ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ जेष्ठ ७, शनिबार
गृहपृष्ठमुख्य समाचारदोधारा चाँदनीको बादी टोलमा ‘रोग भन्दा भोक प्यारो’

दोधारा चाँदनीको बादी टोलमा ‘रोग भन्दा भोक प्यारो’

‘मुलुकको नीति नियम बनाउने नेता, सभासद देखि त्यसको कार्यान्वयन गर्ने प्रशासकहरु सम्म उनैको घर आँगनको छेउबाट दौडिन्छन् । तर बादी महिलाको जिवन परिवर्तनको यात्रा तय गर्न कसैले ध्यान दिएका छैनन् । बादी बस्तीको पीडा घट्नु साटो झन् झन् बढ्दो छ् । देशकै सबै भन्दा पछाडि परेको र सबै भौतिक हक तथा सुविधाबाट वञ्चित भएका छन् बादी समुदाय । जनसंख्याका हिसाबले पनि सबै भन्दा सानो मध्यको समुदायको आनीबानी भने अरुको भन्दा पृथक् छ् । अभावै अभाव झेल्दै र सहदै आएका माहाकाली नगरपालिकाका बादी परिवार अहिलेको जस्तो मनपरीको अवस्थामा पनि कतै कसैको घर जग्गा कब्जा गर्नेका भीडमा मिसिन चाहदैनन् । न त उनीहरु आफनो पीडालाई आन्दोलन र विद्रोह बीउनै बनाउने कुरा सोच्छन’

पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिकाकी सपना बादी बिहान हुने बित्तिकै गाँउ बूतीमा माग्नको लागि तरखर सूरु हुन्छ् । माहाकाली नगरपालिकाको गाँउ, बस्तीमा पुग्दा नपुग्दै घाम चर्किसकेको हुन्छ । दिनभरी गाँउ बस्ती मागेर साँझ घर फर्किनुपर्छ । माहाकाली नपा – ६ बादी बस्तीको एक बादी महिला सपना बादीको दैनिकी यस्तै बन्दै गएको छ् । दिनभरी गाँउ बस्तीमा चाहारेर संकलन भएको अन्न पात लिएर अबेर राती मात्रै घर फर्किने गर्छन उनि । उमेरले २५ वर्षका सपना बादी माहाकाली नगरपालिकाको बिभिन्न वडा टोलमा माग्न नगए उनको घरमा आँगनको धुलोमा खेलेर बसेका छोराछोरीको मुखमा माँड लगाउन कठीन छ् । सपना बादी जस्तै अरु बादी महिलाहरु दुख उस्तै छ् । बस्तीमा मागेर गुजार नचलेपछि झण्डै ५ बादी घरपरिवार बिस्तापित भई भारतको बिभिन्न स्थानमा मजुरी गरि दिनचर्या बिताउदै आएका छन् । माहाकाली नगरपालिका नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले ३ पटक राहत दिएको सपना बादी बताउछन् । तर राहत दिएर मात्रै समस्याको हल नभएको सपनाको भनाई छ् । रोजगारीको ब्यवस्था गरिदिएको भए जिवन सहज हुने उनि बताउछन् । सपनाको श्रीमान भारतको श्रीनगरमा ज्याला मजुरी गर्न गएको कोरोना भाईरसको कारण उतै फसेका छन् । २ सन्न्तानका आमा सपना गाँउ बस्तीमा माग्न जाँदा गाँउलेहरुले गाली गर्ने बताउछन् । बिहानै उठेर खानेकुरा बनाएपछि बालबालिकालाई ओछ्यानमै छाडेर सपना बादी कुम्ला कटेरो बोकेर माहाकालीको बस्तीमा माग्न पुग्छिन् । उनि भन्छिन, – ‘परिवारलाई मिठो मसिनो खुवाउन त मन छ नि, के गर्नु कर्म मै दु:ख र अभाव लेखेको रै’छ । यी नानीहरुले धेरै दिन पेट भरी खान नपाएर बसेका छन् ।’ माहाकाली नगरपालिका कार्यालयको झण्डै २ किलो मिटर उत्तर, दक्षिण दिशा महाकाली नदीको छेउ एक सामुदायिक बनमा बादी बस्तीका प्राय जसो महिलाहरुको बेदना कसैले सुन्न तयार देखिदैन् । उनको छेउको घरमा बिद्युतको उज्यालो झलमल्ल हुन्छ, तर उनको घर टुकीमा जिवन बित्दै आएका छन् । उनिहरुको दैनिक एक छाक टार्न मुश्किल पर्ने यी महिलालाई पैसा कमाउला, बैंकमा जम्मा गरौला र स्थायी बसोबासको व्यवस्था गरौंला भन्ने छैन । आफ्नो पक्की घर बनाउने विषयमा के सोच्नु भएको छ, भन्ने प्रश्नको जवाफमा उनी भन्छन् – ‘बिहान साँझ खान नपुग्ने कमाईले के को घर वासको आश गर्नु ?’ मुलुकको नीति नियम बनाउने नेता, सभासद देखि त्यसको कार्यान्वयन गर्ने प्रशासकहरु सम्म उनैको घर आँगनको छेउबाट दौडिन्छन् । तर बादी महिलाको जिवन परिवर्तनको यात्रा तय गर्न कसैले ध्यान दिएका छैनन् । बादी बस्तीको पीडा घट्नु साटो झन् झन् बढ्दो छ् । देशकै सबै भन्दा पछाडि परेको र सबै भौतिक हक तथा सुविधाबाट वञ्चित भएका छन् बादी समुदाय । जनसंख्याका हिसाबले पनि सबै भन्दा सानो मध्यको समुदायको आनीबानी भने अरुको भन्दा पृथक् छ् । अभावै अभाव झेल्दै र सहदै आएका माहाकाली नगरपालिकाका बादी परिवार अहिलेको जस्तो मनपरीको अवस्थामा पनि कतै कसैको घर जग्गा कब्जा गर्नेका भीडमा मिसिन चाहदैनन् । न त उनीहरु आफनो पीडालाई आन्दोलन र विद्रोह बीउनै बनाउने कुरा सोच्छन् । अन्य स्थानमा बादी परिवार यौन पेशामा संलग्न भएको भएतापनि माहाकालीका बादी परिवार यो पेशाबाट टाढै बस्दै आएका छन् । कठोर जीवन, अभावले ग्रस्त । मान्छेले सहनै नसक्ने दुरावस्था झेलिरहेका भए पनि न सरकार, न त गैरसरकारी संघ संस्था कसैले पनि बादी समुदायको पीडा बुझ्न ध्यान दिएको देखिदैन् । नदी र खोला किनारमा बसोबास सुरु गरेको यस समुदायलाई साँझ–बिहानको छाक जुटाउन र एकसरो कपडा जुटाउन मुस्कील परेको अवस्थामा लकडाउनले उनिहरुलाई झनै पिडा थपेको छ् ।

ताजा समाचार

AllEscort