ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ श्रावण १०, आईतवार
गृहपृष्ठ अतिरिक्त महेन्द्रनगरमा सामुदायिक प्रहरी र नार्कोनन नेपालको आयोजनामा लागुऔषध विरुद्ध सचेतना कार्यक्रम

महेन्द्रनगरमा सामुदायिक प्रहरी र नार्कोनन नेपालको आयोजनामा लागुऔषध विरुद्ध सचेतना कार्यक्रम

ऐश्वर्या कुवँर÷महेन्द्रनगर ।
१९ चैत ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको सामुदायिक प्रहरी सेवा केन्द्र कार्यक्रम तथा नार्कोनन नेपालको मुख्य आयोजनामा संञ्चालित लागु औषध बिरुद्धको सचेतना कार्यक्रम उद्मोग वाणिज्य संघको सभाहलका बिहिबार सम्पन्न भएको छ ।

बदलिदो सामाजिक परिवर्तन संगै समाजमा लागुऔषध दुव्र्यसन प्रयोगकर्ताको सख्या दिनप्रतिदिन बढ्दै गईरहेको नार्कोनन नेपालकी अध्यक्ष पुजा कुवँरले बताईन ।

लागुऔषध तथा कुलतमा फसेका व्यातिmहरुले अपराधिक क्रियाकलाप गर्ने भएकाले अभिभावकले आफ्ना छोरा छोरी कुन बाटो तिर हिडिरहेका छन् भन्ने कुरालाई विशेष महत्वमा राख्नुपर्नेमा उनले जोड दिईन् ।

नेपालमा रहेका अरु जिल्लाको तथ्याङ्क भन्दा सुुदुरपश्चिममा लागुऔषध प्रयोगकर्ताको संख्या बृद्धि भइरहेको र कञ्चनपुर छिमेकी राष्ट्र भारत संग सीमाना जोडिएको कारणले पनि लागुऔषध प्रयोगकर्ता अत्याधिक रुपमा बढिरहेको कुवँरले बताईन् ।

लागुऔषध न्युनिकरणका लागि नार्कोनन नेपालले लागुऔषध सम्बन्धि सचेतना कार्यक्रम संचालन गरेको बताईन् । लागुऔषध सेवनले समाजमा निम्त्याएको घरायसी किचलोका कारण सुर्खेत जिल्लाकी एक महिलाले ४ छोराछोरी सहित नदिमा हामफालेर ज्यान गुमाउनु परेको पिडा समेत उनले कार्यक्रममा स्मरण गराईन ।

नार्कोनन नेपालकी अध्यक्ष कुवँरले लामो समयसम्म लागुऔषध दुव्र्यसनमा फसेका व्याक्तिहरुका लागि काठमाडौंको कपन तथा बुढानिलकण्ठमा सुधारकेन्द्र संचालन गर्दै आईरहेको र हाल उक्त सुधारकेन्द्रमा कुलतमा फसेका एक सय भन्दा बढि विद्मार्थी रहेको जनाइन् ।

कार्यक्रमको अध्यक्ष तथा भीमदत्त नगरपालिकाकी उपप्रमुख शुसिला चन्द सिहंले पछिल्लो समयमा कञ्चनपुर प्रहरीले लागुऔषध विरुद्ध कञ्चनपुर जिल्लामा वृहत रुपमा सचेतना कार्यक्रम संचालन गर्दैै आइरहेकाले कञ्चनपुर प्रहरीलाई धन्यवाद ज्ञापन गरिन् ।

कार्यक्रममा विशिष्ठ अतिथि जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमा प्रशाद चर्तुरवेदी लगाएत ९ वटै स्थानिय तहका जनप्रतिनिधि, शिक्षक÷शिक्षिका, लगाएत नेपाल प्रहरीको उपस्थिती रहेको थियो ।

ताजा समाचार

च्यात्तिएको त्रिपाल मुनीको बादी

‘पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जिवन निर्वाह गर्ने, नाच गाना गरि गुजारा चलाउने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनीहरुको...

कञ्चनपुरमा बेवारिसे शवको फेला

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ स्थित बैजनाथ मध्यवर्ती सामुदायिक वनमा सडे गलेको अवस्थामा बिहीबार साँझ फेला परेको बेवारिसे शवको अझै सनाखत हुन...

सुदूरपश्चीम प्रदेशमा साउनदेखी नै बजेट कार्यान्वयन गर्न निर्देशन

कञ्चनपुर । सुदूरपश्चीम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आर्थिक बर्ष २०७८/०८९ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मातहता निकायलाई निर्देशन दिएका छन् ।...

५३ वर्षपछि ओलम्पिकमा नेपाललाई पदक

 काठमाडौँ । ३२ औँ गृष्मकालीन ओलम्पिक शुक्रबारबाट जापानको टोकियोमा शुरू भएको छ। सन् २०२० मै हुनुपर्ने टोकियो ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि...