ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ बैशाख २८, मंगलवार
गृहपृष्ठ मुख्य समाचार कञ्चनपुरमा वैदेशिक रोजगारी गुमाएर घर फर्केका १ सय ३६ कृषकलाई अनुदान

कञ्चनपुरमा वैदेशिक रोजगारी गुमाएर घर फर्केका १ सय ३६ कृषकलाई अनुदान

-ऐश्वर्या कुवँर ।
महेन्द्रनगर । ११ बैशाख । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले कोभिड (१९)का कारण वैदेशिक रोजगारी गुमाएर घर फर्केका कोरोना प्रभावित व्याक्तिहरुलाई सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा १ करोड ७ लाख बराबरको कृषि अनुदान सहयोग प्रदान गरेको छ ।

पशु विज्ञ केन्द्र कञ्चनपुरले ९ वटै स्थानिय तहमा रहेका तर छिमेकी देश भारत तथा तेस्रो मुलुक बाट रोजगारी गुमाएर घर फर्केका वास्तवकि कोरोना प्रभावितका लागि सुदूरपश्चिम प्रदेश सरकार कृषि व्यवसाय संचालन गर्ने व्याक्तिलाई अनुदान स्वरुप सहयोग १ करोड ७ लाख सहयोग प्रदान गरेको हो ।

गत बर्ष महामारीको रुपमा फैलिइएको कोरोना भाईरस तथा कोभिड– १९) का कारण कञ्चनपुर जिल्लामा रहेका ९ वटै स्थानिय तहमा रहेका बेरोजगार युवा तथा कोरोना भाइरसका कारण पुर्ण रुपका आर्थिक संकटमा परेका बेरोजगार व्याक्तिहरुलाई छनोट गरी सुदूरपश्चिम प्रदेश सरकार भुमि व्यवस्था तथा सहकारी मन्त्रालयले कञ्चनपुरका २ सय १६ जना कृषकहरुलाई अनुदान सहयोग प्रदान गरेको हो ।

प्रदेश सरकार कृषि मन्त्रालयले कोरोना प्रभावितलाई मध्यनजर गर्दै कृषि व्यवसाय गर्न चाहने उद्यमीहरुका लागि सुचना प्रकाशित गरेको थियो । जसमा ४ सय ३६ जनाले कृषि व्यवसायका लागि माग फाराम सहितको निवेदन दर्ता गरेको पाइन्छ ।

वास्तविक रुपमा कोरोना बाट प्रभावित भएका व्यक्तिहरुलाई वडा कार्यालयले गरेको सिफारीसको आधारमा क्वारेन्टाईमा बसेका, आर्थिक स्थिती न्यून भएका व्याक्तिहरुलाई छनोट प्रकृया पुरा गरी १ सय ३६ जना कृषकहरुलाई पाँच शिर्षकमा अनुदान सहयोग वितरण गरिएको भेटेरीनरी अस्पताल कञ्चनपुरले जनाएको छ ।

जस मध्ये प्रति व्यक्ति भैँसी पालनमा ६० हजार, बाख्रा पालनमा ४० हजार, बंगुर पालनमा ४० हजार, कुखुरा पालनमा ४० हजार, माछा पालनमा ३० हजार, अनुदान सहयोग गरेको कार्यालयले जनाएको छ । निबेदन तथा माग फारममा सबै भन्दा बढी दोधारा चाँदनी नगरपालिकाबाट बाख्रा पालन कृषि व्यवसायका लागि छनोटमा परेका छन् । सबैभन्दा न्युन निवेदन माग फारम माछा पालनमा परेको भेटेरिनरी अस्पताल थता पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका सुचना अधिकारी शंकर दत्त जोशीले बताए ।

सुचना अधिकारी जोशीका अनुसार सुदूरपश्चिम प्रदेश सरकार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रथम चरणमा ९९ लाख रुपैया कोरोना प्रभावितको लागि छुट्याएको भएपनि सो रकमले कोरोना प्रभावितलाइ समेट्न नसकिदा कृषि व्यवसायका लागि छनोटमा परेका र कागजी प्रकृया नपुगेर पछिपरेका कृषकहरुका लागि थप ८ लाख रकम प्रदेश सरकारलाइ माग गरेको सूचना अधिकारी जोशीको दाबी छ । दोस्रो चरणमा माग गरेको रकम छनोटमा परेका कृषकलाई छिँटै प्रदान गरिने अधिकारी जोशीको भनाई छ ।

ताजा समाचार

संक्रमणको बेला दोधारा चाँदनीका स्वास्थ्यकर्मीहरु (फोटो फिचर)

पप्पु गुरुङ्ग, दोधारा । भारतमा कोरोना भाईरस संक्रमण बढ्नु र खुला सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले दोधारा चाँदनी नगरपालिकामा संक्रमणको उच्च जोखिममा छ् ।...

दोधारा चाँदनीमा कोरोना संक्रमण : एकै दिनमा ३८ जनामा पोजिटिभ

दोधारा । दोधारा चाँदनी नगरपालिकामा कोरोना संक्रमण उकालो लाग्दै गएको छ् । कोरोना संक्रमण परिक्षणको लागी आज बिहान पुगेको एन्टिजिन जाँचबाट ३८ जनामा कोरोना...

दोधारा चाँदनीमा तस्करलाई तह लगाउदै नेपाल प्रहरी : ब्राउन सुगर सहित २ जना पक्राउ

दोधारा । अहिले मानिसहरु कसरी ज्यान जोगाउने भन्ने बिषयमा सन्त्रासमा छ् । दोधारा चाँदनी नगरपालिका तथा नेपाल सरकारले कोरोना संक्रमणको चैन तोड्नको लागी लकडाउन...

दिनरात संक्रमितको उपचारमा खटिदै प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डा. चौधरी (भिडियो सहित)

पप्पु गुरुङ्ग, दोधारा । भारतमा कोरोना भाईरस संक्रमण बढ्नु र खुला सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले दोधारा चाँदनी नगरपालिकामा संक्रमणको उच्च जोखिममा छ् ।...
Copy link
Powered by Social Snap