ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ बैशाख २७, सोमबार
गृहपृष्ठ मुख्य समाचार कुमाल भाईद्धारा बडवाल टोलका बादी घरपरिवारलाई राहत

कुमाल भाईद्धारा बडवाल टोलका बादी घरपरिवारलाई राहत

दोधारा । खान र बस्नको समस्या झेल्दै आएका बडवाल टोलका बादी घरपरिवारलाई नेकपा (माओदी केन्द्र) दोधारा चाँदनीमा नगर सचिव तथा सामाजसेवी भिम कुमाल र उनका दाई तथा मुनलाईट हार्डवेरका प्रो. कल्लु कुमालले राहत प्रदान गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलका ५ बादी घरपरिवारलाई नेकपा (माओदी केन्द्र) दोधारा चाँदनीमा नगर सचिव तथा सामाजसेवी भिम कुमाल र उनका दाई तथा मुनलाईट हार्डवेरका प्रो. कल्लु कुमालले ५ थान त्रिपाल, ५० केजी चामल, ५ केजी दाल, २ प्याकेट चाउचाउ, १ थान सर्जिकल मास्क र १ पेटी नुहाने साबुन प्रदान गरेका हुन् । २ महिना देखि बडवाल टोलमा सडक छेउमा खाना र बस्नको समस्या झेल्दै आएका बादी घरपरिवारलाई उक्त सामग्री हस्तान्तरण गरेको नेकपा (माओदी केन्द्र) दोधारा चाँदनीमा नगर सचिव तथा सामाजसेवी भिम कुमाले जनाएका छन् । तत्कालिन द्धन्द्धको बेला ज्यान बचाउदै भारत पलाएन भएका बादी परिवारले नेपाल सरकारले जग्गा उपलब्ध गराउने सुने संग फर्केका बादी घरपरिवार बडवाल टोलको सडक छेउमा त्रिपाल मुनी रात बिताउदै आएका छन् । उनिहरुले खाना र बस्नको समस्या झेल्दै आएका छन् । बिगतका दिनहरुमा झण्डै ८ बिघाह जग्गा रहेको र भारतमा पलाएन पछि उनिहरुको जग्गा गणेश आधारभुत बिद्यालय र केही ब्यक्तीहरुले भोग चलन गर्दै आएका छन् । बादी घरपरिवारले आफ्नो फिर्ता पाँउ भन्दै माँग राख्दै आएका छन् । नेकपा (माओदी केन्द्र) दोधारा चाँदनीमा नगर सचिव भिम कुमाल उनिहरुको पिडा संचारमाध्यममा देखेपछि हिजो उनिहरु बसेको ठाँउको स्थलगत अनुगमन गरेका थिए । बादीहरु पनि मानव रहेको हुदा उनिहरुको पिडा देखेर आफुलाई निकै मनमा पिडा लागेको कारण पिडामा मलहम लगाउन थोरै भएपनि आफु र आफ्नो दाई कल्लु कुमाले जमर्को गरेको बताए । ‘बादी घरपरिवारको निकै पिडाका साथ दैनिकी बिताई रहेका छन् । उनिहरुको जग्गा उपलब्ध गराई उनिहरुलाई समस्या हलमा स्थानिय सरकार गम्भिर हुन आवश्यक छ्’ नेकपा (माओदी केन्द्र) दोधारा चाँदनीमा नगर सचिव भिम कुमालले भने । बादीहरुको जग्गामा खोप केन्द्र, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट निमार्ण भएको कारण बादी घरपरिवारको जग्गा पाउनको लागी सबै सरोकारवाला गम्भिर हुन समेत नेकपा (माओदी केन्द्र) दोधारा चाँदनीमा नगर सचिव भिम कुमालले अपिल गरेका छन् । उनिहरुको जग्गा पाउनको लागी आफुले आफ्नो ताप्काबाट पहल गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन् । आफुले दिएको राहत उनिहरुको समस्याको लागी न्युन भएपनि आगामी दिनहरुमा बादी घरपरिवारलाई सहयोग गर्ने प्रतिबद्धता समेत बताए । दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले दोधारा चाँदनीमा नगर सचिव तथा सामाजसेवी भिम कुमाल र उनका दाई तथा मुनलाईट हार्डवेरका प्रो. कल्लु कुमालले प्रदान गरेको राहतले बादी घरपरिवारमा निकै सहयोग पुर्‍याएको बताउदै उनिहरुले पाउनु पर्ने जग्गाको लागी दोधारा चाँदनी कार्यालयको कार्यपालिका बैठकमा आफुले बुलन्द आवाज उठाउने बताएका छन् । ‘बादी घरपरिवारले पाउनु पर्ने जग्गा उनिहरुको अधिकारको कुरा हो पाउनु पर्छ । त्यसको लागी म पहल गर्छु’ दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले भने । अध्यक्ष सुनारले आफ्नो वडा कार्यालय कार्यालय र आफु ब्यक्तीगतरुपमा केही दिनमै राहत उपलब्ध गराउने बताए । बादी परिवारलाई राहत बितरण कार्यक्रममा नेकपा (माओदी केन्द्र) दोधारा चाँदनीमा नगर सचिव तथा सामाजसेवी भिम कुमाल र उनका दाई तथा मुनलाईट हार्डवेरका प्रो. कल्लु कुमाल, दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनार, नेकपा (माओबादी केन्द्र) जिल्ला कमिटि सदस्य धनसरा नाथ, केजीएफका संयोजक रमेश चन्द, सुरक्षित संजालका सदस्य लक्ष्मी चन्द लगाएत बादी घरपरिवार तथा स्थानियहरुको उपस्थिी रहेको थियो । नेकपा (माओदी केन्द्र) दोधारा चाँदनीमा नगर सचिव तथा सामाजसेवी भिम कुमाल र उनका दाई तथा मुनलाईट हार्डवेरका प्रो. कल्लु कुमालले प्रदान गरेको राहत लिदै बादी घरपरिवारले दुबै भाईलाई आशिष दिएका छन् । खाना र बसनके समस्या पर्दै आएको बेला दाता नेकपा (माओदी केन्द्र) दोधारा चाँदनीमा नगर सचिव तथा सामाजसेवी भिम कुमाल र उनका दाई तथा मुनलाईट हार्डवेरका प्रो. कल्लु कुमालले गरेको सहयोगले बादी घरपरिवारमा खुशी छाएको सितला बादीले बताए । नेकपा (माओदी केन्द्र) दोधारा चाँदनीमा नगर सचिव तथा सामाजसेवी भिम कुमाल र उनका दाई तथा मुनलाईट हार्डवेरका प्रो. कल्लु कुमालले बिगतका दिनहरुमा कोरोना भाईरसको संक्रमणको बेला दोधारा चाँदनी नगरपालिका क्षेत्रका स्थानिय, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री तथा राहत दिएका हुन् ।

