ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ असार १, मंगलवार
गृहपृष्ठ राष्ट्रिय दोधारा चाँदनीमा कोरोना संक्रमण : एकै दिनमा ३८ जनामा पोजिटिभ

दोधारा चाँदनीमा कोरोना संक्रमण : एकै दिनमा ३८ जनामा पोजिटिभ

दोधारा । दोधारा चाँदनी नगरपालिकामा कोरोना संक्रमण उकालो लाग्दै गएको छ् । कोरोना संक्रमण परिक्षणको लागी आज बिहान पुगेको एन्टिजिन जाँचबाट ३८ जनामा कोरोना संक्रमण देखा परेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको प्रयोगशालाले जनाएको छ् । आज बिहान र अपरान्हमा गरिएको एन्टिजिन परिक्षणमा २७ जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण फेला परेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको प्रयोगशालाले बताएको छ् । आज ८२ जनाको कोरोना परिक्षणमा ३८ जनामा कोरोना संक्रमण फेला परेको हो । उनिहरुमा सामान्य ज्वरो, खाँसी देखा परेको बताईएको छ् । उनिहरु होम आईसोलेसनमा पठाईएको छ् । प्राथमिक स्वास्थ्य केन्द्रमा फेरी आज आएर एन्टिजिन किटको अभाव देखा परेको छ् । बजारमा एन्टिजिनको अभाव भएको कारण खरिद गर्न नसकिएको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् । ‘धनगढी देखि काठमाण्डौं सम्म खोज्दा एन्टिजिन पाईएको छैन्’ दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले भने । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि दोधारा चाँदनी नगरपालिकामा लकडाउन गरिएको छ । लकडाउनका लागि दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारतको खुला सिमा नाकाहरु बन्द भनिएको छ् । दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारत खुला सिमा क्षेत्रमा आवात जावत गर्न नगर्न उर्दी जारी गरिएको छ् । तर नेपाल–भारतको खुल्ला बोर्डरका कारण दुई देशका जनताले एक अर्काको देशमा गरिरहेको ओहरदोहर नियन्त्रण भने भएको छैन् । भारतबाट रोजगारीको लागी गएका नागरिकहरु खुला सिमाबाट फर्केर घर आएका छन् । उनिहरुलाई कञ्चनपुरको आधिकारीक नाका गड्डा चौकीबाट भित्र्न आह्वान गरिएपनि दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारतको खुला सिमाबाट लुकीछिपी घर पस्ने गरेका छन् ।

ताजा समाचार

नेपाल ईन्जिनियर्स एशोसिएसन सुदूरपश्चिमद्वारा इन्जिनियरहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन अनुरोध

महेन्द्रनगर । नेपाल ईन्जिनियर्स एशोसिएसन सुदूरपश्चिम प्रदेश प्रथम कार्यकारिणी समितिले इन्जिनियरहरुलाई यथाशिघ्र कोरोना विरुद्धको खोप उपलब्ध गराउन अनुरोध गरेको छ । शनिवार एक विज्ञप्ती जारी...

कोभिड बिरामीहरुलाई ‘हाम्रो जिवन रक्षा’ अभियानको पहलमा दैनिक दुध र अण्डा

दोधारा । दोधारा चाँदनी नगरपालिकामा युवाहरुले थालेको ‘हाम्रो जिवन रक्षा’ अभियानको पहलमा कोभिड अस्पतालमा उपचारमा रहेकाहरुलाई दैनिक कुखुराको अण्डा र दुध दिईने भएको छ्...

दोधारा चाँदनीमा बालवालिकामा कोरोना संक्रमण

दोधारा । कोभिड अस्पताल दोधारा चाँदनीमा एन्टिजिन जाँचको क्रममा वालवालिकालाई पनि कोरोना संक्रमण फेला परेको छ् । कोभिड अस्पताल दोधारा चाँदनीमा गरिएको आजको एन्टिजिन...

कांग्रेस नेता लेखकको पहलमा चिकित्सक संघद्वारा कञ्चनपुरका लागि ८ थान अक्सिजन कन्सन्टेटर सहयोग

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री रमेश लेखकको पहलमा कञ्चनपुरमा अक्सिजन कन्सन्टेटर मसिन लगायत स्वास्थ्य सामग्री वितरण गरिएको छ । कांग्रेस नेता...
Copy link
Powered by Social Snap