ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ बैशाख २७, सोमबार
गृहपृष्ठ अपराध रिपोर्ट दार्चुलाको शैल्यशिखरका मेयरलाई डीएसपी बिष्टको धम्कीः तेरा जनताको छाला निकाल्छु

दार्चुलाको शैल्यशिखरका मेयरलाई डीएसपी बिष्टको धम्कीः तेरा जनताको छाला निकाल्छु

महेन्द्रनगर । दार्चुलाको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिंह धामीलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पदम बिष्टले शरिरको छाला निकाल्ने धम्की दिएका छन् ।

शैल्यशिखर नगरपालिका वडा नं. १ बलाँचमा रहेको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको बिजुली बत्ती आफुहरुले बाल्न नपाएको भन्दै बगौरा क्षेत्रका स्थानीयले तीन दिन देखि लगातार आन्दोलन गर्दै आएका छन् । सोही सन्दर्भमा स्थानीयले गरेको आन्दोलनलाई तत्काल रोक्न लगाउन भन्दै दार्चुलाका प्रहरी प्रमुख बिष्टले आन्दोलनरत स्थानीयको र आफ्नो शरिरको छाला निकाल्ने धम्की दिएको नगर प्रमुख धामीको आरोप छ ।

‘मेयर साप तेरा जनताको आन्दोलन रोकिएन भने तेरा जनतालाई पुलिस लगेर हत्गडी लगाएर शरिरको छाला निकाल्छु भनेर मलाई फोनमा डिएसपी बिष्टले धम्काएको छ।’ नगर प्रमुख धामीले आभाषकुञ्ज संग भने । आफ्नै क्षेत्रमा रहेको बिजुली आफुहरुले नै प्रयोग गर्न नपाएको भन्दै स्थानीयहरु आन्दोलित छन् ।

दार्चुलाका प्रहरी प्रमुख बिष्ट भने आफुले नगर प्रमुख धामीलाई नधम्काएको दाबी गर्छन् । उनले भने–‘बगौरामा स्थानीयले अराजक आन्दोलन गरेपछि पुरै दार्चुला जिल्लाको विद्युत नै अवरुद्ध भएको छ ।’ उनले थपे–‘३३ के.भी. लाइन आन्दोलनकारीले बन्द गर्दा पुरै जिल्ला अन्धकार बनेको हुँदा मैले मेयर सापलाई आन्दोलनकारीलाई सम्हाल्न मात्रै भनेको हुँ, बाँकी केहि भनेको छैन ।’

 

ताजा समाचार

संक्रमणको बेला दोधारा चाँदनीका स्वास्थ्यकर्मीहरु (फोटो फिचर)

पप्पु गुरुङ्ग, दोधारा । भारतमा कोरोना भाईरस संक्रमण बढ्नु र खुला सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले दोधारा चाँदनी नगरपालिकामा संक्रमणको उच्च जोखिममा छ् ।...

दोधारा चाँदनीमा कोरोना संक्रमण : एकै दिनमा ३८ जनामा पोजिटिभ

दोधारा । दोधारा चाँदनी नगरपालिकामा कोरोना संक्रमण उकालो लाग्दै गएको छ् । कोरोना संक्रमण परिक्षणको लागी आज बिहान पुगेको एन्टिजिन जाँचबाट ३८ जनामा कोरोना...

दोधारा चाँदनीमा तस्करलाई तह लगाउदै नेपाल प्रहरी : ब्राउन सुगर सहित २ जना पक्राउ

दोधारा । अहिले मानिसहरु कसरी ज्यान जोगाउने भन्ने बिषयमा सन्त्रासमा छ् । दोधारा चाँदनी नगरपालिका तथा नेपाल सरकारले कोरोना संक्रमणको चैन तोड्नको लागी लकडाउन...

दिनरात संक्रमितको उपचारमा खटिदै प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डा. चौधरी (भिडियो सहित)

पप्पु गुरुङ्ग, दोधारा । भारतमा कोरोना भाईरस संक्रमण बढ्नु र खुला सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले दोधारा चाँदनी नगरपालिकामा संक्रमणको उच्च जोखिममा छ् ।...
Copy link
Powered by Social Snap