ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ बैशाख २८, मंगलवार
गृहपृष्ठ अन्तर्राष्ट्रिय बेलायतले दियो फाइजरको कोरोना विरूद्धको खोप आमनागरिकलाई लगाउने अनुमति

बेलायतले दियो फाइजरको कोरोना विरूद्धको खोप आमनागरिकलाई लगाउने अनुमति

एजेन्सी । बेलायतले फाइजर बायोएनटेक कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको खोप प्रयोग गर्न अनुमति दिएको छ। योसँगै उक्त खोपलाई आम प्रयोगका लागि अनुमति दिने बेलायत पहिलो राष्ट्र बनेको छ।

बुधबार मेडिसिन एन्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए)ले कोरोना भाइरसविरूद्ध ९५ प्रतिशत प्रभावकारी भएको र प्रयोग गर्न अनुमति दिएको हो।

उच्च जोखिममा रहेका समुहहरूलाई खोप दिने काम केही दिनमा सुरू गरिने बिबिसीले जनाएको छ। बेलायत सरकारले खोपको ४ करोड डोज अर्डर गरेको छ। दुई डोज लगाउनु पर्ने उक्त खोप २ करोड बेलायतीलाई पुग्नेछ।

सुरूआती केही दिनमा १ करोड डोज छिट्टै उपलब्ध हुनेछ। फाइजरले अहिलेसम्मकै छोटो समयमा खोप बनाएको हो। यसले १० महिनामा खोप तयार पारेको हो। यसअघि खोप बनाउन वर्षौं लाग्ने गर्थ्यो।

खोप प्रयोग गर्न दिइने भएपनि मानिसहरूले कोरोनाभाइरसबाट जोगिन हुन जरूरी छ। त्यसको लागि भौतिक दूरी कायम राख्ने, मास्क लगाउनु पर्ने विज्ञहरूले बताएका छन्।

फाइजरले अमेरिका र युरोपियन युनियनका अरू मुलुकमा पनि अनुमतिका लागि निवेदन दिएको छ।

कोरोना भ्याक्सिनबारे थाहा पाउनु पर्ने १० कुरा

झन्डै एक वर्षदेखि कोरोनाभाइरसको महामारी भोगेर र यसबारे सुनेर आजित भएका तपाईं(हामीले केही दिनयता निकै आशा लाग्दा खबर सुनिरहेका छौं।
संसारभरका साढे पाँच करोड मानिसमा संक्रमण भएको र १३ लाख बढी मानिसको ज्यान लिएको कोभिड(१९ विरूद्ध विभिन्न कम्पनीहरूले बनाएका भ्याक्सिन अन्तिम चरणमा पुगेका छन्।

तीमध्ये अहिलेसम्म दुइटा भ्याक्सिनले तेस्रो चरणको परीक्षणको तथ्यांक सार्वजनिक गरेका छन्। कोभिडविरूद्ध ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएका ती भ्याक्सिनले संसारभरि नयाँ आशा र भरोसा जगाएका छन्।

कोभिड(१९ विरूद्धका भ्याक्सिनहरू अन्तिम चरणमा पुगे पनि तपाईं(हामीसम्म आइपुग्न भने अझै केही महिना लाग्न सक्छ। नेपालजस्ता साना र गरिब मुलुकमा कोरोना भ्याक्सिन सर्वसुलभ रूपमा उपलब्ध हुन अझै धेरैथोक गर्न बाँकी छ।

कोभिड(१९ विरूद्धका भ्याक्सिन कसरी बनिरहेका छन् र कहिले सर्वसुलभ हुन्छन् भन्नेबारे विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका विवरणमा आधारित भएर सेतोपाटीले १० बुँदे ब्रिफिङ तयार पारेको छः

१. समय

अहिलेसम्म भ्याक्सिन बनाउन वर्षौं लाग्थ्यो। धेरैजसो भ्याक्सिन बनाउन १० वर्षभन्दा बढी समय पनि लागेको छ। सबैभन्दा छिटो बनाएको मम्प्स (गाला फुल्ने) विरूद्धको भ्याक्सिन तयार हुन चार वर्ष लागेको थियो।

