ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ श्रावण १०, आईतवार
गृहपृष्ठ अपराध रिपोर्ट कञ्चनपुरमा हत्या विवादमा फरार प्रतिवादि ४१ बर्षपछि पक्राउ

कञ्चनपुरमा हत्या विवादमा फरार प्रतिवादि ४१ बर्षपछि पक्राउ

ऐश्वर्या कुवर ।महेन्द्रनगर चैत्र ३ कञ्चनपुर प्रहरीले कर्तब्य ज्यान मुद्धामा ४१ वर्ष सम्म फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।

उधारो भैसी किनेको १५सय नदिएको निहुमा कुटपिटबाट ज्वाई नाता पर्नेको मृत्यु भएपछि ४१ वर्ष फरार रहेका अभियुक्क्तलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

२०३६ फागुन ८ गते देखी फरार रहेका साबिकको परासन गा.बि.स वडा न. १च गाँउ बुद्दबस्ती बस्ने बर्ष ७६ का मनाङ तामाङ (लामा) लाई आफ्नै घरमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरी कारागार चलान गरीएको प्रहरीले जनाएको छ ।

अदालतमा पेश गरीएको सम्मानित अदालतबाट लामालाई कैद भुक्तानिको लागि कञ्चनपुर कारागार चलान गरीएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।

कर्तब्य ज्यान मुद्दामा फरार प्रतिवादि यस अघि सन१९६५(बिस.२०२१)मा मन्सुर तामाङको नाममा भारतिय सेनामा भर्ना भई १९७२(बिस.२०२८)मा बिमारी अवकास भई पेन्सन समेत लिनेगरेको कुरा प्रहरीले अनुसन्धान गरीरहेको प्रवक्ता थापाले बताए ।

ताजा समाचार

च्यात्तिएको त्रिपाल मुनीको बादी

‘पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जिवन निर्वाह गर्ने, नाच गाना गरि गुजारा चलाउने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनीहरुको...

कञ्चनपुरमा बेवारिसे शवको फेला

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ स्थित बैजनाथ मध्यवर्ती सामुदायिक वनमा सडे गलेको अवस्थामा बिहीबार साँझ फेला परेको बेवारिसे शवको अझै सनाखत हुन...

सुदूरपश्चीम प्रदेशमा साउनदेखी नै बजेट कार्यान्वयन गर्न निर्देशन

कञ्चनपुर । सुदूरपश्चीम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आर्थिक बर्ष २०७८/०८९ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मातहता निकायलाई निर्देशन दिएका छन् ।...

५३ वर्षपछि ओलम्पिकमा नेपाललाई पदक

 काठमाडौँ । ३२ औँ गृष्मकालीन ओलम्पिक शुक्रबारबाट जापानको टोकियोमा शुरू भएको छ। सन् २०२० मै हुनुपर्ने टोकियो ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि...