ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ आश्विन १०, आईतवार
गृहपृष्ठ अर्थ स्वदेशमै रोजगारीको आयामः कुतियाकबरको तरकारीले किन पाएन बजार ?

स्वदेशमै रोजगारीको आयामः कुतियाकबरको तरकारीले किन पाएन बजार ?

भुपेन्द्र ओली ।

दोधारा १७ फागुन । घर परिवार पाल्नका लागि रोजगारीको खोजीमा बर्सौ देखि भारतका विभिन्न शहरमा पसिना बगाउदै आएका दोधारा–चाँदनी नगरपालिका–१० कुतीयाकबरका युवाहरुले कोरोेना भाइरसको महामारीको समय अर्थात लकडाउन देखि आफ्नै गाउँको जग्गामा तरकारी खेती गर्दै आएका छन् ।

नेपाल–भारतको सीमा क्षेत्र नजिकै रहेको उनीहरुको गाउँ कुतियाकबरले भारतको विभिन्न शहरहरुमा जिविको पार्जनका लागि काम गर्दै आएका युवाहरुलाई आठ महिना यता आफ्नै भूमिमा मेहनत गरिरहेको पाएको छ । कोरोनाको महामारीले गर्दा भारतमा गर्दै आएको जागिर छुटे पछि घर फर्किएका युवाहरुले आफु संग भएको सानो–तिनो पैसा र ऋण निकालेर गाउँका ७/८ जना मिलेर तरकारी खेती गर्दै आएका छन् ।

कुतियाकबरका पुरन बहादुर सुनार लगायतका युवाहरु आफ्नै गाउँमा तरकारी खेती गर्दै आएका हुन् । आफु संगभएको पैसा र बाँकि ऋणको जोहो गर्दै तरकारी खेती सुरुवात गरेको अनुभव सुनाउछन्, पुरन । ‘ऋण नै निकालेर मोटरसाइकल पनि किन्यौं ।’ सुरुवाती चरणमा दैनिक एक हजार देखि पन्ध्र सय सम्म आम्दानी हुने गरेको युवाहरुले बताएका छन् ।
आफ्नो ठाउँमै केहि गरौं भन्ने भावका साथ तरकारी खेती सुरु गरेका दोधारा–चाँदनीको कुतियाकबरबासी युवाहरु बताउछन् ।

लकडाउनले आफ्नै ठाँउ केहि काम गर्नका लागि उर्जा प्रदान गरेको उनीहरुको कथन छ । सबै युवाहरु आफ्नो गाँउमै स्वरोजगारको आयाम खोजिरहेका छन् । उक्त तरकारी व्यवसायबाट ७/८ जनाले युवाहरुले दैनिक चार घण्टा मात्रै काम गरेर १५ सय सम्म लाभ लिन सक्षम भएका छन् ।

उत्पादन संगै समस्याः
युवाहरुले तरकारी खेती सुरु गरेको झण्डै आठ महिना भइसकेको छ । यो अवधीमा उनीहरुले थुप्रै समस्याहरु पनि झेल्नु परेको छ । पहिलो समस्या त दोधारा–चाँदनीमा बजारको अभाव हो । दैनिक रुपमा एक देखि दुई क्विन्टल सम्म सम्म तरकारी उत्पादन गर्दै आएका युवाहरुले दोधारा–चाँदनी मै बजार नपाएको गुनासो गरे ।

बजार खोज्नका लागि झण्डै २० किलोमिटरको यात्रा गरेर महेन्द्रनगर बजार पुगिन्छ । महेन्द्रनगरमा उक्त तरकारीको बजार खोज्न पुगेका युवाहरुलाई अल्झाउने काम नेपाल प्रहरी र शसस्त्र प्रहरीबाट हुने गरेको पाइन्छ ।

