ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ असार १, मंगलवार
गृहपृष्ठ मुख्य समाचार संक्रमण रोकथाम तथा नियन्त्रणमा नेपाल प्रहरी दोधारा चाँदनीको सडकमा !

संक्रमण रोकथाम तथा नियन्त्रणमा नेपाल प्रहरी दोधारा चाँदनीको सडकमा !

स्थानिय सरकारले घोषणा गरेको लकडाउनको उल्लघंन गरेर यदि तपाईं बिना काम बाहिर हिडिरहनुभएको छ ? यदि छ भने तपाईं प्रहरीको फन्दामा पर्न सक्नुहुनेछ् । अत्यावश्यक काम बाहेक त्यत्तिकै हिड्नेलाई नेपाल प्रहरीले कार्वाही प्रकृया अघि बढाएको छ् । कोरोना भाइरसको संक्रमण रोकथामका लागि दोधारा चाादनी नगरपालिकाले गरेको लकडाउनलाई व्यवस्थित तथा थप कडाई गर्न ईलाका प्रहरी कार्यालय दोधारा चाादनी र उसका मातहतका झोलुङ्गे पुल प्रहरी पोष्ट र बाबाथान चौकी जनताको सेवामा कटिबद्ध छ् । दोधारा चाँदनी नगरपालिकाले सम्भावित संक्रमणबाट बच्नका लागि गरेको बन्दाबन्दीमा मानिस घर बाहिर निस्कन थालेपछि ईलाका प्रहरी कार्याले थप कडाई गरिएको हो । लकडाउनमा कडाई गरेपछि मानिस पनि छिटफुट रुपमा हिडडुल र सवारी साधन पनि कम चलेका देखिन्छन् । एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चार माध्यम लगाएत अतिआवश्यक सेवाका सवारी मात्र सडकमा गुड्न अनुमती दिईएको छ् ।

(दोधारा चाँदनी नगरपालिकाको मुल सडक खण्डमा ड्युटी गर्दै एक नेपाल प्रहरीका जवान)

ताजा समाचार

नेपाल ईन्जिनियर्स एशोसिएसन सुदूरपश्चिमद्वारा इन्जिनियरहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन अनुरोध

महेन्द्रनगर । नेपाल ईन्जिनियर्स एशोसिएसन सुदूरपश्चिम प्रदेश प्रथम कार्यकारिणी समितिले इन्जिनियरहरुलाई यथाशिघ्र कोरोना विरुद्धको खोप उपलब्ध गराउन अनुरोध गरेको छ । शनिवार एक विज्ञप्ती जारी...

कोभिड बिरामीहरुलाई ‘हाम्रो जिवन रक्षा’ अभियानको पहलमा दैनिक दुध र अण्डा

दोधारा । दोधारा चाँदनी नगरपालिकामा युवाहरुले थालेको ‘हाम्रो जिवन रक्षा’ अभियानको पहलमा कोभिड अस्पतालमा उपचारमा रहेकाहरुलाई दैनिक कुखुराको अण्डा र दुध दिईने भएको छ्...

दोधारा चाँदनीमा बालवालिकामा कोरोना संक्रमण

दोधारा । कोभिड अस्पताल दोधारा चाँदनीमा एन्टिजिन जाँचको क्रममा वालवालिकालाई पनि कोरोना संक्रमण फेला परेको छ् । कोभिड अस्पताल दोधारा चाँदनीमा गरिएको आजको एन्टिजिन...

कांग्रेस नेता लेखकको पहलमा चिकित्सक संघद्वारा कञ्चनपुरका लागि ८ थान अक्सिजन कन्सन्टेटर सहयोग

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री रमेश लेखकको पहलमा कञ्चनपुरमा अक्सिजन कन्सन्टेटर मसिन लगायत स्वास्थ्य सामग्री वितरण गरिएको छ । कांग्रेस नेता...
Copy link
Powered by Social Snap