ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ बैशाख २७, सोमबार
गृहपृष्ठ अर्थ प्रेस युनियन कञ्चनपुरको वृहत जिल्ला भेला सम्पन्न, पाचँ सदस्यीय कार्यदल गठन

प्रेस युनियन कञ्चनपुरको वृहत जिल्ला भेला सम्पन्न, पाचँ सदस्यीय कार्यदल गठन

महेन्द्रनगर । २२ फागुन । नेपाल प्रेस युनियन कञ्चनपुरले शनिवार बृहत जिल्ला भेला सम्पन्न गरेको छ । नेपाली कांगेस कञ्चनपुरका पुर्व जिल्ला सभापति एवं संविधान सभा सदस्य बहादुर सिंह थापाको प्रमुख आतिथ्यमा उक्त भेला सम्पन्न भएको हो ।

नेपाल प्रेस युनियन कञ्चनपुरको आयोजनामा गरिएको उक्त कार्यक्रमले आगामी चैत्र महिनामा हुने पत्रकार महासंघ जिल्ला कार्य समितिको विभिन्न पदका लागि उम्मेद्वार टुङ्गो लगाउनका लागि छलफल प्रकृया अगाडी अढाएको हो ।
प्रेस युनियनमा आबद्द झण्डै ८० जनाको उपस्थितीले शनिवार पाँच सदस्यीय कार्यदल समेत गठन गरेको नेपाल प्रेस युनियन कञ्चनपुरका अध्यक्ष अमर बहादुर चन्दले बताए । उक्त कार्यदलको संयोजकमा बरिष्ठ पत्रकार लक्ष्मी दत्त जोशी रहेका छन् ।

युनियन भित्र अध्यक्ष तथा अन्य पदका आकांक्षी थुप्रै देखिए पनि कार्यदलले लिएको निर्णय सर्व स्विकार्य हुने कार्यक्रममा सहभागी सबैले प्रतिबद्धता जनाएका छन् ।

शनिवारको उक्त वृहत जिल्ला भेलामा स्थापना कालमा प्रेस युनियन संगै रहेर काम गर्दै आएका तर मध्य समयमा तत्कालिन प्रेस सेन्टर संग आवद्ध भएर काम गर्दै आएका पत्रकार तथा समाजसेवी अशाोक पाण्डेय र स्वतन्त्र पत्रकार संघ कञ्चनपुरका जिल्ला अध्यक्ष पुष्कर भट्टलाई कार्यक्रमका प्रमुख अतिथी थापाले टिका ग्रहण गराउदै प्रेस युनियन कञ्चनपुरमा स्वागत गरेका हुन् ।

अध्यक्ष अमर कहादुर चन्द सभापति रहेको कार्यक्रममा प्रमुख अतिथी संविधान सभा सदस्य बहादुर सिंह थापा, बिशिष्ठ अतिथी नेपाली कांग्रेस जिल्ला सचिव दिवाकर पाण्डेय, बिशिष्ठ अतिथीमै नेपाली कांग्रेस कञ्चनपुरका पुर्व पार्टी सह–सचिव मिन बहादुर सिंह, अतिथीहरुमा नेपाल ट्रेड युनियन कांग्रेस कञ्चनपुरका अध्यक्ष सुशिल भट्ट, नेपाल प्रेस युनियन कञ्चनपुरका संस्थापक अध्यक्ष माधव सिंह धामी, नेपाली कांग्रेस कञ्चनपुर जिल्ला सदस्य एवं प्रचार प्रसार विभाग प्रमुख चक्र महता, प्रेस युनियनका केन्द्रीय सदस्य हरिश भट्ट, बरिष्ठ पत्रकार चित्रांग थापा, कर्ण देव भट्ट, तेज सिंह भण्डारी लगायत प्रेस युनियनका नेता तथा कार्यक्रताको भेला रहेको थियो । उक्त कार्यक्रम सचिव मनोज भट्टले सञ्चालन गरेका थिए ।

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी चैत्र महिनामा हुने निर्वाचनका लागि चुनावी अधिवेशन सुरु भए संगै जिल्लाका पत्रकारहरु आन्तरिक भेला, छलफल तथा अन्र्तक्रियामा लागेका हुन् ।

ताजा समाचार

संक्रमणको बेला दोधारा चाँदनीका स्वास्थ्यकर्मीहरु (फोटो फिचर)

पप्पु गुरुङ्ग, दोधारा । भारतमा कोरोना भाईरस संक्रमण बढ्नु र खुला सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले दोधारा चाँदनी नगरपालिकामा संक्रमणको उच्च जोखिममा छ् ।...

दोधारा चाँदनीमा कोरोना संक्रमण : एकै दिनमा ३८ जनामा पोजिटिभ

दोधारा । दोधारा चाँदनी नगरपालिकामा कोरोना संक्रमण उकालो लाग्दै गएको छ् । कोरोना संक्रमण परिक्षणको लागी आज बिहान पुगेको एन्टिजिन जाँचबाट ३८ जनामा कोरोना...

दोधारा चाँदनीमा तस्करलाई तह लगाउदै नेपाल प्रहरी : ब्राउन सुगर सहित २ जना पक्राउ

दोधारा । अहिले मानिसहरु कसरी ज्यान जोगाउने भन्ने बिषयमा सन्त्रासमा छ् । दोधारा चाँदनी नगरपालिका तथा नेपाल सरकारले कोरोना संक्रमणको चैन तोड्नको लागी लकडाउन...

दिनरात संक्रमितको उपचारमा खटिदै प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डा. चौधरी (भिडियो सहित)

पप्पु गुरुङ्ग, दोधारा । भारतमा कोरोना भाईरस संक्रमण बढ्नु र खुला सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले दोधारा चाँदनी नगरपालिकामा संक्रमणको उच्च जोखिममा छ् ।...
Copy link
Powered by Social Snap