ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ आश्विन १७, सोमबार
गृहपृष्ठअर्थगड्डाचौकी नाका पुर्ण रुपमा नखुले चरणबद्ध आन्दोलन गर्ने महेन्द्रनगरका व्यापारीहरुको चेतावनी

गड्डाचौकी नाका पुर्ण रुपमा नखुले चरणबद्ध आन्दोलन गर्ने महेन्द्रनगरका व्यापारीहरुको चेतावनी

ऐश्वर्या कुवर ।२१ फागुन । महेन्द्रनगर । उद्योग वाणिज्य सघं कञ्चनपुरले गड्डाचौकी नाका वैधानिक रुपमा खोल्नु पर्ने माग राख्दै बिरोध जनाएको छ ।

उद्योग वाणिज्य सघंको सभाहलमा शुक्रबार बसेको व्यापारीहरुको छलफलमा कोरोना भाईरसका कारण विगत लामो समय देखि बन्द रहेको कञ्चनपुर जिल्लाको एकमात्र व्यापारीक नाका गडचौकी पुर्ण रुपमा खोलिनु पर्ने भन्दै बिरोध गर्नु पर्ने जनाएका हुन ।

उद्योग वाणिज्य कञ्चनपुरका अध्यक्ष जंग बहादुर मल्लको अध्यक्षतामा बोलाएको उक्त छलफलमा निर्वाद रुपमा गड्डाचौकी नाका नखुले व्यापारीहरुले आन्दोलन गर्नुको बिकल्प नरहेको जनाए ।

बिरोध छलफलमा बोल्दै होटल व्यावसायी संघ कञ्चनपुरका अध्यक्ष जगदिश चन्द्र भट्ट लगायत विभिन्न व्यावसायीहरुले सरकारले सुदुरपश्चिमलाई हेपेको आरोप लगाए । ‘सुदुरपश्चिम पछाडी पर्नुको मुख्य कारण यँहाका नेता, माननियहरु कमजोर भएकोले गर्दा हो ।’ अध्यक्ष भट्टले भने ‘ गड्डाचौकी नाका पनि खुल्न नसक्नुमा नेताहरु नै दोषी हुन् ।’निवर्तमा अध्यक्ष प्रमान्द भन्डारीले आफुहरुले पटक–पटक जिल्ला प्रशासन कार्यालय लगायत प्रमुख जिल्ला अधिकारी मार्फत प्रधान मन्त्रीलाई समेत ज्ञापन पत्र बुझाइ सकेको र आफ्ना मागहरु प्रती जिम्मेवार निकाय बाट कुनै चासो नदेखिएको जनाए ।

अब हामी चरणवद्ध आन्दोलनमा जान्छौं । यो समय खुट्टा कमाउने होईन हिम्मतका साथ चरणवद्ध आन्दोलन गर्ने हो । तसर्थ हामी आन्दोलन गर्छौ ।’ निवर्तमान अध्यक्ष भण्डारीले भने ।

बिरोध छलफलमा यातायात व्यावसायी,होटल व्यावसायी,उद्योग वाणिज्य संघका पदाधिकारीहरु लगाएतको बाक्लो उपस्थिति रहेको थियो ।

ताजा समाचार