ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ आश्विन १०, आईतवार
गृहपृष्ठ मुख्य समाचार दोधारामा एसएसबीले दशगजाको बाटो रोक्यो : एसएसबीले गोली प्रहार गर्न खोजेपछि बिबाद

दोधारामा एसएसबीले दशगजाको बाटो रोक्यो : एसएसबीले गोली प्रहार गर्न खोजेपछि बिबाद

पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिका ८ सुन्दरनगरमा भारतिय सिमा सुरक्षा बल (एसएसबी) ले नेपाल–भारत सिमा क्षेत्रको दशगजा क्षेत्रको बाटोमा अबरोध गरेपछि बिबाद श्रजना भएको छ् । सिमा क्षेत्रमा हिड्दै गरेको बाटोमा पानी हालेर रोक लगाउने एसएसबीले प्रयास गरेपछि स्थानियहरुले बिरोध जनाएका छन् । बिरोध गरेको अवस्थामा एसएसबीले मोवाईलबाट भिडियो बनाउदै गर्दा स्थानियहरुले मोवाईल खोसेका थिए । एसएसबीले नेपालीहरुले हतियार खोसेको आरोप लगाउदै गोली प्रहार गर्न उनिहरु संग रहेको ईन्सास राईफल ‘कक’ गरे गोली प्रहार गर्न तयार भएको स्थानियहरुले बताएका छन् ।

एसएसबीले गोली हान्न तयार भएपछि स्थानीय युवा र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बिचच झडप हुने अवस्था श्रजना भएको बताईएको छ् । एसएसबीले दशगजा क्षेत्रमा रहेको बाटोमा ट्युबेलबाट पानी हालेर हिड्न नसकिने बनाएपछि विवाद चुलिएको हो । स्थानीयबासीहरुले दशगजाको बाटोमा ट्युबेलबाट पानी लगाएपछि बिबाद चर्किएको स्थानियबासी नरेश भट्टले बताएका छन् । हतियार सहित दशगजा क्षेत्रमा पुगेका १२/१५ भारतिय सिमा सुरक्षा बल एसएसबी र स्थानियको बिबादमा एसएसबी एक जवानले मोवाईलबाट भिडियो लिन थालेपछि थप बिबाद उब्जीएको हो । स्थानियहरुले मोवाईलमा भिडियो बनाउदै गरेको एसएसबीको मोवाईल नियन्त्रणमा लिएका थिए ।

भिडियो काट्न आग्रह गर्दा नमाने पछि मोवाईल नियन्त्रणमा लिईएको स्थानिय नेरेश भट्टले बताएका छन् । माहाकाली नगरपालिका वडा नं. ८ सुन्दरनगरको नेपाल–भारत पिल्लर नम्वर १७ र १८ को बिच भएको एसएसबी र स्थानिय युवा बिच भएको बिबादमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको अधिकारी तथा जवान र माहाकाली नगरपालिका वडा नं. ८ का अध्यक्ष ओम प्रकाश रोकाया पुगेका थिए । केही समय सिमा क्षेत्रको स्थिती तनाव रहेको थियो । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले सिमा क्षेत्रको दशगजाको बाटोमा ट्युबेलबाट पानी हालेर हिड्न असजिलो भएको भन्दै स्थानियहरुले बिरोध गरेको बताएका छन् । बिबाद श्रजना भएको खबर पाउना साथ ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको टोली, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी र माहाकाली नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष ओंम प्रकाश रोकाया नेपाल–भारतको दशगजा क्षेत्रमा पुगेका थिए । माहाकाली नगरपालिका वडा नं. ८ का वडा सदस्य जय बहादुर खड्काका अनुसार दशगजा क्षेत्रमा भारतिय नागरिकलाई एसएसबीले ट्युबेलबाट पानी हालेर हिड्न नमिल्ने बनाएपछि बिबाद श्रजना भएको र केही समय स्थिती तनाव भएको बताएका छन् । बिहान करिब ९ बजे सुरुभएको बिबादले तनावकोरुप लिन थालेपछि स्थानियबसीहरुले नेपाली सुरक्षाकर्मी र जनप्रतिनिधीलाई बोलाएका थिए । आजै बिबादलाई साम्य गर्नका नेपाल सशस्त्र प्रहरी सिमा सुरक्षा प्रहरी बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरीक्षक कृष्ण बोहोरा, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बम, माहाकाली नगरपालिका वार्ड नं. ८ का वडा अध्यक्ष ओम प्रकाश रोकाया, स्थानीय तथा भारतीय सिमा सुरक्षा बल एसएसबी मेजर उज्जवल सिंह बिच छलफल र सहमती भएको थियो । छलफलमा दुवै पक्षबाट आगामी दिनहरुमा सिमा क्षेत्रमा यस्ता गल्ति नगर्ने कुरामा सहमती भएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले जनाएको छ् । स्थानीयले भारतिय सुरक्षाकर्मीहरुले विना कारण दु:ख दिदै आएको भन्दै आक्रोशित भएका छन् ।

ताजा समाचार

कांग्रेस नगर अधिवेशनः भीमदत्तमा कस्ले मार्ला बाजी ? यस्तो छ, समिकरण !

महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गगत भोली (शनिवार) नगर/गाँउ अधिवेशन हुन गइरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नगर सभापति लयागतको कार्य समितिका...

कञ्चनपुरमा कुपोषित बालबालिकाको तथ्यांक संकलनः दुई महिनामा ६ सयमा भेट्टियो कुपोषण

ऐश्वर्या कुवँर । कञ्चनपुरमा कुपोषण बालबालिकाको सख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ ।स्वास्थ्य कार्यालय कञ्चनपुरले गरेको सर्वेक्षणमा साउँन र भाद्र महिनामा ६ सय दुई जना बालबालिकाहरु...

कञ्चनपुरमा कुपोषित बालबालिकाको खोजि द्रुत गतिमा अगाडि बढ्दै

ऐश्वर्या कुवँर महेन्द्रनगर ।कञ्चनपुरमा कुपोषण बालबालिकाको सख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ ।स्वास्थ्य कार्यालय कञ्चनपुरले गरेको सर्वेक्षणमा साउँन र भाद्र महिनामा ६ सय दुई जना...

कोरोनाका कारण सवारी साधनको लिलाम खुल्न नसकेको कञ्चनपुर भन्सार कार्यालयको दाबी

ऐश्वर्या कुवँर महेन्द्रनगर । कञ्चनपुमा चोरी पैठारी लगायतका विभिन्न मुद्धाहरुमा पक्राउ परेका सवारी साधनको (मोटरसाइकल÷जीप,कार) लिलाम प्रक्रिया अगाडी बढ्न सकेको छैन् । उक्त सवारी साधनहरुको...