ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ श्रावण १०, आईतवार
गृहपृष्ठ अर्थ दोधारा चाँदनीमा सनसेटद्वारा क्यान्सर पिद्धितलाई आर्थिक सहयोग

दोधारा चाँदनीमा सनसेटद्वारा क्यान्सर पिद्धितलाई आर्थिक सहयोग

महेन्द्रनगर । २७ चैत । कञ्चनपुरको दोधारा–चाँदनीमा सनसेट नेपाल संस्थाले क्यान्सर पिडित परिवारलाई आर्थिक सहयोग गरेको छ ।

होली खेलेर संकलन गरेको पैसाबाट सनसेट संस्थाले दोधारा–चाँदनी नगरपालिका वडा नं. २ का क्यान्सर पिडित मान बहादुर सार्कीलाई पाँच हजार पाँच सय पाँच रुपैँया आर्थिक सहयोग गरेको सनसेट नेपालका अध्यक्ष रमेश भण्डारीले बताए ।

‘हाम्रो सनसेटले दोधारा–चाँदनी नगर क्षेत्रमा नै होली खेलेर संकलन गरेको रकम मध्येबाट क्यान्सर पिडितको परिवारलाई उपचारमा केही हदसम्म भएपनि राहत मिलोस भनेर सहयोग गरेका हौं ।’ सनसेट नेपालका अध्यक्ष भण्डारीले भने ।

दोधारा–चाँदनीमा सनसेटले लामो समय देखि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । यस भन्दा अगाडीको समयमा पनि सनसेट संस्थाले विभिन्न पिडित तथा असहायहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ ।

 

ताजा समाचार

च्यात्तिएको त्रिपाल मुनीको बादी

‘पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जिवन निर्वाह गर्ने, नाच गाना गरि गुजारा चलाउने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनीहरुको...

कञ्चनपुरमा बेवारिसे शवको फेला

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ स्थित बैजनाथ मध्यवर्ती सामुदायिक वनमा सडे गलेको अवस्थामा बिहीबार साँझ फेला परेको बेवारिसे शवको अझै सनाखत हुन...

सुदूरपश्चीम प्रदेशमा साउनदेखी नै बजेट कार्यान्वयन गर्न निर्देशन

कञ्चनपुर । सुदूरपश्चीम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आर्थिक बर्ष २०७८/०८९ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मातहता निकायलाई निर्देशन दिएका छन् ।...

५३ वर्षपछि ओलम्पिकमा नेपाललाई पदक

 काठमाडौँ । ३२ औँ गृष्मकालीन ओलम्पिक शुक्रबारबाट जापानको टोकियोमा शुरू भएको छ। सन् २०२० मै हुनुपर्ने टोकियो ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि...