ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ बैशाख २८, मंगलवार
गृहपृष्ठ अन्तर्राष्ट्रिय तीन लिङ्ग भएको बच्चा जन्मियो

तीन लिङ्ग भएको बच्चा जन्मियो

संसारमा कहिलेकाहीँ अभूतपूर्व घटना हुन्छन् । मध्यपूर्वी मुलुक इराकमा हालै मानव इतिहासकै पहिलो र अनौठो घटना भएको छ । त्यहाँ तीनवटा यौनाङ्ग भएको बच्चा जन्मिएको छ ।

इराकको मोसुल सहरमा अनौठो शारिरीक विकृति सहितको बच्चा जन्मिएको हो। उक्त बच्चाको शरीरमा तीनवटा लिङ्ग भएको पाइएको छ ।

स्थानीय एक अस्पतालमा एक दम्पतीले उपचारका लागि हालै एकजना ३ महिने शिशु ल्याएका थिए। अण्डकोष सुन्निने समस्या देखिएपछि उनीहरुले आफ्नो छोरालाई उपचारका लागि अस्पताल ल्याएका थिए ।तर, जब डाक्टरहरुले सुन्निएको अण्डकोषको परीक्षण गरे, त्‍यहाँ त दुईवटा नयाँ लिङ्ग पलाउन थालेका रहेछन् ।

तीनवटा लिङ्गमध्ये एउटा आम मानिसमा हुने सामान्य आकार प्रकारको लिङ्ग छ । दोश्रो लिङ्ग चाँहि मूल लिङ्गको फेँदबाट पलाएको छ भने तेश्रो लिङ्ग अण्डकोषको थैली भित्रबाट पलाएको छ ।

चिकित्सा भाषामा यसलाई ट्राइफालिया भनिन्छ। विश्वमा कुनैपनि व्यक्तिमा तीनवटा लिङ्ग भएको पाइएको यो नै पहिलो घटना हो । तीनवटा यौनाङ्ग भएको बालक सम्बन्धि उक्त रिपोर्ट इन्टरनेशनल जर्नल अफ सर्जरी केशमा प्रकाशित भएको छ ।

डाक्टरहरुका अनुसार उक्त बच्चामा पलाएका दुईवटा अतिरिक्त लिङ्गहरु विकशित अवस्थामा थिएनन् र तिनमा युरेथ्रा लगायतका भाग पनि थिएनन् । त्यसैले डाक्टरहरुले ती दुई अतिरिक्त लिङ्गलाई शल्यक्रिया गरेर फ्याँकिदिए।  एजेन्सीको सहयोगमा

ताजा समाचार

संक्रमणको बेला दोधारा चाँदनीका स्वास्थ्यकर्मीहरु (फोटो फिचर)

पप्पु गुरुङ्ग, दोधारा । भारतमा कोरोना भाईरस संक्रमण बढ्नु र खुला सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले दोधारा चाँदनी नगरपालिकामा संक्रमणको उच्च जोखिममा छ् ।...

दोधारा चाँदनीमा कोरोना संक्रमण : एकै दिनमा ३८ जनामा पोजिटिभ

दोधारा । दोधारा चाँदनी नगरपालिकामा कोरोना संक्रमण उकालो लाग्दै गएको छ् । कोरोना संक्रमण परिक्षणको लागी आज बिहान पुगेको एन्टिजिन जाँचबाट ३८ जनामा कोरोना...

दोधारा चाँदनीमा तस्करलाई तह लगाउदै नेपाल प्रहरी : ब्राउन सुगर सहित २ जना पक्राउ

दोधारा । अहिले मानिसहरु कसरी ज्यान जोगाउने भन्ने बिषयमा सन्त्रासमा छ् । दोधारा चाँदनी नगरपालिका तथा नेपाल सरकारले कोरोना संक्रमणको चैन तोड्नको लागी लकडाउन...

दिनरात संक्रमितको उपचारमा खटिदै प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डा. चौधरी (भिडियो सहित)

पप्पु गुरुङ्ग, दोधारा । भारतमा कोरोना भाईरस संक्रमण बढ्नु र खुला सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले दोधारा चाँदनी नगरपालिकामा संक्रमणको उच्च जोखिममा छ् ।...
Copy link
Powered by Social Snap