ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ बैशाख २७, सोमबार
गृहपृष्ठ राजनीति नेपाल राष्ट्रिय मगर संघको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन : सत्ताका लागि कांग्रेसले...

नेपाल राष्ट्रिय मगर संघको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन : सत्ताका लागि कांग्रेसले अपवित्र सम्झौता गर्नु हुदैन्

धनगढी । नेपाली कांग्रेसका नेता एनपी साँउदले सबै राजनीतिक दलहरु नि:शर्त रुपमा कांग्रेसको नेतृत्व स्वीकार गरेर एकतावद्ध नहुदा सम्म पार्टी सरकारमा जान नहुने बताएका छन् । नेपाल राष्ट्रिय मगर संघको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेस सरकारमा जानका लागी सबै राजनीतिक दलहरुले कांग्रेसको नेतृत्व नि:शर्त रुपमा स्वीकार गरेर एकतावद्ध हुनु पर्ने बताएका हुन् । ‘सबै राजनीतिक दलहरु जबसम्म नेपाली कांग्रेसलाई नि:शर्त नेताको रुपमा नेपाली कांग्रेसको झण्डा मुनी, नेतृत्व मुनी एकतावद्ध बन्न सक्दैनन् तब सम्म हामीले सत्तामा गएर हेर्नु पर्ने कुनै आवश्यकता छैन्’ नेता साँउदले भने । उनले कांग्रेसलाई अन्य दलहरु संग अपवित्र सम्झौता गरेर सरकारमा जानुपर्ने कुनै आवश्यकता नभएको पनि जिकिर गरे । ‘हतारमा सत्तामा जान अपवित्र सम्झौता गर्नु पर्ने नेपाली कांग्रेसलाई आवश्यकता छैन्’ साँउदले भने । उनले सत्तामा जानका लागि संविधानलाई चलाउने, संविधानलाई अस्थिर बनाउने र पार्टीको छविमा आँच आउने काम पार्टी नेतृत्वले गर्न नहुनेमा पनि जोड दिए । ‘अहिले हाम्रा अगाडी दुई वर्ष मात्रै छ् निर्वाचनका लागि । हामी संगठन निर्माणको अभियानमा लागि राखेका छौं । पार्टी रिभाइभ हुदैछ् । मान्छेहरु नेपाली कांग्रेसलाई आशा र भरोसाले हेर्दैछन् । यस्तो बेलामा हामीले सबै भन्दा पहिले नेपाली कांग्रेसलाई एकजुट राख्नुपर्छ’ साँउदले भने ।

ताजा समाचार

संक्रमणको बेला दोधारा चाँदनीका स्वास्थ्यकर्मीहरु (फोटो फिचर)

पप्पु गुरुङ्ग, दोधारा । भारतमा कोरोना भाईरस संक्रमण बढ्नु र खुला सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले दोधारा चाँदनी नगरपालिकामा संक्रमणको उच्च जोखिममा छ् ।...

दोधारा चाँदनीमा कोरोना संक्रमण : एकै दिनमा ३८ जनामा पोजिटिभ

दोधारा । दोधारा चाँदनी नगरपालिकामा कोरोना संक्रमण उकालो लाग्दै गएको छ् । कोरोना संक्रमण परिक्षणको लागी आज बिहान पुगेको एन्टिजिन जाँचबाट ३८ जनामा कोरोना...

दोधारा चाँदनीमा तस्करलाई तह लगाउदै नेपाल प्रहरी : ब्राउन सुगर सहित २ जना पक्राउ

दोधारा । अहिले मानिसहरु कसरी ज्यान जोगाउने भन्ने बिषयमा सन्त्रासमा छ् । दोधारा चाँदनी नगरपालिका तथा नेपाल सरकारले कोरोना संक्रमणको चैन तोड्नको लागी लकडाउन...

दिनरात संक्रमितको उपचारमा खटिदै प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डा. चौधरी (भिडियो सहित)

पप्पु गुरुङ्ग, दोधारा । भारतमा कोरोना भाईरस संक्रमण बढ्नु र खुला सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले दोधारा चाँदनी नगरपालिकामा संक्रमणको उच्च जोखिममा छ् ।...
Copy link
Powered by Social Snap