ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ असार १, मंगलवार
गृहपृष्ठ मुख्य समाचार फ्रन्टलाईनमा रहेका दोधारा चाँदनीका प्रहरी र स्वास्थ्यकर्मीलाई भिम कुमालद्धारा पानी र स्वास्थ्य...

फ्रन्टलाईनमा रहेका दोधारा चाँदनीका प्रहरी र स्वास्थ्यकर्मीलाई भिम कुमालद्धारा पानी र स्वास्थ्य सामग्री

पप्पु गुरुङ्ग, दोधारा । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा प्रहरीलाई सामाजसेवी तथा नेकपा (माओबादी केन्द्र) दोधारा चाँदनीका नगर सचिव भिम कुमालले मिनरल वाटर र ग्लब्स प्रदान गरेका छन् । दोधारा चाँदनी नगरपालिकामा रहेका स्वास्थ्यकर्मी र नेपाल प्रहरीका जवानहरुलाई सामाजसेवी तथा नेकपा (माओबादी केन्द्र) दोधारा चाँदनीका नगर सचिव भिम कुमालले २६ पेटी मिनरल वाटर र ४ प्याकेट ग्लबस प्रदान गरेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जनाएका छन् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरी र प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीलाई मिनरल वाटर र ग्लब्स हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् । ‘बिगतका दिनहरु देखि दोधारा चाँदनी नगरपालिकालाई सामासेवी भिम कुमालले ब्यक्तीगतरुपमा उल्लेखनिय सहयोग गर्दै आउनुभएको छ्’ नगर प्रबक्ता सिजालीले भने । भिम कुमाल एक सामाजसेवी हुन् ।

बिगतका दिनहरुमा समेत कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सामाजसेवी भिम कुमालले दोधारा चाँदनी नगर क्षेत्रमा ब्यक्तीगतरुपमा उल्लेखनिय भ्ुमिका निर्वाह गर्दै आएका हुन् । कुमाल केही वर्ष देखि सामाजिक काममा दोधारा चाँदनी नगर क्षेत्रमा क्रियाशिल छन् । कोरोना (काभिड १९) को संक्रमण रोकथामका लागि फ्रन्टलाईनमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई केही पानी र स्वास्थ्य सामग्री प्रदान गरिएको सामाजसेवी तथा नेकपा (माओबादी केन्द्र) दोधारा चाँदनीका नगर सचिव भिम कुमालले बताएका छन् । कोरोना संक्रमण बढ्दै गएको अवस्थामा आफुले सकेजती समाजको लागी केही सहयोग गर्ने ईच्छा भएबमोजिम बेला बखत सहयोग गर्ने प्रयत्न गरेको सामाजसेवी तथा नेकपा (माओबादी केन्द्र) दोधारा चाँदनीका नगर सचिव भिम कुमालले बताएका छन् । कोरोना संक्रमणले ज्याननै लग्ने अवस्थामा नगर क्षेत्रमा ज्यान जोखिममा राखेर दिन रात खटिदै आएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई मिनरल वाटर र स्वास्थ्य सामग्री प्रदान गरेको सामाजसेवी कुमालले बताए । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी कोरोना भाईरसको उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउन समेत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उनले आग्रह गरे ।

‘कोरोनाबाट हामीलाई जोगाउन आफै असुरक्षित रही भोक प्यास नभनी जनताको सुरक्षार्थ खटिदै आएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई आफुले भ्याएजती स्वास्थ्य सामग्री सहयोग गरेको हु’ सामासेवी भिम कुमालले भने । प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीले बिगतका दिनहरु देखि सामाजसेवी भिम कुमालले दोधारा चाँदनी नगर क्षेत्रमा कोरोना रोकथाम र नियन्त्रण संगै लकडाउनको कारण गरिब तथा असहाय परिवारमा चुल्हो जलाउन समस्या पर्दै आएकाहरुलाई सहयोग गर्दै बताउदै सामाजसेवी भिम कुमाललाई धन्यबाद दिएका छन् । कोरोना संक्रमणको बर्तमान लहरमा प्राथमिक स्वास्थ्य केन्द् दोधारामा खाने पानीको असहजता भएको बताउदै मिनरल वाटर उपलब्ध गराएकोमा धन्यबाद दिएका छन् । यस्तै ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीले ड्युटीमा खटिदै आएका जवानहरुलाई मिनरल वाटर र ग्लब्स ब्यक्तीगतरुपमा सामाजसेवी भिम कुमालले प्रदान गरेको भन्दै दाता भिम कुमाललाई बिशेष धन्यबाद दिएका छन् ।

