकको पहलमा चिकित्सक संघद्वारा कञ्चनपुरका लागि ८ थान अक्सिजन कन्सन्टेटर सहयोग

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री रमेश लेखकको पहलमा कञ्चनपुरमा अक्सिजन कन्सन्टेटर मसिन लगायत स्वास्थ्य सामग्री वितरण गरिएको छ । कांग्रेस नेता...
Copy link
Powered by Social Snap