ताजा समाचार

संक्रमणको बेला दोधारा चाँदनीका स्वास्थ्यकर्मीहरु (फोटो फिचर)

पप्पु गुरुङ्ग, दोधारा । भारतमा कोरोना भाईरस संक्रमण बढ्नु र खुला सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले दोधारा चाँदनी नगरपालिकामा संक्रमणको उच्च जोखिममा छ् ।...

दोधारा चाँदनीमा कोरोना संक्रमण : एकै दिनमा ३८ जनामा पोजिटिभ

दोधारा । दोधारा चाँदनी नगरपालिकामा कोरोना संक्रमण उकालो लाग्दै गएको छ् । कोरोना संक्रमण परिक्षणको लागी आज बिहान पुगेको एन्टिजिन जाँचबाट ३८ जनामा कोरोना...

दोधारा चाँदनीमा तस्करलाई तह लगाउदै नेपाल प्रहरी : ब्राउन सुगर सहित २ जना पक्राउ

दोधारा । अहिले मानिसहरु कसरी ज्यान जोगाउने भन्ने बिषयमा सन्त्रासमा छ् । दोधारा चाँदनी नगरपालिका तथा नेपाल सरकारले कोरोना संक्रमणको चैन तोड्नको लागी लकडाउन...

दिनरात संक्रमितको उपचारमा खटिदै प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डा. चौधरी (भिडियो सहित)

पप्पु गुरुङ्ग, दोधारा । भारतमा कोरोना भाईरस संक्रमण बढ्नु र खुला सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले दोधारा चाँदनी नगरपालिकामा संक्रमणको उच्च जोखिममा छ् ।...
Copy link
Powered by Social Snap