प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गर्ने दाता भिम कुमालको प्रहरी निरीक्षक भरत राज गिरीले प्रसंसा गरे । उनले भने, यस्तै अनुकरणीय सामाजिक काम गर्न प्रेरणा मिलोस् ।’ केही दिन अघि मात्र ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई सामाजसेवी भिम कुमालले सर्जिकल मास्क १ हजार थान, ५ लिटर सेनिटाईजर, गोजीमा राख्ने सेनिटाईजर ३ दर्जन, ५ पिस वाईजर लगाएत स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । दोधारा चाँदनी नगरपालिका वडा नं. ४ निवासी तथा गुरुकुल ईन्टिच्युट अफ टेक्निकल एजुकेशनका निर्देशक समेत रहेका भिम कुमालले बिगतका दिनहरुमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी ब्यक्तीगतरुपमा सबै भन्दा बढी सहयोग गरेका हुन् । उनले बिगतका दिनहरुमा दोधारा चाँदनी नगरपालिका कार्यालयलाई चाउ चाँउका पेटी, नगद रकम तथा सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरु, पत्रकार तथा लकडाउनको बेला खानाको समस्यामा रहेका गरिब घरपरिवारलाई समेत सहयोग गर्दै आएका हुन् । सामाजसेवी भिम कुमालले आफ्नो ब्यक्तीगतरुपमा दोधारा चाँदनी नगर क्षेत्रमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न होस् वा लकडाउनले गरिब तथा अतिबिपन्न परिवारलाई चुल्हो जलाउन समस्यामा परेकाहरुलाई सहयोग प्रति स्थानियबासी सामासेवी कुमालको सामाजिक कार्य प्रति खुशी ब्यक्त गर्दैm आएका छन् । मिनरल वाटर र स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरी, दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिलल बहादुर सिजाली, वडा नं. १ का वडा अध्यक्ष अर्जुन दत्त भट्ट, प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका पडाक्टर गगन चौधरी लगाएत सामाजसेवी भिम कुमालको उपस्थिती रहेको थियो ।

ताजा समाचार

नेपाल ईन्जिनियर्स एशोसिएसन सुदूरपश्चिमद्वारा इन्जिनियरहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन अनुरोध

महेन्द्रनगर । नेपाल ईन्जिनियर्स एशोसिएसन सुदूरपश्चिम प्रदेश प्रथम कार्यकारिणी समितिले इन्जिनियरहरुलाई यथाशिघ्र कोरोना विरुद्धको खोप उपलब्ध गराउन अनुरोध गरेको छ । शनिवार एक विज्ञप्ती जारी...

कोभिड बिरामीहरुलाई ‘हाम्रो जिवन रक्षा’ अभियानको पहलमा दैनिक दुध र अण्डा

दोधारा । दोधारा चाँदनी नगरपालिकामा युवाहरुले थालेको ‘हाम्रो जिवन रक्षा’ अभियानको पहलमा कोभिड अस्पतालमा उपचारमा रहेकाहरुलाई दैनिक कुखुराको अण्डा र दुध दिईने भएको छ्...

दोधारा चाँदनीमा बालवालिकामा कोरोना संक्रमण

दोधारा । कोभिड अस्पताल दोधारा चाँदनीमा एन्टिजिन जाँचको क्रममा वालवालिकालाई पनि कोरोना संक्रमण फेला परेको छ् । कोभिड अस्पताल दोधारा चाँदनीमा गरिएको आजको एन्टिजिन...

कांग्रेस नेता लेखकको पहलमा चिकित्सक संघद्वारा कञ्चनपुरका लागि ८ थान अक्सिजन कन्सन्टेटर सहयोग

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री रमेश लेखकको पहलमा कञ्चनपुरमा अक्सिजन कन्सन्टेटर मसिन लगायत स्वास्थ्य सामग्री वितरण गरिएको छ । कांग्रेस नेता...
Copy link
Powered by Social Snap