मोटरसाइकलमा तरकारी बोकर बजार खोज्न आउदा प्रहरी र शसस्त्रले बिचबाटो मै रोकेर समस्या पैदा गर्ने गरेको देब बहादुर सुनारको गुनासो छ । ‘हामी तरकारी बोकेर बिहानै हिड्छौ, प्रहरी र शसस्त्रले रोकेर भारतबाट ल्याएको तरकारी भन्दै दुःख दिन्छन्,’ उनले भने ।

यो वा त्यो बाहनामा सुरक्षा निकायका पदाधिकारीबाट आफुहरुले दुःख पाउने गरेको कुतीयाकवरका ती उद्यमी कृषक युवाहरुको गुनासो छ । सुरक्षा निकायका पदाधिकारीहरुले तरकारी फर्मको बिल वा वडा/नगरपालिकाको सिफारिस कहाँ छ ? भन्ने बाहाना देखाएर मोटरसाइकल सहितको तरकारी जफत गर्ने गरेको बिनोद बुढाको आरोप छ ।

ती उद्यमी युवाहरुले न, त तरकारी फर्म नै दर्ता नगरेका छन्, न त उक्त कारोबार गर्दै आएको भन्ने वडा/नगरपालिकाको सिफारिस नै बनाएका छन् । कागजात बिना नै तरकारी व्यवसाय तथा ओसार–पसार गर्दै आएका युवाहरुलाई बजार सम्म पुग्न समस्या परेको पाइन्छ ।

सुरक्षा निकायका अनुसार दैनिक रुपमा धेरैजसो व्यक्तिहरु भारतबाट तरकारी ल्याएर नेपाली बजारमा बेच्दै आएका कारण अप्ठेरो भएको हो । ‘उनीहरु संग तरकारी फर्म अर्थात कुनै स्थानीय निकायको सिफारिस पत्र नै नभएका कारण हामीलाई पनि समस्या भएको छ ।’ इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीले बताएको छ ।

कुतियाकवरका ती कृषकहरुले आफुहरुले उत्पादन गरेको तरकारीले बजार पाउनु पर्ने र सुरक्षा निकायका पदाधिकारीहरुले अनायसै दुःख दिन काम बन्द गरिदिनहुनका लागि अपिल गरेका छन् ।

ताजा समाचार

कांग्रेस नगर अधिवेशनः भीमदत्तमा कस्ले मार्ला बाजी ? यस्तो छ, समिकरण !

महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गगत भोली (शनिवार) नगर/गाँउ अधिवेशन हुन गइरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नगर सभापति लयागतको कार्य समितिका...

कञ्चनपुरमा कुपोषित बालबालिकाको तथ्यांक संकलनः दुई महिनामा ६ सयमा भेट्टियो कुपोषण

ऐश्वर्या कुवँर । कञ्चनपुरमा कुपोषण बालबालिकाको सख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ ।स्वास्थ्य कार्यालय कञ्चनपुरले गरेको सर्वेक्षणमा साउँन र भाद्र महिनामा ६ सय दुई जना बालबालिकाहरु...

कञ्चनपुरमा कुपोषित बालबालिकाको खोजि द्रुत गतिमा अगाडि बढ्दै

ऐश्वर्या कुवँर महेन्द्रनगर ।कञ्चनपुरमा कुपोषण बालबालिकाको सख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ ।स्वास्थ्य कार्यालय कञ्चनपुरले गरेको सर्वेक्षणमा साउँन र भाद्र महिनामा ६ सय दुई जना...

कोरोनाका कारण सवारी साधनको लिलाम खुल्न नसकेको कञ्चनपुर भन्सार कार्यालयको दाबी

ऐश्वर्या कुवँर महेन्द्रनगर । कञ्चनपुमा चोरी पैठारी लगायतका विभिन्न मुद्धाहरुमा पक्राउ परेका सवारी साधनको (मोटरसाइकल÷जीप,कार) लिलाम प्रक्रिया अगाडी बढ्न सकेको छैन् । उक्त सवारी साधनहरुको...