कोरोना भाइरस विरूद्धको भ्याक्सिनले भाइरसको जेनोम सार्वजनिक भएको १ वर्ष नपुग्दै तयार भएर मानिसमा लगाउन अनुमति पाउने निश्चित छ। अहिलेसम्म सिनोभ्याक, मोडेर्ना, स्पुतनिक भी, फाइजररबायोएनटेक, नोभाभ्याक्स, अष्ट्राजेन्कार अक्स्फोर्ड र जोन्सन एन्ड जोन्सनले बनाइरहेका भ्याक्सिन तेस्रो चरणमा पुगेका छन्।

२. नयाँ प्रविधि

भ्याक्सिन बनाउने अहिलेसम्मको तरिका कमजोर बनाइएको भाइरस वा ब्याक्टेरियालाई शरीरमा हाल्ने थियो। कमजोर पारिएको भाइरस हालेकाले भ्याक्सिन लगाएको व्यक्ति बिरामी पर्दैन तर भाइरसको कमजोर पारिएकै अंश पनि शरीरका लागि बाहिरी कुरा भएकाले प्रतिरक्षा प्रणालीले त्यसमा प्रतिक्रिया जनाउँछ र त्यसविरूद्ध लड्ने हातहतियारको बन्दोबस्त गर्थ्यो। पछि त्यही भाइरस शरीरमा आए भ्याक्सिनपछि तयार पारेका हतियार प्रयोग गरेर त्यसलाई परास्त गर्छ भनेर यो विधि प्रयोग गरिन्थ्यो।
अहिले कोभिड(१९ का विरूद्ध अन्तिम चरणमा रहेका भ्याक्सिनमध्ये फाइजर र मोडेर्नाले भाइरसको अंश नहालेर मेसेन्जर आरएनए प्रयोग गरेका छन्।

यिनीहरूले भ्याक्सिनमा म्यासेन्जर(सन्देशवाहक) आरएनए हालेर शरीरमा पठाएपछि शरीरले आफैं स्पाइक प्रोटिन बनाउँछ र त्यो स्पाइक प्रोटिनका विरूद्ध प्रतिरक्षा प्रणालीले आक्रमण गर्छ र हतियारको बन्दोबस्त गर्छ भन्ने सिद्धान्तमा आधारित भएर यो विधि प्रयोग गरेका हुन्।

ताजा समाचार

संक्रमणको बेला दोधारा चाँदनीका स्वास्थ्यकर्मीहरु (फोटो फिचर)

पप्पु गुरुङ्ग, दोधारा । भारतमा कोरोना भाईरस संक्रमण बढ्नु र खुला सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले दोधारा चाँदनी नगरपालिकामा संक्रमणको उच्च जोखिममा छ् ।...

दोधारा चाँदनीमा कोरोना संक्रमण : एकै दिनमा ३८ जनामा पोजिटिभ

दोधारा । दोधारा चाँदनी नगरपालिकामा कोरोना संक्रमण उकालो लाग्दै गएको छ् । कोरोना संक्रमण परिक्षणको लागी आज बिहान पुगेको एन्टिजिन जाँचबाट ३८ जनामा कोरोना...

दोधारा चाँदनीमा तस्करलाई तह लगाउदै नेपाल प्रहरी : ब्राउन सुगर सहित २ जना पक्राउ

दोधारा । अहिले मानिसहरु कसरी ज्यान जोगाउने भन्ने बिषयमा सन्त्रासमा छ् । दोधारा चाँदनी नगरपालिका तथा नेपाल सरकारले कोरोना संक्रमणको चैन तोड्नको लागी लकडाउन...

दिनरात संक्रमितको उपचारमा खटिदै प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डा. चौधरी (भिडियो सहित)

पप्पु गुरुङ्ग, दोधारा । भारतमा कोरोना भाईरस संक्रमण बढ्नु र खुला सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले दोधारा चाँदनी नगरपालिकामा संक्रमणको उच्च जोखिममा छ् ।...
Copy link
Powered by Social Snap